२०८१ बैशाख १८, मंगलबार
काठमाडौं – सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई संघीय सरकारले सहयोग नगरेको झोकमा एक हप्तादेखि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार, राष्ट्रपति कार्यालय शीतल र प्रधानमन्त्री विनास बालुवाटारको फाहोर उठाएका छैनन् । त्यसका विरुद्ध आफूले बालेन शाहलाई विपक्षी बनाएर रिट हालेको अधिवक्ता श्रेष्ठले जानकारी दिए ।उनले आफ्नो क्षेत्रभित्र फोहोर उठाउने दायित्व महानगरको भएकाले त्यसलकाई कार्यान्वनय गर्न माग गरेका छन् ।
श्रेष्ठले भने, ‘नेपालको संविधानको धारा ३०, ४, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३, ४ वातावारण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम आफ्नो दायित्व पूरा गर्न माग गर्दै रिट दिएको हुँ ।’ रिटको पहिलो पेशी मंगलरबार तोकिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar