काठमाडौं– वीर अस्पतालमा कार्यरत एक नर्स बालाजुमा मृत अवस्थामा भेटिएकी छन् ।
भरतपुर महानगरपालिका–१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ बालाजुस्थित डा. सुजन ढकालको कोठामा मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
डा. ढकाल काठमाडौंकै एक निजी अस्पतालमा कार्यरत छन् । नर्स श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेको कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले जनाएको छ ।
अनुमा वीर अस्पतालमा कार्यरत आठौं तहकी स्थायी नर्सिङ अधिकृत हुन् ।
पछिल्लो केही समययता उनी मानसिक समस्यामा रहेको र औषधि सेवन तथा मनोसामाजिक परामर्शमा रहेको बुझिएको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar