२०८१ बैशाख ७, शुक्रबार
काठमाडौं – आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ ।
फागुनमा सर्वसाधारणका लागि आईपीओ विक्री गरी बाँडफाँड गरेको कम्पनीले सेयरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सेयर रजिष्ट्रार नियुक्त गरेको हो । अब कम्पनीको सेयरको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगाएतका सेयरधनीहरूको लगत अद्यावधि गरि राख्ने सम्बन्धी कार्य बिओके क्यापिटल मार्केटबाट हुनेछ ।
कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी फागुन २८ गते आईपीओ बाँडफाँड गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar