काठमाडौं – एसीसी मेन्स प्रिमियर लिगमा ओमान र युएईले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा ओमानले कतारलाई ४० रनले हराएको छ भने युएईले कुवेतलाई १ सय ४३ रनले हराएको छ ।
ओमानले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको कतार ४७ ओभर २ बलमा २ सय ९ रनमा अलआउट भयो । कतारका लागि कप्तान मोहम्मद रिजलानले ४३ र खुरम शहजादले ३० रन बनाए । बलिङतर्फ ओमानका बिलाल खानले ४ विकेट लिए ।
यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायो ।
ओमानका लागि आयान खानले नटआउट ६४, जेशान मकसूदले ४१ र सन्दीप गौदले ३४ रन बनाए । बलिङतर्फ कतारका मुहम्मद मुराद र आमिर फरुकले ३÷३ विकेट लिए ।
यो जितसँगै समूह ’ए’ मा रहेको ओमानले महत्त्वपूर्ण २ अङ्क जोडेको छ ।
यसैगरी आजै भएको अर्काे खेलमा यूएईले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा युएईले कुवेतलाई १ सय ४३ रनले हरायो ।
यूएईले दिएको ३ सय ७२ रनको विशाल लक्ष्य पछ्याएको कुवेत ३६ ओभर ३ बलमा २ सय २८ रन बनाउँदा अलआउट भयो । कुवेतका लागि सयद मोनिबले ६८ र परविन्दर कुमारले ५३ रन बनाए । बलिङतर्फ यूएईका जुनैद सिद्दिकी र कार्तिक मय्यप्पनले ३÷३ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३ सय ७१ रन बनायो । यूएईका लागि वृत्य अरविन्दले १ सय ८५ र रोहन मुस्तफाले १ सय १८ रन बनाए ।
२४ रनमा ३ विकेट गुमाएको अवस्थामा अरविन्द र मुस्तफाले चौथो विकेटका लागि २ सय ७५ रनको साझेदारी गरेपछि यूएईले विशाल योगफल बनाएको हो । बलिङतर्फ कुवेतका शाहरुख कुद्दुस र परविन्दर कुमारले २÷२ विकेट लिए ।
हिजो मङ्गलवारदेखि सुरु भएको प्रतियोगिता आउँदो १८ गतेसम्म हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar