• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

४ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

५ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

६ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

६ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ५ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • Galaxy tv no sallery ७

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • एमालेको ‘मिसन ग्रासरुट’ अभियान औपचारिकतामै सीमित

    न्युज डेस्कप्रकाशित मिति: २०७९ चैत्र ३, शुक्रबार (१ हफ्ता अघि)
  • ४१६ पाठक संख्या
  • uml mission grass

    सुर्खेत – नेकपा एमालेले ६ फागुनबाट कर्णालीमा सुरु गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ प्रभावकारी रुपमा अगाडि बढ्न सकिरहेको छैन । ५ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भर्चुअल माध्यम’ बाट देशैभर एकसाथ ‘मिसन ग्रासरुट’ अभियानको उद्घाटन गरेका थिए ।

    कर्णालीमा ६ फागुनबाटै उक्त अभियानको सुरुवात गर्ने भनिए पनि हुम्ला, सल्यान लगायतका जिल्लाका पालिकामा निकै ढिलोगरी सुरु भयो । अझै डोल्पाका ३ वटा पालिकामा अभियान सुरु हुनै सकेको छैन । फागुन र चैत महिनाभर खटाइएको क्षेत्रमै बस्ने, जनताको अवस्था बुभ्mने, तल्लो तहमा पार्टीको अन्तरविरोधलाई साम्य पार्ने लगायतका काम गर्ने भनेर अभियान अन्तर्गत कर्णालीमा ४१ जनालाई खटाइएको छ । कम्तीमा २ पालिका हेर्नेगरी केन्द्रीय सदस्य र अन्य विभिन्न विभागका नेताहरुलाई अभियानमा खटाइएको हो ।

    अभियान अन्तर्गत विभिन्न ११ वटा कार्यदिशा पनि तोकिएको छ । यद्यपि कतिपय नेता २० दिनभन्दा ढिलोगरी सम्बन्धित क्षेत्रमा पुगेका छन् भने पुगेका नेताहरु पनि सामान्य कार्यक्रम गरेर राजधानी फर्कने गरेका छन् । ‘मिसन ग्रासरुट अभियानमा खटाएको दुई महिना हो, तर नेताहरु एक दुई हप्ता मै कोही प्रदेश राजधानी त कोही काठमाडौं फर्किएको अवस्था छ,’ पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘यसरी त कसरी पार्टी सुदृढीकरण हुन्छ ?’

    तोकिएको क्षेत्रमा किन बस्न मान्दैनन् नेता ?

    जुम्लाका एमाले नेता बलबहादुर महतको कार्यक्षेत्र हो दैलेख । उनी दैलेखमा केही दिनमात्र बसेर फर्किए । त्यस्तै कालिकोटका एमाले नेता मिनबहादुर शाहीलाई दैलेखको पश्चिम क्षेत्र (दुल्लु, चामुण्डाविन्द्रासैनी)मा खटाइएको थियो । उनी फागुन १० र ११ गते दुई वटा बैठक राखेर फर्किए । दुवै जना त्यसपछि कार्यक्षेत्रमा फर्किएका छैनन् । कार्यक्षेत्रमा खटाइएका कतिपय नेता सांसदसमेत रहेकाले उनीहरु राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि भनेर २० फागुनदेखि नै काठमाडौंमा छन् । सांसद भएका कतिपय नेता अहिलेसम्म खटाइएको क्षेत्रमा नपुगेको एमालेका एक नेताले बताए ।

    रुकुम पश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद हुन् चन्द्रबहादुर विश्वकर्मा । केन्द्रीय सदस्यसमेत रहेका उनको कार्यक्षेत्र दैलेखको आठबिस नगरपालिका र ठाटीकाँध गाउँपालिका हो । उनी १–२ दिन त्यहाँ पुगेर काठमाडौंतर्फ लागे ।

    दैलेखका राजबहादुर बुढालाई जाजरकोटको नलगाड, बारेकोट क्षेत्रमा खटाइएको थियो । तर उनी केही दिन कार्यक्षेत्रमा बसेर काठमाडौं फर्किए । सांसद भएकाहरु राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि काठमाडौं गए पनि सांसद नै नभएका नेताहरु समेत कार्यक्षेत्रमा बसेर अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन अग्रसर देखिँदैनन् ।

    प्रदेश सहइञ्चार्ज लक्ष्मी पोखरेल र तिर्था गौतमलाई पनि जाजरकोटमै खटाइएको थियो । गौतम बिरामी भएका कारण काठमाडौंमै छिन् । एमालेले कालिकोटमा केन्द्रीय सदस्य दल रावल, मिनासिं रखाल, राजुशरण न्यौपाने र तर्कबहादुर शाहीलाई खटाएको छ । रावलको खुट्टाको एउटा भागमा केही समस्या आएको भन्दै यतिबेला वीरेन्द्रनगरमा छन् । उनी १३ फागुनमा कालिकोट पुगेका थिए । उनले भने, ‘ग्रासरुट अभियान गज्जब भइरहेको छ । म पुनः ६ गते फर्किन्छु ।’ मिनासिं रखाल भने बुधबारमात्र कालिकोट पुगेकी छन् ।

    यस्तै जुम्लामा केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, नगिन्द्र शाही ‘नेश्नल’, दक्षिणा शाही, गेहेन्द्र दाहाल लगायतका नेतालाई खटाइएको छ । यद्यपि केन्द्रीय सदस्य दक्षिणा शाही भने जम्मा २ दिन बसेर फर्किएकी थिइन् । त्यसपछि उनी आफ्नो कार्यक्षेत्रमा गएकी छैनन् । हुम्लामा केन्द्रीय सदस्य निरज आचार्य, डम्बर सिंहलाई खटाइएको थियो । यद्यपि आचार्य केही दिनअघि नै काठमाडौं फर्किएका छन् ।

    रुकुम पश्चिम कार्यक्षेत्र तोकिएका जाजरकोटको भेरी नगरपालिकाका नगरप्रमुख समेत रहेका केन्द्रीय सदस्य चन्द्र प्रकाश घर्ती पनि काठमाडौं मै छन् । उनी स्ववियु निर्वाचनमा व्यस्त भएकाले त्यहाँ ‘ग्रासरुट अभियान’ प्रभावकारी बन्न सकिरहेको छैन ।

    ‘पार्टी केन्द्रले विभिन्न ११ वटा कार्यदिशासहित जनतासँगै खाने, जनतासँगै बस्ने, सकेसम्म होटेलहरुमा पनि नबस्ने भनेको छ,’ एमालेका अर्का केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘तर नेताहरु झारा टारेर खुरुखुरु फर्किहाले, यसरी पनि एमालेलाई जवान पार्टी बनाउन सकिन्छ त ?’

    अभियान सुरु गर्दैगर्दा एमाले सचिव एवं अभियानका कर्णाली संयोजक योगेश भट्टराईले प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै अब एमालेलाई जवान पार्टी बनाउन लागेको बताएका थिए । यद्यपि नेताहरु त्यो अनुसार जनताको बिचमा नगएको भन्दै एमालेकै नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

    विषेशगरी पार्टीभित्रको तल्लो तहमा देखिएका अन्तरविरोधलाई समाधान गर्ने, सदस्यता नवीकरण, आधारभूत तहमा पार्टी सदस्यको यथेष्ट तथ्यांक संकलन गर्ने उद्देश्य रहे पनि सो अनुसार काम हुन नसकेको नेता–कार्यकर्ता बताउँछन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘जुम्लामा हामीले अभियानलाई सशक्त पारिरहेका छौँ । दक्षिणा शाही उपस्थित नभए पनि उहाँको ठाउँमा समेत हामीले गतिविधि सञ्चालन गरिरहेका छौँ, यद्यपि कतिपय ठाउँमा नेताहरु नबसेर फर्किएको अवस्था देखिन्छ ।’ एमालेका अर्का केन्द्रीय सदस्यले अभियानको उद्देश्य अनुरुप नेताहरु गाउँमा पुग्न असमर्थ रहेको बताए । उनले भने, ‘नेताहरु १-२ वटा ठाउँमा कार्यक्रम गर्ने, अतिथि बनेर बस्ने, भाषण गर्ने र फर्किने काम गरिरहेका छन् ।’

    एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले खटाइएको ठाउँमा नजाने र उद्देश्य अनुरुप काम नगरेको खण्डमा त्यस्ता नेताले कारबाहीको भागेदार हुनुपर्ने बताए । आफुले बुधबारमात्रै दुई वडामा घुमेर आएको बताउँदै उनले भने, ‘खटाइएका नेताहरुले कोही बिरामी भएको, कोही के समस्या परेको बताउँदै सम्बन्धित ठाउँबाट प्रदेश र काठमाडौंतिर फर्किएको रिपोर्ट हामीलाई गरिएको छ ।’

    अनुगमन समिति के गर्दै छ ?

    अनुगमन समितिको संयोजकको रुपमा पार्टी सचिव योगेश भट्टराई र सदस्यमा स्थायी कमिटी सदस्यहरु प्रदेश इञ्चार्ज यामलाल कँडेल, गोरख बोगटी, शिवमाया तुम्बाहाम्फे, भानुभक्त ढकाल लगायत छन् । योगेश भट्टराईले जाजरकोट, दैलेख, सुर्खेत, रुकुम पश्चिम, कालिकोट र जुम्लामा पुगेर अनुगमनका अलावा जिल्लास्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गरिसकेका छन् । उनी अहिले काठमाडौँ फर्किसकेका छन् ।

    यामलाल कँडेलले मुगु र शिवमायाले डोल्पामा पुगेर भेलालाई प्रशिक्षण दिइसकेका छन् । यस्तै वडामा प्रदेश कमिटीका सदस्यलाई खटाइएको छ । ७१८ वडा रहेको कर्णालीमा २०९ जना प्रदेश कमिटी सदस्यहरुलाई खटाइएको प्रदेश अध्यक्ष शाहले जानकारी दिए ।

  • subhayug
  • नेकपा एमाले
  • मिसन ग्रासरुट
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ४ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ५ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ६ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ६ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution