• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २३, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’

२ मिनेट अघि
२

माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता

१३ मिनेट अघि
३

पोखरामा दुई जनाको शव फेला

२६ मिनेट अघि
४

नेपालबाट १४ करोडको चिउरा निर्यात

४७ मिनेट अघि
५

कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता

१ घण्टा अघि
६

महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी

१ घण्टा अघि
७

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला

१ घण्टा अघि
८

थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स

१ घण्टा अघि
९

हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

२ घण्टा अघि
१०

कनिष्ठलाई नियुक्ति गरेको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा

२ घण्टा अघि
११

सूचना जारी गर्दासमेत गर्मी बिदा नदिएपछि नगर प्रहरी परिचालन

२ घण्टा अघि
१२

लुम्बिनीमा पर्यटक बढ्दै, पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    १८ घण्टा अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    १ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    ६ दिन अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    १ हफ्ता अघि
  • pradesh khelkud १०

    दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद आजदेखी देखि सुरु

    २ हफ्ता अघि
  • संसद् विघटनको मुद्दा उठाएर नेम्वाङलाई हराउने आठ दलको तयारी

    न्युज डेस्कप्रकाशित मिति: २०७९ फागुन १९, शुक्रबार (३ महिना अघि)
  • ६०२ पाठक संख्या
  • subash-nembang

    काठमाडौं – राष्ट्रपति निर्वाचनको दौडधुप लागेका राजनीतिक दलहरू राष्ट्रिय राजनीतिका मुद्दामा पनि दुई ध्रुवमा विभाजित बन्दै गएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको आठदलीय मोर्चाले केपी शर्मा ओली सरकारले विगतमा गरेको प्रतिनिधिसभा विघटनलाई गलत भनेर प्राथमिकतासाथ उठाइरहेको छ । अर्कातिर उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले विघटनको कदमलाई बचाउ गरिरहेको छ ।

    आठ दलका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यका लागि बिहीबार आयोजित राष्ट्रपति निर्वाचनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनको बचाउ गरेकै कारण सत्ता समीकरण बदल्नुपरेको बताएका थिए । ‘मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो हो,’ उनले भनेका थिए, ‘पुस २६ गते संसद्मा मैले प्रधानमन्त्रीका रूपमा विश्वासको मत लिँदै गर्दा ओलीजीले संसद्मा जे बोल्नुभयो, त्यसले मनमा चसक्क भयो । हामी संसद् विघटनको विपक्षमा थियौं । हामी आफैंले त्यत्रो संघर्ष गरेर संसद् फिर्ता ल्याएका थियौं तर उहाँले ठीक गरेको भनेपछि सोच्न बाध्य भयौं ।’ संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूहरू एक ठाउँमा उभिएको दाहालको भनाइ थियो ।

    ओलीले संसद्मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले गरेको प्रतिनिधिसभा विघटन संवैधानिक हुने र आफूले गरेको असंवैधानिक हुने कुरा राजनीतिक नभएको आफ्नो कदमको बचाउ गरेका थिए । उनले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको विशेषाधिकार रहेको तर्क पनि गरेका थिए । २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिए पनि संविधानसभाबाट जारी नयाँ संविधानमा प्रतिनिधिसभाले सरकार गठन गर्ने विकल्प छँदासम्म प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको छैन । त्यही कारण ओलीले विघटन गर्दा दुवै पटक सर्वोच्च अदालतले निर्णय उल्टाइदिएको थियो ।

    ओलीले मौका पाए फेरि प्रतिनिधिसभा विघटन गर्न सक्ने दाबी आठदलीय मोर्चाले गरिरहेको छ । प्रतिनिधिसभा विघटन गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि अभिभावक र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न नसकेको मोर्चाको टिप्पणी छ । एमालेबाट राष्ट्रपति बनाउँदा विगतकै प्रवृत्ति दोहोरिने भयले समीकरण बदलेको माओवादीको तर्क छ । पुस १० मा दाहाललाई प्रधानमन्त्री बनाउँदा माओवादीले राष्ट्रपतिमा एमालेलाई सहयोग गर्ने समझदारी बनेको थियो ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले पनि राष्ट्रपति एमालेलाई दिनु हुँदैन भन्नुका पछि विगतको प्रतिनिधिसभा विघटन नै मुख्य कारण रहेको बताउने गरेका छन् । संघ र प्रदेशका सांसदसँगको अभिमुखीकरण कार्यक्रममा उनले पौडेल राष्ट्रपति हुँदा संविधान च्यात्ने जोखिम नहुने बताएका थिए । ‘रामचन्द्रजी अहिले राष्ट्रपति पदका लागि सबैभन्दा योग्य व्यक्ति हो । प्रजातन्त्र, लोकतन्त्र र अहिलेको संविधानको रक्षाका लागि उहाँले भूमिका खेल्नु हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु,’ उनले भनेका थिए ।

    माओवादीले एमालेसँगको सहकार्य दुई महिनामै टुटाएपछि फागुन १२ मा आठदलीय मोर्चा बनेको हो । मोर्चामा प्रतिनिधिसभा निर्वाचनअघि पाँचदलीय गठबन्धनबाट छुटेको जसपा, त्यतिबेलै मिसिएको लोसपा, चुनावपछि उदाएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन् ।

    एमालेले अन्य दलको समर्थन जुटाउन सकेको छैन । राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी र हाम्रो नेपाली पार्टीले कता मत दिने भन्नेमा संस्थागत निर्णय गरेका छैनन् । राजसंस्था पुनर्बहालीको मुद्दा उठाउँदै आएको राप्र्रपामा निर्वाचन बहिष्कार गर्नुपर्ने र मत दिनुपर्ने दुई थरी विचार प्रकट भएका छन् । राप्रपा नेता प्रकाशचन्द्र लोहनीले यस विषयमा फागुन २४ को केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गर्ने बताए ।

    रास्वपा पर्ख र हेरको नीतिमा छ । रास्वपासँग पार्टीका सरोकारलाई सम्बोधन गरे राष्ट्रपति निर्वाचनमा मत दिनेदेखि सरकारमा सहभागी हुनेसम्मका विषयमा कुराकानी भइरहेको कांग्रेसका एक नेताले बताए । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग संवाद गरिरहेका छन् ।

    कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई लिखित पत्र पठाएर आ–आफ्नो उम्मेदवारको पक्षमा मत मागेका छन् । कांग्रेसले एमाले अध्यक्ष ओलीसँग आफ्ना उम्मेदवारलाई फिर्ता गरेर राष्ट्रिय सहमतिमा आउन आग्रह गरेको छ । राष्ट्रपतिका उम्मेदवार पौडेलले पनि सबै दलका सांसदलाई छुट्टै पत्र लेखेर मत मागेका छन् । बिहीबार नै उनले डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटेका थिए ।

    एमालेले विदेशी शक्तिको दबाबमा आठदलीय मोर्चा बनेको दाबी गरिरहेको छ । राष्ट्रियता र समावेशीको कुरा उठाउँदै उसले नेम्वाङका लागि मत मागिरहेको छ । नेम्वाङले बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेतासँग भेटेका थिए । उनले बिहीबारै रास्वपा र राप्रपासँग पनि मत मागेका छन् ।

    संविधानप्रतिको प्रतिबद्धतामा नेम्वाङप्रति विपक्षी नेताहरूको आशंका देखिँदैन तर उनको उम्मेदवारीलाई ओली प्रवृत्तिसँग जोडेर हेर्ने गरेका छन् । ओलीले नेम्वाङलाई अन्तिम घडीमा मात्र उम्मेदवार बनाएकामा एमालेभित्रै असन्तुष्टि पनि देखिएको छ । ‘समयमै नेम्वाङलाई अघि सारिदिएको भए माओवादीले गठबन्धन छाड्न सक्दैनथ्यो,’ एमालेका एक नेताले भने, ‘गठबन्धन भत्किसकेपछि उम्मेदवार बनाएर अन्यायमा पारिएको छ ।’

    राष्ट्रपति निर्वाचनमा भाग लिने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कुल मतभार ५२ हजार ६ सय २८ छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार ३ सय १५ मत ल्याउनुपर्छ । गठबन्धनसँग अहिले ३१ हजार ९ सय १७ मत छ । एमालेको कुल मतभार १५ हजार ३ सय १२ छ । एमाले अहिले तटस्थ रहेका दल र आठदलीय गठबन्धनबाट मत क्रस गराउने प्रयासमा छ । राप्रपासँग चुनावी सहकार्य गरेको र सरकारमा रास्वपालाई महत्त्वपूर्ण हिस्सा दिन भूमिका निर्वाह गरेकाले ती पार्टीबाट आफ्नो उम्मेदवारलाई मत आउने विश्वासमा एमाले छ । आठदलीय गठबन्धनले भने आफ्नोपट्टिबाट मत क्रस हुन नदिन गृहकार्य गरिरहेको छ ।

  • subhayug
  • केपी शर्मा ओली
  • रामचन्द्र पौडेल
  • राष्ट्रपति निर्वाचन
  • सुवासचन्द्र नेम्वाङ
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’

  • माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता

  • पोखरामा दुई जनाको शव फेला

  • नेपालबाट १४ करोडको चिउरा निर्यात


  • समाचार
  • १

    अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’
    २ मिनेट अघि

  • २

    माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता
    १३ मिनेट अघि

  • ३

    पोखरामा दुई जनाको शव फेला
    २६ मिनेट अघि

  • ४

    नेपालबाट १४ करोडको चिउरा निर्यात
    ४७ मिनेट अघि

  • ५

    कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता
    १ घण्टा अघि

  • ६

    महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी
    १ घण्टा अघि

  • ७

    पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला
    १ घण्टा अघि

  • ८

    थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स
    १ घण्टा अघि

  • ९

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु
    २ घण्टा अघि

  • १०

    कनिष्ठलाई नियुक्ति गरेको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा
    २ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    ३

    अफगानिस्तानमा प्राथमिक स्कुलका ८० बालिकालाई विष दिइयो

    शुभयुग सम्वाददाता
    ४

    भारतमा मन्त्री चढेको विमान आकस्मिक अवतरण

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution