काठमाडौं– जिल्ला प्रहरी कार्यालय रामेछापको सवारी चालकको रुपमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी चोरीको अभियोगमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेकै बेला मन्थलीबाट उनले पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेको तथ्य सीसीक्यामेराको फुटेजमा देखिएको आधारमा उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार भण्डारीलाई थप अनुसन्धानका लागि रामेछाप जिल्ला अदालतबाट थुनामा राख्ने म्याद थप गरिएको छ ।
मन्थलीका रमेश नेपालीको वैशाख १ गते मन्थली बजारमा पार्किङमा राखेको वाग्मती प्रदेश ०२–०२८ प ०९०७ नम्बरको मोटरसाइकल चोरी भएको थियो । नेपाली चोरी भएको मोटरसाइकल खोजी गरिदिन प्रहरीकोमा पुगेका थिए ।
नेपालीको निवेदन पछि आफ्नो कार्यालयमा रहेको सिसीक्यामेराको मोनिटरको अध्ययन थालेको थियो । प्रहरी नायव उपरीक्षक पराजुलीका अनुसार प्रहरी जवानले मोटरसाइकल चोरी गरेको देखिएपछि भण्डारीलाई सोधपुछ गरिएको थियो । सोधपुछका क्रममा भण्डारीले मोटरसाइकल चोरी गरेको र उक्त मोटरसाइकलका सामान आफ्नो कोठामा रहेको स्वीकार गरेका थिए ।
भण्डारीले चोरी गरेको मोटरसाइकलबाट विभिन्न सरसामान झिकेर बेग्ला–बेग्लै बनाई वर्कसपमा लैजाने तयारी गरेको अवस्थामा कोठामा फेला परेका थिए । प्रहरीले उक्त सामग्रीसमेत बरामद गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar