काठमाडौं – कालीकोटको खाँडाचक्र नगरपालिकाका वडा अध्यक्षहरुले काम प्रभावकारी नभएको भन्दै वडाको छाप र रातो कलम नगरपालिकाका उपप्रमुखलाई बुझाएका छन् ।
असार मसान्त आउनै लाग्दा नगरपालिकाको काम प्रभावकारी नभएको भन्दै ११ वटै वडाका अध्यक्षले छाप र रातो कलम नगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक गणेशबहादुर शाहीलाई बुझाएका हुन् ।
असार मसान्त आउनै लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृत नभेटिने, सेवाग्राहीले सेवा पाउन नसकेको, दैनिक काम सुरु नभएकोलगायतका समस्या समाधान गर्न न्यायिक समिति संयोजक एवं नगरउपप्रमुख शाहीलाई सम्बोधन गर्दै समस्या समाधानका लागि वडा कार्यालयको छाप र रातो कलम बुझाएको वडा नंं २ का वडाध्यक्ष वविन्द्र शाहीले बताए ।
वडा नं ९ का वडाध्यक्ष विरिजित विष्टले हाल मेयर कमलबहादुर शाही बाहिर भएकाले उनी आइसकेपछि शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत बस्ने तय भएको जानकारी दिए ।
नगरप्रमुख कमलबहादुर शाहीले बारम्बार प्रयास गर्दा पनि प्रमुख प्रशासकीय अधिकृत नआइपुगेको बताए । “अहिले काम चलाउनका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत राखेका छौँ । लेखा अधिकृत पनि हुनुहुन्न”, उनले भने, “समस्या समधानमा लागि पहल थालिएको छ । नागरिकलाई सास्ती हुने कुनै काम गर्दैनौँ ।”
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar