काठमाडौं– एसिसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाले कतारलाई ७ विकेटले पराजित गरेका छन् ।
कतारले दिएको दुई सय १७ रनको लक्ष्य साउदीले ३४ ओभर २ बलमा तीन विकेटको क्षतिमा पूरा ग¥यो । अब्दुल वाहिदले एक सय २४ रन बनाए । कतारका इक्रमुल्लाह खाले २ विकेट लिए ।
त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कतारले ४९ दशमलब ५ ओभरमा अलआउट हुँदै एक सय १६ रन बनायो । कतारका लागि मोहम्मद तनवीरले सर्वाधिक ४६ रन बनाए । साउदीका इस्तीक अहमदले ४ विकेट लिए ।
साउदीको यो पहिलो जित हो । कतारले लगातार दुई खेल हारेको छ । यो प्रतियोगितामा १० देश सहभागी छन् ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेविया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् । हरेक समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
सेमिफाइनलको विजेताले फाइनल खेल्ने छ । फाइनलमा विजयी हुने टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आउँदो सेप्टेम्बरमा हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar