काठमाडौं – सामसङले नयाँ वर्ष २०८० को अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादन टिभीदेखि होम अपलायन्समा नयाँ वर्ष अफर घोषणा गरेको छ ।
यो अफर २०८० साल जेठ २ सम्म लागु हुने छ । यो अफर सामसङको लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनका लागि लागु हुनेछ । नयाँ वर्षको अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुमा ४१ प्रतिशत सम्म क्यासब्याक दिएको छ । सामसङ टिभी विगत १७ वर्षदेखि विश्वव्यापी रूपमा नम्बर १ रहेको छ । कलर भोल्युम १ सय प्रतिशत क्वान्टम डट टेक्नोलोजी सहितको सामसङ फ्ल्यागशिप क्युएलइदि टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरिएको छ ।
साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन टु कलरमा २५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्राउन सक्छन । सामसङ फ्रेम टिभी, एक टेष्टफुल्ली डिजाइन गरिएको टिभी हो । यस्ले कन्जुमरलाई बेजेल विकल्पको रेन्जका साथ आफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन गर्न सक्ने अनुभुति परदान गर्ने पनि उल्लेख छ । नयाँ वर्षसँगै कन्जुमरले आफ्नो भान्छाघरमा पनि नयाँ परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिउको छ ।
सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटर अपग्रेड गर्न सक्ने र जुन ७०० लिटर क्षमता सम्मको रहेको छ । यो संगै ३ सय १४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरका लागि उपलब्ध रहेको पनि विज्ञप्तिमा उल्खेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar