जाजरकोट– कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जनशक्ति अभावका नाममा सेवाप्रवाह रोकिन नहुने बताएका छन् ।
सदरमुकाम खलङ्गामा आज जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसँगको छलफल कार्यक्रममा उनले धेरै कार्यालय र प्रदेशस्थित मन्त्रालयमा जनशक्ति अभाव रहेको प्रसङ्ग उल्लेख गर्दै सेवा प्रवाह भने रोकिन नहुने बताएका हुन् । मन्त्री सिंहले जनशक्ति व्यवस्थापनका लागि आफ्नो मन्त्रालयले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए ।
“जनशक्ति अभावले सेवा प्रवाह रोकिनु हुँदैन, जनतालाई दुःख दिनु हुँदैन, जनशक्ति व्यवस्थापनमा हाम्रो मन्त्रालयले केही गर्नुपर्छ भने भन्नुहोला, हामी सहमति दिन तयार छौँ”, उनले भने । मन्त्री सिंहले जनशक्ति अभावले बजेट तथा कार्यक्रम कार्यान्वयन हुन नसकेको भए त्यसमा ध्यान दिइने बताए । उनले जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए । मन्त्री सिंहले तर्जुमा गरिएका योजनालाई नतिजामुखी बनाउन आवश्यक रहेको बताए ।
विकासलाई गुणस्तरीय बनाउनसमेत मन्त्री उनले निर्देशन दिए । अबका योजनालाई नतिजामुखी बनाउनुको विकल्प नरहेको उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar