काठमाडौं– रोजगारीको लागि इजरायल पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
झापा कमल गाउँपालिका–७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीको लागि ईजरायल पठाइ निर्माणको काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई चावहिलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar