काठमाडौं– शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज ४ वटा खेल हुँदैछन् । वर्षाका कारण हिजो प्रभावित भएका ३ वटा र नियमित तालिकाको एउटा गरी आज ४ वटा खेल हुन लागेका हुन् ।
हिजो ७१औँ मिनेटमा रोकिएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल आज दशरथ रङ्गशालामा साढे ४ बजे सुरु हुनेछ । खेल ७१औँ मिनेटदेखि नै गणना हुनेछ । दुवै टोलीले १–१ गोल गरेका छन् ।
यस्तै, हिजो रोकिएको जावलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल दिउँसो एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुनेछ ।
खेल ५० मिनेटदेखि गणना हुनेछ । जावलाखेल १–० गोलले अघि छ ।
यस्तै, हिजो रोकिएको चर्च ब्वाइज र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल एन्फा कम्प्लेक्समा ३ बजेर ३० मिनेटदेखि सुरु हुनेछ ।
नियमित तालिका अन्तर्गत मच्छिन्द्र एफसी र सातदोबाटो युथ क्लबको खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar