• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

६ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

७ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

८ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

८ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • telephone dhamki ७

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • Galaxy tv no sallery ८

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ फागुन २८, आईतबार (२ हफ्ता अघि)
  • ५८८ पाठक संख्या
  • trisuli nadi badh

    गोरखा – गोरखाको सहिदलखन गाउँपालिकाले त्रिशूलीको स्वतन्त्र वहावै रोकेर बालुवा उत्खनन् गर्न अनुमति दिएको छ।

    सहिदलखन – ४ करनटारस्थित ठेउवाटारघाटबाट बालुवा ढुवानी गर्ने गाउँपालिकाले नै ठेकेदारलाई अनुमति दिएको हो। गाउँपालिकाबाट ठेक्का पाएपछि अहिले ठेकेदारले ६ हजार घनमिटर बालुवा उत्खनन गर्न त्रिशूलीको बहाव नै रोकेको छ। ठेकेदारले यस्तो गर्न थालेपछी यसको स्थानीयवासीले बिरोध गरिरहेका छन्। ठेक्का सिन्धुपाल्चोकको त्रियुगा निर्माण सेवाले पाएको छ।

    यसअघि धारापानीमा बनाएको  बाँध इच्छाकामना गाउँपालिका र वडा नं. ४ का बासिन्दाको अवरोधपछि सोही ठेकेदारले अहिले लेबाटारस्थित घाटमा धमाधम अर्को बाँध लगाइरहेको हो। त्रिशूलीको स्वतन्त्र बहावमा अबरोध गर्न नहुने इच्छाकामना गाउँपालिका तथा स्थानीयवासीको भनाइ छ। त्रिशूली नदीमाथि ह्युमपाइप बिछ्याइ अस्थायी(कच्ची) बाटो बनाएर नदीजन्य सामग्री ओसार्न नपाइने भन्दै चितवनको इच्छाकामना गाउँपालिकाले पत्र लेखेर अवरोध गरेको थियो।

    ‘सहिद लखन गाउँपालिकाले नदीजन्य सामग्री ढुवानी गर्ने बाटोका लागि सहजीकरण गरिदिन भनेर हामीलाई पत्र लेखेको थियो। त्यही आधारमा हामीले सुरुमा सहमति दिने निर्णय गरी पत्राचार गरेका थियौं’, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले भने, ‘तर पछि हाम्रोतर्फको सामग्री प्रयोग गर्न थाले। अनि हामीले फेरि अर्को पत्र लेखी काम रोकेका हौं।’  यसबीचमा कुरिनटारका स्थानीयवासीले आफ्नो मरणघाट नाश हुने भन्दै गुनासो गर्न थालेकाले पनि काम रोक्न बाध्य भएको उनले बताए। त्यहाँ अबरोध भएपछि पुनः सोको पाँचसय मिटर तल लेवाटारमा नदी थुन्ने प्रयास भइरहेको उनले बताए।

    नदीजन्य सामग्री ओसार्न प्रयोग गर्न दिएको बाटो कुरिनटारका बासिन्दाको मरणघाट भएकाले सो बाटो प्रयोग गर्न नदिएको सो क्षेत्रबाट निर्वाचित बागमती प्रदेश सांसद कृष्ण सिलवालले बताए। ‘नदी भनेको मानव सभ्यता हो। नदीको बहाव छेकथुन गरी, धार परिवर्तन गरेर उत्खनन वा ओसारपोसार गर्नु कानुनविपरीत छ’, सिलवाल भन्छन्, ‘तर अहिले धमाधम नदी थुन्ने काम भइरहेको छ। जम्मा २० मिटर बाँकी राखेका छन्। यसले त यस आसपासका बासिन्दा र र्‍याफ्टिङलगायतका पर्यटन व्यवसायमा दीर्घकालीन असर गर्छ।’ ठेकेदारले कसैको कुरा नसुनी नदीको प्रवाह छेक्ने काम गरिरहेको उनको गुनासो छ।

    स्थानीयवासीलाई थाहापत्तै नदिई ठेकेदारले गाउँको छेउबाट गिटी बालुवा झिक्न थालेको स्थानीय रनबहादुर राना मगरको भनाइ छ। ‘२०१८ सालमा पनि नदी गाउँसम्म आएको थियो। ५० सालमा पनि आएको थियो। अहिले जेसिबी लाएर दुई, तीन मिटर गहिरो खनेर गिटी, बालुवा निकालेपछि ६ गाउँलाई बरबाद बनाइहाल्छ नि’, उनले भने, ‘हामीलाई सोधखोज पनि भएन।

  • subhayug
  • गोरखा
  • त्रियुगा निर्माण सेवा
  • त्रिशूली नदी
  • बालुवा उत्खनन्
  • सहिदलखन गाउँपालिका
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ६ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ७ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ८ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ८ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution