काठमाडौं– अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने काममा ठोस सहयोग गर्नुपर्ने लगायतका ४ बुँदे माग राख्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन नेतृत्वको समूहले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
गत मंगलबार पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत र शिक्षामन्त्री अशोक राईलाई आफ्ना यी मागहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत र शिक्षामन्त्री अशोक राईलाई आफ्ना मागहरु बुझाएका थिए ।
ती मागका विषयमा सरकारी पक्षबाट चासो नदिएको भन्दै उनी र उनको समर्थनमा रहेका युवाहरुले आज प्रदर्शन गरेका हुन् ।
यस्ता छन् पुनले राखेका चारबुँदे मागहरु
१.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरुलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने र अनुसान्धान, नवप्रवर्तन र आविष्कार कोषमा राख्नुपर्ने । सो कोषले नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नेछ । कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने ।
२. कोषमा रहेको रकम सहज तरिकाले समयमै उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजानिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवद्र्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्नेछ । आवश्यकता अनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनुपर्ने ।
३. पुनले राखेको बुँदा नम्बर ३ मा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्नेछ । स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने । सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
४. अन्तिम बुँदामा प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने माग राखेका छन् । उक्त विभाग अन्र्तगत देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने माग राखेका छन् ।
यी चारबुँदे माग पुरा नभएसम्म आन्दोलन जारी रहने अध्यक्ष पुनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar