• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

४ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

५ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

७ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

७ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • Galaxy tv no sallery ७

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    प्रकाशित मिति: २०७९ फागुन १६, मंगलबार (३ हफ्ता अघि)
  • ६५३ पाठक संख्या
  • nepse down

    काठमाडौं – गएको डेढ वर्षमा सेयरधनीको सम्पत्तिको मूल्य करिब साढे १५ खर्ब रुपैयाँले घटेको छ ।

    ०७८ भदौदेखि गत सोमबार (फागुन १५) सम्ममा दोस्रो बजारमा सूचीकृत सेयरको मूल्यमा आएको गिरावटका आधारमा यस्तो विश्लेषण गरिएको हो । करिब अठार महिनाको अवधिमा सेयर बजारको आकार अथवा कुल बजार पुँजीकरण (स्टक एक्सचेन्जमा सूचीकृत सबै सेयरको बजार मूल्य) करिब १५ खर्ब ४६ अर्ब रुपैयाँले घटेको छ ।

    यसको अर्थ सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको भन्ने हो । ०७८ भदौ २ मा कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँ कायम थियो । सोमबारसम्म आइपुग्दा यो २९ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ । सोमबारसम्मको कुल बजार पुँजीकरण हालसम्मको सबैभन्दा धेरै अवस्थाको तुलनामा करिब साढे १५ खर्ब रुपैयाँले कम हो । ०७८ भदौ २ मा कुल बजार पुँजीकरण हालसम्मको सबैभन्दा धेरै ४४ खर्ब ६८ अर्ब रुपैयाँ कायम भएको थियो ।

    गत वर्षको भदौ २ मै नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु (३ हजार १ सय ९९ बिन्दु) मा थियो । नेप्सेको अघिल्लो उच्च बिन्दु ०७२ साउन १२ मा थियो । त्यतिबेला नेप्से परिसूचक १ हजार ८ सय ८१ बिन्दुमा पुग्दा कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो । त्यसयता घटेको बजार पुनः बढेर गत भदौ २ मा नेप्से परिसूचक र बजार पुँजीकरण दुवै हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनेको थियो । त्यसयता फेरि बजार ओरालो लाग्न थाल्यो । यही कारण उच्च बिन्दुको तुलनामा अहिले नेप्से करिब ६३ प्रतिशत र कुल बजार पुँजीकरण करिब ६५ प्रतिशतले घटिसकेको छ ।

    सरकार र नियामक निकायद्वारा हचुवाका भरमा नीति परिवर्तन गर्ने प्रचलन नै सेयर बजारमा उच्च गिरावटको प्रमुख कारण भएको उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार फोरमका सभापति अम्बिका पौडेलले बताए । ‘राष्ट्र बैंकले कुनै समयमा सेयर कर्जामा ४/१२ करोडको सीमा तोक्यो । यसले बजारलाई नराम्ररी प्रभावित बनायो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उक्त सीमा परिमार्जन गरेर १२ करोड मात्र बनाइयो । धितोपत्र बोर्डले पनि विभिन्न नीतिगत परिवर्तन गर्‍यो भने ५१ वटा कम्पनीको वित्तीय सूची नै प्रकाशित गर्‍यो,’ उनले भने, ‘नीतिमा एकरूप नहुनु (नीतिगत अस्थिरता) नै सेयर बजार धेरै अंकले घट्नुको प्रमुख कारण देखिन्छ ।’

    यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चिति निरन्तर रूपमा घट्न थालेपछि ‘अब अर्थतन्त्र संकटमा जान्छ, श्रीलंका बन्छ’ लगायत हल्ला चले । यी हल्ला र राजनीतिक अस्थिरताले लगानीकर्ताको मनोबल घटाएकाले बजार प्रभावित भएको पौडेलको तर्क छ । ‘अब मुलुक श्रीलंका बन्छ, नेपालसँग औषधि किन्न सक्ने पैसा पनि हुँदैन, अर्थतन्त्र संकटको संघारमा छ जस्ता प्रचार धेरै गरियो,’ उनले थपे, ‘ती प्रचार सेयर बजारका लागि नकारात्मक टिप्पणी थिए ।’ यसअघिको उच्च बिन्दु १ हजार ८ सय ८१ बाट बढेर नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुग्दा करिब १ हजार ३ सय अंक बढिसकेको थियो । यसकारण बजारमा करेक्सन आवश्यक थियो । तर नीतिगत अस्थिरता र नियामक निकायका कदमले ‘करेक्सन’ आवश्यक क्षेत्रमा नभएर अरू नै क्षेत्रमा हुँदा बजारमा असर पार्‍यो । ‘पछिल्लो १० महिनामा मात्र नेप्से परिसूचक करिब ४४ प्रतिशत घटिसकेको छ । उक्त अवधिमा सेयर कर्जा पनि १ खर्ब ६ अर्ब रुपैयाँबाट घटेर ७८ अर्बमा झरिसकेको छ’ उनले भने, ‘लगानीकर्ताको मनोबल बढाउन सरकार र नियामक निकायले नीतिगत पहल गर्न सक्छ ।’

    नेप्सेमा सूचीकृत कुल सेयरलाई तिनको पछिल्लो बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण निकालिन्छ, जसलाई सेयर बजारको आकार भनिन्छ । सेयर मूल्य बढेको अवस्थामा कुल बजार पुँजीकरण पनि बढ्छ । घटेको अवस्थामा पुँजीकरण पनि घट्छ । हाल सेयर बजार घट्दो क्रममा रहेकाले कुल बजार पुँजीकरण पनि निरन्तर रूपमा घटिरहेको देखिन्छ ।

    यो वर्ष स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि सेयर बजार पनि बढ्ने अपेक्षा गरिएको थियो । निर्वाचनपछि थप पाँच वर्षका लागि स्थायी सरकार अपेक्षा गरिए पनि त्यो हुन सकेन । अहिले पनि राजनीतिक उथलपुथल कायमै छ । मुलुकमा आर्थिक गतिविधि सुस्ताएको छ भने पुँजीगत खर्च बढ्न सकेको छैन । राजस्व संकलन घटेको छ । केही वर्षदेखिको तरलता अभावको समस्या समाधान भएको भनिए पनि बैंकमा कर्जा माग बढ्न सकेको छैन । ब्याजदर अकासिएको छ । सरकारले मुलुकको आर्थिक समृद्धिलाई प्राथमिकता दिइएको भनिए पनि व्यवहारमा त्यो देखिएको छैन । यही कारण सेयर बजारमा अपेक्षाकृत तरंग आउन नसकेको जानकारहरू बताउँछन् । बजारले निरन्तर अपेक्षाविपरीत वियरिस (घट्दो) प्रवृत्ति देखाउन थालेको छ । सोमबारसम्म नेप्से परिसूचक २ हजार २३ बिन्दुमा बन्द भएको छ । यो हालसम्मको उच्च बिन्दु ३ हजार १ सय ९९ अंकको तुलनामा १ हजार १ सय ७६ अंकले कम हो ।

    यतिबेला बैंक ब्याजदर उच्च छ । ब्याजदर वृद्धिको पहिलो र प्रत्यक्ष असर सेयर बजारमा पर्छ । सामान्यतया ब्याजदर वृद्धि र सेयर बजारबीच उल्टो सम्बन्ध रहन्छ । यसको अर्थ बैंक ब्याजदर बढ्दा नेप्से घट्छ र घट्दा बजार बढ्छ भन्ने हो । जोखिमका हिसाबले सेयर बजारको तुलनामा बैंक निक्षेप सुरक्षित मानिन्छ । यसकारण ब्याजदर बढेको अवस्थामा पैसा बैंकमा राख्दा जोखिमबिना राम्रो प्रतिफल पाइने भएकाले सेयर बजारमा नकारात्मक प्रभाव पर्ने गरेको हो ।

    बजार घट्दा सेयर धितोमा कर्जा लिएका लगानीकर्तालाई बैंकहरूले मार्जिन बुझाउन बोलाउने गरेको लगानीकर्ताहरू बताउँछन् । ‘बजार लगातार रूपमा घट्न थालेपछि बैंकहरूबाट आउने मार्जिन कल बढ्न थालेको छ । यसले बजारमा बिक्री चाप (पेनिक सेल) बढाएको छ,’ नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन्, ‘लगानीकर्ता बाध्य भएर नोक्सान व्यहोरेरै भए पनि सेयर बिक्री गरिरहेका छन् ।’ दुई वर्षअघि ६/७ प्रतिशत ब्याजदरमा लिएको सेयर कर्जाको ब्याज अहिले १६/१७ प्रतिशत पुगेको उनले बताइन् । ‘एकातिर बजार बढ्न सकेको छ्रैन । अर्कोतिर उच्च ब्याजदरले लगानीकर्ताको कर्जा भुक्तानी क्षमतामा ह्रास ल्याएको छ,’ उनले भनिन् । यस्तो अवस्थामा सरकार र नियामक निकायको प्राथमिकतामा सेयर बजार नपर्दा लगानीकर्ता चिन्तित भएको उनले बताइन् ।

  • subhayug
  • नेपाल स्टक एक्सचेन्ज लिमिटेड
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ४ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ५ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ७ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ७ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution