हलेसी गुफाको फरक पहिचान र बेग्लै छ महिमा
खोटाङ – हलेसी महादेव गुफाको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किम्वदन्तिहरू छन् ।
इतिहाँस अनुसार नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा ‘होलैसुङ’ले शासन गरेका थिए । सोही शब्द अपभ्रंश भई ‘हलेसी’ बन्न गएको किम्वदन्तीमा उल्लेख छ । स्थानियवासीका भनाइ अनुसार पहिले सत्य युगमा हलेसी मन्दिर वरिपरि जङ्गल रहेकाले त्यहाँ बाघ, भालु घोरल मृग जरायो, कालिज, तित्रा आदि पशुपंक्षीहरू प्रशस्त मात्रामा पाईन्थ्यो । र त्यस जङ्गलमा स्थानिय किराँत जातका मानिसहरुले सिकार गर्ने गर्दथे । एक दिन किराँतहरुले सिकार खेल्दै जाँदा अहिले मन्दिर नजिकै रहेको गुफा लहराले जेलिएको अवस्थामा फेला पर्यो । त्यतिबेलासम्म यस गुफाका बारेमा कसैलाई थाह नै थिएन ।
एक दिनको कुरा हो सिकार खेल्ने क्रममा एक सिकारीको बाण प्रहारबाट घाइते भएको र मृग लडेर हलेसी महादेव गुफाभित्र खस्यो । त्यो मृग लिन जाँदा अँध्यारो गुफाभित्र चम्किलो बत्तिको जस्तो ज्योती देखे । र त्यो देखेर सिकारीको आँखा तिरमिरायको रे सिकारी बेहोस नै भएको किम्बदन्तीमा उल्लेख छ । बेहोस भएको सिकारीलाई भगवान शङ्करले दर्शन दिएको र पछि यस गुफाभित्र अन्य देवि देवताको पनि उत्पत्ती भएको रहेछ । यो देखपछी सिकारीले त्यो मन्दिर आसपासका क्षेत्रमा कसैले पनि हत्या हिंसा नगर्नु भन्ने चेतावनी समेत दिएको भन्ने भनाइ छ । पुरानो धार्मिक मान्यता अनुसार यी दूवै गुफाहरू महादेवले भस्मासुर राक्षस बाट बच्नको लागि खनेका हुन् भन्ने किम्वदन्ति छ ।
भनिन्छ एक पटक भस्मासुरले महादेव को घनघोर तपस्या गरेछन् र महादेव खुशी भई वरदान माग भन्दा उनले ‘जसको थाप्लोमा म हात राख्छु त्यो चुर्ण होस’ भन्ने वरदान मागेछन् । माहादेवले पनि तुरुन्तै तथास्थु भनी वरदान दिएछन् । भस्मासुरले, यो वरदान सत्य हो कि होइन भनेर जाँच्न महादेव कै थाप्लोमा हात राख्न खोजेछन् । त्यो देखेर महादेव डरले त्राहीमाम भएर भागेछन् । महादेव डराएर भागेपछी भस्मासुर पनि महादेवको पछी पछी भागेछन् । भस्मासुरले पछ्याएपछी महादेवले हलेसीको चट्टानै फोडेर जमीन भित्र पसेछन् र द्वारमा आफ्नो वाहन बसाहालाई गेटपाले राखेछन् ।
एता महादेवलाई पछ्याईरहेका भस्मासुरलाई बसाहाले बाटो छेकेपछी निकै वेर सम्म भस्मासुर र बसाहाबीच युद्ध भयो । बसाहाले युद्ध गरेर भस्मासुरलाई निकैवेर अलमल्याई दिएपछि त्यतिन्जेल सम्ममा महादेव पहाड छिचोलेर आकाशमा निस्केछन् र नजीकै जमीन छेंडी पातालमा घुसेर लुकेछन । यसरी त्यहाँ बसाहाथान र महादेव थान दुइवटा गुफा बनेको किम्बदन्तीमा उल्लेख छ । त्यस्तै हलेसी महादेव पतालको गुफामा लुकेपछि विष्णुले मोहनी रुप लिएर नृत्य गर्दै राक्षसलाई भुलाउन आएछन् । एउटी रुपवति आइमाई देखेपछि भस्मासुरले महादेवलाई भुलेछन् र उनकै जस्तो नाँच नाच्ने नक्कल गर्दा आफ्नै टाउकोमा हात राख्न पुगी उनी भष्म भएको भनाई छ । त्यसो त त्यहिबेला भष्म भई बचेखुचेको हाडखोर भनी हलेसी नजिकैको च्यास्मिटार भन्ने गाउँमा रहेको काला चट्टानलाई त्यहाका स्थानियहरुले भस्मासुर भष्म भएको चिनो भनी देखाँउने गरेका छन् ।
उता हिन्दूधर्म को श्री स्वस्थानी व्रत कथामा पनि सतिदेवीले आफ्ना बाबु दक्ष प्रजापतिले एउटा ठुलो महायज्ञ गरेको र जुन यज्ञमा आफ्नै छोरी सतीदेवीलाई सम्म नबोलाएको र आफ्नौ पिताले त्यस यज्ञमा नबोलाएपनि सतीदेवी गईन् । आफ्नी कलिली छोरीलाई ७० बर्षे बृद्धसंग बाध्यताबस बिहे गरिदिएका सतीदेवीकी पिता दक्ष प्रजापतिले ज्वाईसमेत उक्त यज्ञमा आउने र पाहुनाहरुका अघी लाज हुने भनी छोरी ज्वाईलाई नै नबोलाएको भनेपछी पिताको अपमान सहन नसकी सतीदेवीले तत्काल सोही यज्ञस्थलमा हाम्फाली आफू स्वयंलाई भस्म गरेकी थिईन् । उक्त घटना थाहा पाएपस्चात् यज्ञमा हामफालेर देह त्याग गरेकी सतीदेवीको मृत सरिरलाई महादेवले लिएर संसार डुलाएको र सोहि क्रममा हलेसीमा सतीदेवीको सरिरकोे दाहिने कुहीनो पतन भई , राज गृह पिठ राज ग्रिहेश्वरि देवी उल्का मुखी योगिनी हलेश्वर महादेव उत्पति भई शिवशक्ति सरुप ले रहेको पनि श्री स्वस्थानी कथामा उल्लेख छ ।
त्यसो त श्री स्वस्थानीमा उल्लेख भएको कथा, किम्बदन्तीमा उल्लेख भएको कथा र गुफाको प्रत्यक्ष बनावट अहिलेपनी उस्तै देखिन्छ । जुन गुफाको मुखमा बसाहलाई राखी महादेव आकाशमा निस्के भनिएको छ भने त्यहाँ वारपार छिचोलिएको गुफा छ त्यसैलाई बसाहा थान भन्ने गरिएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीहरुको त्रि – धार्मिक, संगमस्थलको रुपमा परिचित् ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थल मध्ये एक प्रमुख धार्मिकस्थल हो । त्यस्तै ऐतिहासिक कालमा किरातहरूका पूर्वज भनिएका खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा पनि हलेसी गुफामा बसेको किंम्वदन्ती छ । यहाँ बर्सेनी किरातको चाड उभौली – उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, उदयपुर, सिन्धुली, सोलुखम्बु लगायतका किरातीहरु भेला भई आफ्ना पितृलाई पुज्ने प्रचलन छ ।
अर्का तिर हिन्दू धार्मिक किंम्वदन्ती अनुसार सत्य युगमा महादेव भाङ – धतुराले मातेर अर्धचेत भएको अवस्थामा भष्मासुर राक्षसले मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस्’ भन्ने वरदान मागेको र भाङमा लठ्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भनेको । तर, वरदान पाएपछि भष्मासुर ले महादेवकै टाउकामा हात राख्न खाजेको र त्यसपछी आफु भष्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको त्यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरी त्यहीँ अलप भएको भन्ने छ । त्यसैले त्यस गुफामा अझैसम्मपनि महादेवको बास रहेको विश्वास गरिन्छ ।
त्यस्तै, बौद्ध धर्म अनुसार यस भूमिमा सयौं वर्षअघि महान बौद्धगुरु पध्म सम्भवले वषऔं तपस्या गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो भनी मान्ने प्रचलन छ । त्यसैले बौद्व धर्मावलम्बीहरूले यस गुफालाई मरातिका गुफा भनी एक पवित्र स्थान मान्दछन् । त्यसैले पनि यहाँ बर्सेनी किँरात, बौद्ध तथा हिन्दू धर्मावलम्बीहरु उल्लेख्य संख्यामा आउने गर्दछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar