काठमाडौं – आज पनि पहाडी इलाकामा चट्याङ र तराईमा हावाहुरीको जोखिम देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले जारी गरेको मौसम अलर्टमा ती जोखिमबाट बच्न सावधानी आवश्यक रहेको उल्लेख छ । विभागका अनुसार आज खासगरी कोशी प्रदेशको पहाडमा मेघ गर्जनसहित चट्याङ तथा हल्का र क्षणिक वर्षाको सम्भावना देखिएको छ ।
अपराह्नपछि तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना देखिएको विभागको भनाइ छ । प्रि–मनसुनको समयमा सक्रिय रहने पश्चिमी र स्थानीय वायुबीच घर्षणका कारण चट्याङ र हावाहुरीको जोखिम रहने गर्छ ।
अहिले बिहान कोशी र सुदूरपश्चिमका पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा छ ।
आज दिउँसो खासगरी कोशी र अन्य प्रदेशका पनि पहाडमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी हिमाल र तराईमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशीसहितका प्रदेशका पहाडमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना देखिएको छ।
अपराह्नपछि पश्चिम तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना देखिएको छ ।
आज राति खासगरी कोशी र अन्य प्रदेशका पनि पहाडमा आंशिक बदली रही बाँकी हिमाल र तराईमा मौसम सफा रहने छ । देशका पहाडका १–२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar