काठमाडौं – प्रचण्ड नेतृत्वको सरकारले आज न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।
आज साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । देसको आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको सो कार्यक्रमलाई आज साँझ ५ बजे सार्वजनिक गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय रमेश मल्लले जानकारी दिए ।
यसअघि सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्युनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो । कार्यदलले यसअघि नै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको न्युनतम साझा कार्यक्रमलाई सामान्य परिमार्जन गरी सार्वजनिक गर्न लागिएको छ ।
कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेल लगायत सदस्य थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar