• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

६ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

७ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

८ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

८ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • telephone dhamki ७

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • Galaxy tv no sallery ८

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    न्युज डेस्कप्रकाशित मिति: २०७९ फागुन १६, मंगलबार (३ हफ्ता अघि)
  • ५९४ पाठक संख्या
  • pradesh sarkar

    काठमाडौं – संघमा राजनीतिक समीकरण परिवर्तनका प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेश सरकार संकटमा देखिएका छन्। जहाँ एमालेको नेतृत्वमा प्रदेश सरकार बनेका छन्। मधेस, बागमती, कर्णाली र सुदूरपश्चिममा भने अहिलेकै सरकारले निरन्तरता पाउन सक्ने देखिन्छ।

    मधेसमा जसपा, बागमती र कर्णालीमा माओवादीको नेतृत्वमा सरकार छन्। सुदूरपश्चिममा एमाले नेतृत्वको सरकारले विश्वासको मत ल्याउन नसकेर ढलेपछि कांग्रेस नेतृत्वको सरकार छ। नयाँ गठबन्धनसँगै त्यहाँ विश्वासको मत लिन सहज देखिन्छ।

    प्रदेश १ मा एमालेबाट हिक्मतबहादुर कार्की मुख्यमन्त्री छन्। उनी नेतृत्वको सरकार धरापमा देखिएको छ। ९३ सदस्यीय प्रदेशसभामा बहुमत पाउन ४७ सांसदको समर्थन चाहिन्छ। जसमा एमालेको ४०, राप्रपाको ६ सिट छ। यस हिसाबले कार्कीको पक्षमा ४६ मत मात्रै पुग्छ।

    नयाँ गठबन्धनको पनि ४६ सिट नै छ। कांग्रेसको २९, माओवादीको १३, एकीकृत समाजवादीको ४, जसपाको १ सिट छ। कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको ४७ सिट हुन्छ। सभामुख माओवादीका छन्। प्रदेश १ मा निर्णायक मत सभामुखको हुन्छ।

    गण्डकीमा एमालेबाट खगराज अधिकारी मुख्यमन्त्री छन्। उक्त प्रदेशमा पहिलो दल कांग्रेस छ। ६० सदस्यीय प्रदेशसभामा कांग्रेसको मात्रै २७ सिट छ। एमालेको २२, माओवादीको ७, नेपाल समाजवादी पार्टीको १, राप्रपाको २, स्वतन्त्र १ सिट छ।

    यहाँ कांग्रेस र माओवादी गठबन्धनको असर अधिकारी नेतृत्वको सरकारमा पर्नेछ। अधिकारीको सरकार पनि जोखिममा छ।  लुम्बिनीमा २९ सिटसहित पहिलो दल रहेको एमालेबाट पोलिटब्युरो सदस्य लीला गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

    सरकारमा रहेका माओवादी जसपा, जनमत अनि बाहिर रहेका नागरिक उन्मुक्ति र लोसपाले समर्थन गरेका थिए। यी दल कांग्रेससहितको समीकरणमा लागेपछि मुख्यमन्त्री गिरी संकटमा परेका छन्। उनीहरूले विश्वासको मत फिर्ता लिँदा सरकार स्वतः अल्पमतमा पर्छ।

    ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमत ल्याउन ४४ सांसद आवश्यक पर्छ। एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा, जनमत र लोसपाका ३–३, स्वतन्त्र २ तथा जनमोर्चा र एकीकृत समाजवादीका १–१ सांसद छन्। नयाँ गठबन्धनमा ५४ मत पुग्छ। गठबन्धनबाहिरका एमाले र राप्रपाका ४ जोड्दा ३३ सांसद मात्र हुन्छन्।

    कुन–कुन प्रदेश सरकार सुरक्षित ? 

    मधेसमा एमाले नै ठूलो दल हो। त्यहाँ यसअघिको गठबन्धनका आधारमा तेस्रो दल जसपाले प्रदेश सरकारको नेतृत्व गरेको छ। मुख्यमन्त्री छन् सरोजकुमार यादव। जसपा र जनमतले आधा–आधा कार्यकाल मुख्यमन्त्रीको नेतृत्व गर्ने सहमति भएको थियो। एमालेबाट सभामुख छन्।

    उक्त प्रदेशमा एमालेको २३, कांग्रेसको २२, जसपाको १६, जनमत १३, लोसपा ९, माओवादीे ८, एकीकृत समाजवादी ७, स्वतन्त्र ६, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नेउपाको १/१ सिट छ। उक्त प्रदेशसभामा १ सय ७ सांसद छन्। एमाले, राप्रपा बाहिरिए पनि सरकारमा कुनै असर पर्दैन।

    बागमतीमा तेस्रो दल माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन्। उक्त प्रदेशमा कांग्रेसको ३७, एमाले २७, माओवादीको २१ सिट छ। १ सय १० सदस्यीय प्रदेशसभामा कांग्रेस र माओवादी मिल्दा सहज बहुमत हुन्छ।  जहाँ राप्रपा भने बाहिरिइसकेको छ।

    एमाले बाहिरिँदा त्यहाँको प्रदेश सरकारलाई असर पर्दैन। तर, ठूलो दलको हैसियतमा कांग्रेसले मुख्यमन्त्री दाबी भने गर्न सक्ने देखिन्छ। राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

    कर्णालीमा माओवादीबाट रामकुमार शर्मा मुख्यमन्त्री छन्। एमालेका यमलाल कँडेललाई मुख्यमन्त्री नबनाएर शर्मा ओली र दाहालको निर्देशनमा मुख्यमन्त्री बनेका हुन्। ४० सदस्यीय प्रदेशसभामा ठूलो दल कांग्रेसको १४ सिट छ। माओवादीको १३ सिट छ। कांग्रेस र माओवादी मिल्दा त्यहाँको प्रदेश सरकार सुरक्षित देखिन्छ। जहाँँ एमालेको १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रको १/१ सिट छ।

    सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार विश्वासको मत नपाएर ढलिसकेको छ। राजेन्द्रबहादुर रावल बाहिरिएर कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् । शाहले विश्वासको मत भने लिएका छैनन्। नयाँ गठबन्धनसँगै विश्वासको मत लिन सहज भएको छ। ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसको १९, माओवादी ११, एमालेको १०, नाउपा ७, एकीकृत समाजावादीको ४,राप्रपा र स्वतन्त्र १/१ सिट छ।

  • subhayug
  • प्रदेश सरकार संकटमा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ६ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ७ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ८ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ८ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution