काठमाडौं– सरकारी सहीछाप किर्ते मुद्दामा दोषी ठहर कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुन जेल चलान भएकी छन् । उनले हिजो जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी हुन् ।
लगत्तै उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी एवं प्रवक्ता रञ्जन दाहालले जानकारी दिए । उनी ६ वर्षदेखि फरार थिइन् । प्रदेश सांसद रहेकै बेला खातुनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । साथै उनकी श्रीमान् शेख शिलबरलाई पनि बराबरी सजाय र जरिबानाको फैसला सुनाइएको थियो ।
यो मुद्दामा तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई भने कर्मचारी भएका कारण २ वर्ष सजायको फैसला भएको थियो । खातुन कोशी प्रदेश सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar