• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

५ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

६ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

८ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

८ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • Galaxy tv no sallery ७

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • मन्त्रालय भागबण्डामा प्रधानमन्त्री प्रचण्डलाई चुनौती

    न्युज डेस्कप्रकाशित मिति: २०७९ चैत्र ३, शुक्रबार (१ हफ्ता अघि)
  • ४२८ पाठक संख्या
  • pm prachanda latest

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी सोमवार विश्वासको मत लिने तयारी गरेका छन् ।

    सरकारले विश्वासको मत लिए लगतै प्रधानमन्त्री प्रचण्डले सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्य गरेका छन् । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेतासँग परामर्श गरिसकेका छन् । उपराष्ट्रपतिको चुनाव लगत्तै विश्वासको मत लिने र सरकार बिस्तार तयारी भएको स्रोतले जनाएको छ ।

    यसअघि सत्ताघटक दल एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका हुन् । विश्वासको मत लिए लगत्तै सरकार विस्तार हुने भएको छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँगको नयाँ राजनीतिक समीकरण बनेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए । गत फागनु १३ गते राप्रपाले सरकार छाडेको थियो भने फागुन १५ गते एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका थिए । फागुन १३ देखि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री दाहालले ६ चैतमा विश्वासको मत लिने तयारी गरेका हुन् ।

    प्रधानमन्त्री दाहालले ६ गते विश्वासको मत लिने तय भएको र विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको बताइएको छ ।यसअघि गत १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत पाएका थिए । तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत दाहाललाई विश्वासको मत दिएपछि उनले असाधारण बहुमत पाएका थिए ।

    प्रधानमन्त्रीले विश्वासको मत लिए लगतै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको टाउकोमा अहिले १६ मन्त्रालयको भार परेको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेपछि प्रचण्डको टाउकोमा १६ मन्त्रालयको भार थपिएको हो । जनता समाजवादी पार्टीलाई दिन भन्दै केही मन्त्रालय खाली राखिए पनि जसपा सरकारमा सहभागी नै भएको थिएन । उसले भागबण्डामा असहमति जनाउँदै सरकारमा सहभागी जनाएको थिएन ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिनेगरी गृहकार्य समेत थालेका छन् । चैत ६ गते विश्वासको मत लिएलगत्तै प्रचण्डले सरकारलाई पूर्णता दिनेगरी आन्तरिक रूपमा शीर्ष तहमा छलफल गरिरहेका छन् । अहिले सत्ता गठबन्धनमा १० दल छन् । गठबन्धनमा सामेल भएका कति मन्त्रालय लिएर कुन दल सरकारमा जान्छन् भन्ने कुरा अहिल्यै टुंगिएको छैन । तर, सरकारमा सहभागी हुँदा माधव नेपाल नेतृत्वको नेकपा एसले चार मन्त्रालयको दाबी गर्ने भएको छ । यस्तै दाबी अन्यदलहरूले पनि गर्दै आएका छन् ।

    अब गठबन्धनमा दाबी गर्ने पहिलो पालो आफूहरूकै भएका नेकपा एसका नेता प्रकाश ज्वालाले बताए । उनले भने, ‘हामीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख सबै छाडिसक्यौँ । हामीले कडै दाबी गर्छौं । अब कति मन्त्रालय दाबी गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल गरेर निर्णय लिन्छौँ ।’

    अहिलेसम्म गठबन्धनभित्र मन्त्रालयका भागबन्डाको विषयमा छलफलले प्रवेश नपाएको उनले बताए । ‘पहिला राष्ट्रपतिको निर्वाचनमा केन्द्रित थियौँ । अब उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ । अनि मात्रै भागबन्डाको विषयमा प्रवेश गर्छौं’, उनले भने, ‘मन्त्रालयको भागबन्डामा सहमति भइसकेपछि मात्रै हामी सरकारलाई पूर्णता दिने प्रक्रिया अघि बढ्छ ।’

    अर्का एक नेताले कम्तीमा महत्वपूर्ण आफूहरूले रोजेकै मन्त्रालय पाउनुपर्ने बताए । ती नेताले भने, ‘पहिला छलफलमा हामीलाई चार मन्त्रालयको कुरा भएको थियो । अहिले पनि त्यही अडानमै छौँ । तर, अब गठबन्धनमा रहेका कति पार्टीहरू सरकारमा जान्छन् । त्यसमा पनि भर पर्छ ।’गृह, अर्थ, भौतिक, परराष्ट्रजस्ता महत्वपूर्ण मन्त्रालयमा आफूहरूको पहिलो प्राथमिकता रहने उनको भनाइ छ ।

    गठबन्धनमा सामेल अरू दललाई पनि चित्त बुझाउन प्रधानमन्त्रीलाई सकस पर्ने देखिएको छ । संसद्मा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुने भएकोले उसले स्वभाविक रूपमा महत्वपूर्ण धेरै मन्त्रालयमा दाबी गर्नेछ । त्यसैगरी यसअघि नै एमालसँगको गठबन्धनमा पनि असन्तुष्टि जनाउँदै सरकार बाहिर बसेको जनता समाजवादी पार्टीलाई पनि चित्त बुझाउन निकै कठिन हुने देखिन्छ । त्यसैगरी लोसपा र नमगरिक उन्मुक्ति पार्टी जनमत पार्टीलाई सरकारका सहभागी बनाउन प्रधानमन्त्रीलाई निकै सकस हुने बताइएको छ ।

    सरकारले विश्वासको मत लिए लगत्तै उनले सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्य गरेका छन् ।प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेतासँग परामर्श गरिसकेका छन् । उपराष्ट्रपतिको चुनाव लगत्तै विश्वासको मत लिने र सरकार बिस्तार तयारी भएको स्रोतले जनाएको छ ।

  • अध्यक्ष
  • उपराष्ट्रपतिको चुनाव
  • उपेन्द्र यादव
  • एकीकृत समाजवादी
  • जसपा
  • नेपाली कांग्रेस
  • पुष्पकमल दाहाल
  • प्रचण्ड
  • प्रधानमन्त्री
  • माधवकुमार नेपाल
  • विश्वासको मत
  • शेरबहादुर देउवा
  • सभापति
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ५ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ६ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ८ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ८ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution