काठमाडौं – निजामती कर्मचारीहरुका राष्ट्रियस्तरका युनियनहरुले सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
देशभरबाट राष्ट्रियस्तरका ट्रेड युनियनहरुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाउँदै यही वैशाख १९ र २० गते प्रधानमन्त्री लगायतका राजनीतिक नेतृत्व र मुख्य सचिव लगायतका उच्च सरकारी अधिकारीहरूलाई एस.एम.एस. पठाउने र वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरु कार्यालयमा अनुपस्थित रही कामकाज ठप्प पार्ने लगायतका कार्यक्रम अगाडि सारेका छन् ।
कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले भने, ‘सरकारले हाम्रा मागहरुको बेवास्ता गरेकोले निजामती कर्मचारीका राष्ट्रियस्तरका ट्रेड युनियनहरुले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएका हुन् । सरकारले प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा हाम्रा माग समावेश गरी मस्यौदा तत्काल सार्वजनिक नगरेमा थप आन्दोलनका कार्यक्रम घोषणा हुनेछन् ।’ उनले थपे, ‘कर्मचारीहरुले उठाएका वृत्ति विकास, सेवा सुरक्षा लगायतका माग सम्बोधन हुने गरी चालू अधिवेशनबाट सङ्घीय निजामती सेवा ऐन जारी गर्नुपर्ने हाम्रो माग हो ।’
देश सङ्घीय राज्य व्यवस्थामा गएको लामो समयसम्म संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन निर्माणमा समेत अन्योलता सृजना भएको छ । निजामती सेवा ऐन जारी गर्न माग गर्दै विगत लामो समयदेखि कर्मचारीहरूले विभिन्न दवावमूलक कार्यक्रम गर्दै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar