कलैया – बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडमा घोचिएर एक नेपाली सेनाका जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए ।
बा ८० प ८२८० नंको मोटरसाइलमा सवार मृतकराम वीरगञ्जबाट कलैया जाने क्रममा कलैया वीरगञ्जको बीचमा पर्ने कलैया उपमहानगरपालिका–२४ सिसहनियामा ना५त ४०२१ नंको फलामको रड लोड गरेका ट्र्याक्टरमा पछाडिबाट घोचिँदा निजको घटनास्थलमा मृत्यु भएको प्रवक्ता पाण्डेयले जानकारी दिए ।
ट्र्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका–५ टिकुलिया निवासी ३२ वर्षीया रमेश तिवारीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए । मृत राम कलैया उपमहानगरपालिका–१६ मझैलिया निवासी हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar