२०८१ बैशाख २४, सोमबार
काठमाडौं – पछिल्लो २४ घण्टामा एक सय आठ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
दुई हजार चार सय ५० जनाको नमुना परीक्षण गर्दा एक सय आठ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ६६ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ८६ जना पुगेको छ ।
अहिले काठमाडौं उपत्यकाका संस्थागत आइसोलेशनमा २९ जना, आईसीयूमा सात जना र भेन्टिलेटरमा तीन जनाले उपचार गराइरहेका छन् ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar