काठमाडौं– ओमान एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा साउदी अरेबियालाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा पुगेको हो ।
ओमानले दिएको ३ सय ६७ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरेबिया ४६ ओभर ५ बलमा २ सय ९४ रनमा अलआउट भयो । साउदी अरेबियाका अब्दुल वहीदले ९५ र साद खानले ७८ रन बनाए । ओमानका बिलाल खानले ४, जे ओडेड्राले ३ र जेशन मक्शूदले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो । ओमानका पाँच जना ब्याटरले अर्धशतक बनाए । उसका जतिन्दर सिंहले ८८, मोहम्मद नदीमले ३८ बलमा नटआउट ७१, शोएब खानले ६८, कप्तान जेशन मक्शूदले ५४ र कश्यप प्रजापतिले ५१ रन बनाए । साउदी अरेबियाका अतिफ उर रेहमानले ३ र अब्दुल वहिदले २ विकेट लिए ।
योसँगै समूह ’ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । यो समूहबाट नेपाल १ खेलअघि नै सेमिफाइनल पुगेको छ ।
यस्तै समूह ’बी’ बाट यूएई सेमिफाइनल पुगेको छ । अब भोलि बिहीवार हङकङ र कुवेतबीच हुने खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्काे टोली बन्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar