काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराएका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद् सचिवालयमा सूचना दिएको जानकारी गराए ।
सभामुखले सदनमा ढाकाकुमार श्रेष्ठको स्थान रिक्त भएको जानकारी गराएसँगै अव अर्को समानुपातिक उम्मेदवार निर्वाचित गर्न रास्वपालाई बाटो खुलेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई गत चैत ३० गते पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar