काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री चौधरीले वैशाख १८ गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।
सरकारलाई चाँडै पूर्णता दिनका लागि चौधरीले मुख्यमन्त्री नियुक्त भएको चार दिनमै विश्वासको मत लिन लागिएको हो ।
संविधानले मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ । बिहीबार आठ दलका ५३ सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेश सभाबाट विश्वास प्राप्त गर्न ४४ सांसदको समर्थन प्रर्याप्त हुन्छ ।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) का एक÷एक जना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar