• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २३, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपालबाट १४ करोडको चिउरा निर्यात

१९ मिनेट अघि
२

कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता

३२ मिनेट अघि
३

महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी

४४ मिनेट अघि
४

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला

१ घण्टा अघि
५

थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स

१ घण्टा अघि
६

हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

१ घण्टा अघि
७

कनिष्ठलाई नियुक्ति गरेको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा

१ घण्टा अघि
८

सूचना जारी गर्दासमेत गर्मी बिदा नदिएपछि नगर प्रहरी परिचालन

२ घण्टा अघि
९

लुम्बिनीमा पर्यटक बढ्दै, पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

२ घण्टा अघि
१०

इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

३ घण्टा अघि
११

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

३ घण्टा अघि
१२

आजका लागि तोकिएको राष्ट्रिय सभा बैठक भोलि बस्दै

३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    १८ घण्टा अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    १ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    ६ दिन अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    १ हफ्ता अघि
  • salikram dai ramexap १०

    संघीयता खारेजी गरौं भन्नेहरु विकास विरोधी हुन् : मुख्यमन्त्री जमकट्टेल

    ३ हफ्ता अघि
  • वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

    न्युज डेस्कप्रकाशित मिति: २०७९ चैत्र ११, शनिबार (२ महिना अघि)
  • ५३६ पाठक संख्या
  • bashanta kuwar

    काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा भएका छन् ।

    ३० वर्षे सेवा अवधिका कारण आईजीपी धीरजप्रताप सिंहले अवकाश पाएपछि सरकारले रिक्त स्थानमा कुँवरलाई बढुवा गरेको हो । आईजीपी नियुक्तिकै लागि शुक्रबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।

    कुँवरले आज (शनिबार)बाट नेतृत्व सम्हाल्नेछन् । सेवा अवधि हटाएर कार्यकाल लम्ब्याउन महानिरीक्षक सिंह र उनका ब्याचीले प्रयास गरे पनि सरकारले हालकै प्रावधानअनुसार नयाँ नेतृत्व चयन गरेको हो । अहिलेकै व्यवस्था कायम रहेपछि २०४९ चैत ११ मा सेवा प्रवेश गरेका महानिरीक्षक सिंहसहित ३ एआईजी, ३ डीआईजी र २ एसएसपीले एकै पटक अवकाश पाएका हुन् । आईजीपी प्रतिस्पर्धामा कुँवरसहित एआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण वज्राचार्य थिए । सरकारले एआईजी वरीयतामा पहिलो नम्बरमा रहेका कुँवरलाई बढुवा गरेको हो । २००७ चैतमा स्थापना भएको प्रहरीमा उनी ३० औं आईजीपी बनेका छन् ।

    २०२६ चैत १५ मा अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएका उनी २०५१ चैत ५ मा निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । अहिलेको सेवा अवधि कायम रहे उनी २०८१ चैतमा अवकाशमा जानेछन् । २०६३ भदौ ८ मा डीएसपी, २०७१ फागुन १० मा एसपी, २०७५ फागुन ६ मा एसएसपी र २०७९ असार १७ मा डीआईजी बनेका उनले विभिन्न जिल्लाका अलावा प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरिसकेका छन् ।

    त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा उनी स्नातकोत्तर हुन् । २०७३ मा चितवन प्रहरी प्रमुख रहँदा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्ड पाएका थिए । उनी गएको असार १७ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । डीआईजीमा बढुवा हुँदा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए । गत फागुन २६ मा उनीसहित पाँच जना डीआईजीबाट एआईजीमा सिफारिस भएका थिए । त्यसको २ साता नबित्दै कुँवर प्रहरी नेतृत्वमा आएका हुन् ।

    प्रहरी प्रवक्तासमेत रहिसकेका उनी संगठनमा हक्की स्वभावका अधिकृतका रूपमा चिनिन्छन् । राजनीतिक रूपमा भने उनको पारिवारिक पृष्ठभूमि कांग्रेससँग निकट छ । आईजीपीमा बढुवा भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै कुँवरले आफू प्रहरी संगठनलाई चुस्त, व्यावसायिक र कानुनप्रदत्त जिम्मेवारी प्रभावकारी रूपमा लागू गर्न लागिपर्ने बताए । त्यसका लागि आफ्ना सहकर्मीहरूका सुझाव/सल्लाह र सामूहिक निर्णय प्रणालीबाट अघि बढ्ने उनको भनाइ छ । १० वर्षे सशस्त्र द्वन्द्वकालमा भने उनीमाथि मानवअधिकार उल्लंघन गरेको आरोप लागेको छ । त्यही कारण केही देशले उनलाई मानवअधिकार उल्लंघनकर्ताको सूचीमा समेटेको छ ।

    बढुवालगत्तै महानिरीक्षक सिंहले कुँवरलाई प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गराएका थिए । त्यस क्रममा प्रधानमन्त्रीले बलियो प्रहरी संगठनका रूपमा बचाइराख्न नवनियुक्त महानिरीक्षक कुँवरलाई निर्देशन दिएका छन् ।

    प्रहरी नेतृत्वमा पुग्नेले निश्चित पदमा बसेर लिनुपर्ने अनुभव र दक्षतामा अवैज्ञानिक वृत्तिविकास र सेवा अवधिसम्बन्धी प्रावधान बाधक बनेको छ । पुराना अधिकृतहरू पदावधि र उमेरभन्दा ३० वर्षे सेवा अवधिबाट अवकाशमा जानुपर्ने बाध्यताले एकै पटक अनुभवी जनशक्तिको रिक्तता प्रहरीमा देखिएको छ । ३० वर्षे सेवा अवधिका कारण २०४९ चैत ११ मा सेवा प्रवेश गरेका आईजीपी धीरजप्रताप सिंह र तीन एआईजी, ३ डीआईजी र २ एसएसपी एकै पटक शनिबारदेखि अवकाशमा गएका छन् । आईजीपी सिंहसहित एआईजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी, डीआईजीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, मसाउद आलम खाँ तथा एसएसपीहरू उमाशंकर पञ्जियार र जनक पाण्डेको बिदाइ भएको हो ।

    बढुवापछि निश्चित पदमा बसेर निश्चित अवधिसम्म अनुभव बटुल्न नपाउँदै सिधै नेतृत्वमा पुग्दा त्यसको असर भावी दिनमा नीतिगत तह र प्रशासनिक एवं शान्तिसुरक्षा व्यवस्थापन र जनशक्ति परिचालनमा देखा पर्न सक्छ । एक अधिकृतलाई एक वर्षको अवधि पूरा नहुँदै तीन पटक बढुवा गर्नुपर्ने बाध्यता आइपरेको छ । ३० वर्षे अवधि हटाएको भए अघिल्लो ब्याचका अधिकारी २ वर्ष सेवामै रहने थिए । त्यसबेलासम्म एआईजीमा पुगेकाहरूमा जिम्मेवारीमा परिपक्वता हुन्थ्यो । तर, त्यसअगावै २०४९ का ब्याची अवकाशमा गएपछि गत असार १६ सम्म एसएसपी रहेका अधिकृत त्यसपछिको ९ महिना नबित्दै डीआईजी, एआईजी र शुक्रबार त्यहीमध्येका कुँवर आईजीपीमा बढुवा भएका छन् ।

    सामान्यतया ९/१० महिनामा कर्मचारीको कार्यसम्पादन मूल्यांकनसमेत हुँदैन । तर, थिति बिग्रेका कारण कार्यसम्पादनको पक्ष प्रहरी नेतृत्वका लागि टाढाको विषय बनेको छ । यसले गर्दा प्रहरी अधिकृतहरूलाई आईजीपी र एआईजीजस्ता माथिल्ला तहमा पुग्न अनि त्यसको अनुभव र योग्यता परीक्षणको बाटो पनि अ‍वरुद्ध हुन पुगेको छ । यसले आन्तरिक प्रशासन सुधार एवं सञ्चालन, शान्तिसुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, अन्तरसुरक्षा निकाय सम्बन्धलगायत विषय तथा अरू नीतिगत क्षमतामा रिक्तता आउने जोखिम झनै बढेको छ । प्रहरीमा उमेरहद, सेवा अवधि र पदावधिमध्ये जुन अघि आउँछ, त्यसकै आधारमा अवकाशमा जानुपर्ने बाध्यकारी प्रावधान नियमावलीमा छ ।

    निजामती, सेना र राष्ट्रिय अनुसन्धान विभागमा सेवा अवधि छैन । उमेर र पदावधिबाट अवकाश हुने व्यवस्था छ । तर, प्रहरी र सशस्त्रमा यसका अलावा अवकाशमा जान सेवा अवधि पनि थपिएको छ । अपवादबाहेक प्रायः सबैजसो उच्च पदस्थ प्रहरी अधिकृतहरू पछिल्लो दशकयता सेवा अवधि र पदावधिबाट अवकाशमा गइरहेका छन् ।

    सेवा र सर्तका प्रावधान ऐनमै समेट्न सर्वोच्च अदालतले दिएको परमादेशको पनि पालना भएको छैन । जसले गर्दा अवैज्ञानिक ३० वर्षे प्रावधानले संगठनमा अनुभवी अधिकृतहरूको रिक्तता पैदा भएको छ । यसलाई कानुनमै समेटेर सेवा अवधि हटाउन सरकारले तदारुकता देखाएको छैन । २०७० कात्तिकमा केही दिन एआईजी बनेका उपेन्द्रकान्त अर्याल उक्त पदको परिपक्व अनुभव नलिँदै आईजीपी बनेका थिए । त्यसपछि नेतृत्वमा आएका प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली डीआईजीबाट सिधै आईजीपी बने । निवर्तमान आईजीपी शैलेश थापा अपवाद रहे । थापापछि नेतृत्वमा आएका महानिरीक्षक सिंह डेढ महिना मात्रै एआईजी बने । ९ महिनाअघि एसएसपी रहेका कुँवर त यो अवधिमा तीन पटक बढुवा भएर आईजीपी बनेका छन् ।

    नेतृत्वमा पुगेका अधिकारीहरूले आफू अवकाशमा जाने बेला आफैंलाई लाभ हुने गरी सेवा अवधि थप्ने प्रयास गर्दा नेतृत्वको मुखमा पुगेका अधिकृतहरू विरोधमा उत्रिने गरेको पाइन्छ । अहिले पनि यो शृंखला दोहोरियो । यही समस्या पहिले विरोध गर्नेहरू अवकाशको मुखमा पुनः ३० वर्षे हटाउन लागिपरेका दृष्टान्त थुप्रै छन् । महानिरीक्षक सिंहले पनि सेवा अवधि हटाएर अवकाशका लागि उमेर र पदावधि लगाउने गरी ऐन संशोधनको प्रयासमा लागेका थिए । तर, अन्तिममा सरकारले यो बाटो लिन चाहेन । २०४९ फागुनमा तत्कालीन सरकारले ३० वर्षे प्रावधानका नाममा सुरु गरेको खेल अहिले पनि विवादको घेरामा छ । गृहमन्त्री हुँदा शेरबहादुर देउवाले महानिरीक्षक रत्नशमशेर राणालाई ३० वर्षे सेवा अवधि लगाएर अवकाशमा पठाएका थिए । उनीपछि मोतीलाल बोहरा नेतृत्वमा आए । त्यसपछि सेवा अवधि पुनः हटाएर अवकाशमा जान उमेर र पदावधि लगाइयो ।

    बोहरापछि महानिरीक्षक बनेका अच्युतकृष्ण खरेललाई लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा गृहमन्त्री रहेका वामदेव गौतमले राष्ट्रिय अनुसन्धान विभागमा स्थानान्तरण गरेर ध्रुवबहादुर प्रधानलाई महानिरीक्षक बनाएका थिए । सरकारको निर्णय अस्वीकार गर्दै खरेल सर्वोच्चमा पुगे । २०५३ चैतदेखि २०५४ मंसिरसम्म प्रधान आईजीपी बने । तर, त्यसविरुद्ध अदालत गएका खरेललाई सर्वोच्चले पुनःस्थापित गरिदिएपछि प्रधान आउट भएका थिए ।

    २०६२/६३ को जनआन्दोलनपछि नेतृत्वको मुखमा पुगेका एआईजी राजेन्द्रबहादुर सिंहलगायतलाई अवकाशमा पठाएर सरकारले निकटका व्यक्तिलाई प्रहरी नेतृत्वमा ल्याएको थियो । ओमविक्रम राणा ३० वर्षे प्रावधानकै कारण आईजीपी बने । उनीपछि ३०वर्षको अड्चन हटाएर हेमबहादुर गुरुङलाई आईजीपी बनाइयो । त्यसपछि भने फेरि ३० वर्ष सेवा अवधि कायम गरिएको थियो ।

    हरेक पटक प्रहरी बढुवामा बिचौलिया र शक्तिकेन्द्रको चलखेल हुने गरे पनि यसपालि अगाडि रहेका कुँवर नै नेतृत्वमा आएका हुन् । प्रतिस्पर्धीलाई मिलाएर लैजान सक्नु, सरकार र प्रतिपक्षीलाई सन्तुलनमा राख्नु, कानुन कार्यान्वयन, अपराध अनुसन्धान तथा नियन्त्रणमा दलीय प्रभावबाट मुक्त हुनुजस्ता चुनौती उनका सामुन्ने छन् । त्यसमाथि गठबन्धन सरकारका आ–आफ्नै स्वार्थ अनि प्रहरीका ठेक्का प्रणालीमा हुने विवादबाट मुक्त बनाउनु उनलाई सहज छैन ।

  • subhayug
  • आईजीपी
  • नेपाल प्रहरी
  • महानिरीक्षक
  • वसन्त कुँवर
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नेपालबाट १४ करोडको चिउरा निर्यात

  • कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता

  • महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी

  • पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला


  • समाचार
  • १

    नेपालबाट १४ करोडको चिउरा निर्यात
    १९ मिनेट अघि

  • २

    कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता
    ३२ मिनेट अघि

  • ३

    महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी
    ४४ मिनेट अघि

  • ४

    पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला
    १ घण्टा अघि

  • ५

    थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स
    १ घण्टा अघि

  • ६

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु
    १ घण्टा अघि

  • ७

    कनिष्ठलाई नियुक्ति गरेको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा
    १ घण्टा अघि

  • ८

    सूचना जारी गर्दासमेत गर्मी बिदा नदिएपछि नगर प्रहरी परिचालन
    २ घण्टा अघि

  • ९

    लुम्बिनीमा पर्यटक बढ्दै, पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए
    २ घण्टा अघि

  • १०

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने
    ३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    ३

    अफगानिस्तानमा प्राथमिक स्कुलका ८० बालिकालाई विष दिइयो

    शुभयुग सम्वाददाता
    ४

    भारतमा मन्त्री चढेको विमान आकस्मिक अवतरण

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution