काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ ।
७ वैशाख २०६४ सालदेखि २०औं वाणिज्य बैंकका रूपमा स्थापना भएको यस बैंकले अहिले १६ वर्षको अवधि पार गरेको हो । यस अवधिमा बैंकले करिब १५ लाख ५५ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जनाएको छ । सातवटै प्रदेशमा फैलिएका १ सय ८२ वटा शाखामार्फत चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब १ खर्ब ६२ अर्ब रुपैयाँ रहेकामा कर्जातर्फ १ खर्ब ४३ अर्ब रहेको सो बैंकले जनाएको छ ।
सोही अवधिमा करिब १ अर्ब २४ करोड रुपैयाँ खुद मुनाफा गर्न सफल भएको सो बैंकले जनाएको छ । बैंकले १६औं वार्षिकोत्सवको अवसरमा सातवटै प्रदेशमा करिब ९ सय ४२ जनाको सहभागितामा प्रभातफेरी कार्यक्रम अयोजना गरेको बताएको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा गरिएको सो बैंकले जनाएको छ । यसैगरी, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले ‘रक्तदान नै जीवनदान’ भन्ने नारासहित ‘नेपाल रेडक्रस सोसाइटी’सँगको सहकार्यमा सातवटै प्रदेशका कुल २७ स्थानबाट करिब ७ सय २६ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको बताएको छ ।
यसै अवसरमा कोसी प्रदेशअन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । शिविरमा करिब १ सय ५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरेको र आवश्यक औषधिसमेत निःशुल्क वितरण गरेको सो बैंकले जनाएको छ । सोही अवसरमा अन्य विभिन्न क्षेत्रमा सहयोग गरेको सो बैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar