• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

६ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

७ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

८ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

८ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • Galaxy tv no sallery ७

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • किन रोकिएन बैंकिङ क्षेत्रको बदमासी

    न्युज डेस्कप्रकाशित मिति: २०७९ फागुन ११, बिहिबार (१ महिना अघि)
  • ५०९ पाठक संख्या
  • bank

    काठमाडौं – नियामक निकाय नेपाल राष्ट्र बैंकको कडाइ र प्रहरीको फौजदारी मुद्दामा कारबाहीका बाबजुद पनि बैंकिङ क्षेत्रमा हुने बेथिति रोकिएको छैन ।

    पछिल्लो समय पनि दुई ठूला बैंकमा भएका अनियमितताको प्रहरीले अनुसन्धान गरिरहेको छ । कतिपय घटनामा नियोजित रुपमै कतिपय बैंकका कर्मचारी मिल्ने गरेका छन् भने, केही घटनामा भने प्रक्रियागत रुपमा कर्मचारीहरु फसेका छन् । यसले बैंकिङ क्षेत्रका कर्मचारीलाई त्रास बढाएको छ । यतिबेला हिनामिना प्रकरणले कामना सेवा विकास बैंकभित्र भुइँचालो गएको छ । बैंकको दमक शाखामा कर्जा प्रवाहमा श्रृङखलाबद्ध रुपमा अनियमितता भएको पाइएको छ । प्रहरीले बैंकका सीइओसहित कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    यसअघि नै दुई वटा मुद्दा छानबिन सकिएकोमा तेस्रो मुद्दामा बैंकका सीइओ प्रवीण बस्नेत समेत पक्राउ परेका हुन् । दुई साताअघि प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतसहित दमक शाखाका तत्कालीन शाखा प्रबन्धक वीरेन्द्रसिंह भण्डारी, ऋणीहरू हरेन्द्र दाहाल र चन्द्रबहादुर थापा लगायतलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको थियो । तर, दबाबका भरमा उनीहरुलाई केही दिनपछि नै थुनामुक्त गरि तारेखमा राखेर अनुसन्धान भइरहेको छ । कर्जा प्रवाहमा हिनामिना भएको खुलेपछि उनीहरूलाई बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको इप्रका दमकका डीएसपी मनोज लामाले बताए । नेपाल राष्ट्र बैंकले गरेको छानबिनमा कमसल छितोमा कर्जा प्रवाह गरेको खुलेपछि छानबिनका लागि प्रहरीलाई पत्राचार गरेको थियो । कम धितो मूल्यांकनमा बढी ऋण प्रवाह गरेको र त्यो कर्जा पनि डुबेको थियो । बैंकका कर्मचारीले सेटिङमा धितो मूल्याङकन गरेकोले यस्तो अवस्था आएको हो ।

    सुरुमा यो घटनाको अनुसन्धानको जिम्मा राष्ट्र बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआइबी)लाई दिएको थियो । सीआइबीले आफैं अनुसन्धान नगरी झापालाई जिम्मा दिएको हो । यस्तो गम्भीर विषयमा सीआइबीले आफैं किन अनुसन्धान गरेन भन्ने प्रश्न उठेको छ । स्रोतका अनुसार तेस्रो मुद्दामा एक दर्जन भन्दा धेरैको संलग्नता छ । बैंककै कर्मचारी, धितो मूल्याङककर्ता सहितका व्यक्तिहरु फरार छन् । प्रारम्भिक अनुसन्धानमा दमक, गौरादह र उर्लाबारीका विभिन्न धितोमा ऋण प्रवाह गर्ने क्रममा मिलेमतोमा झण्डै आठ करोड रुपैयाँ घोटला भएको पाइएको छ । यो कर्जा केन्द्रीय कार्यालयबाटै स्वीकृत भएको थियो । सोही आधारमा सिइओ समेत छानबिनमा तानिएका हुन् । सोही शाखाबाट भएको अनियमितताको पनि यसअघि प्रहरीले अनुसन्धान गरिसकेको छ । बैंकका कर्मचारीको मिलेमतोमा ऋण लगानी हुँदा यसअघि कामना सेवा विकास बैंकको १४ करोड ४० लाख बढी रकम हिनामिना भएको खुलेको थियो ।

    कामना सेवा विकास बैंकले ०७६ असारपछि एक वर्षमा सविन एण्ड ब्रोदर्श रियल स्टेटलाई चार करोड, क्रियन्स इन्जिनियरिङलाई चार करोड, आस्थालक्ष्मी सव प्रालिलाई दुई करोड ४० लाख, थापा ब्रोदर्श एण्ड कम्पनी प्रालिलाई दुई करोड ६० लाख र सुवास दाहाल नाम गरेका व्यक्तिलाई एक करोड ४० लाख ऋण प्रवाह गरेको थियो । धितोको गलत मूल्याङकन गरी बैंक ठग्ने उदेश्यले नै उनीहरुले कर्जा लिएका थिए । धितो राखेर ऋण दिएको केही महिनापछि उनीहरूले बैंकमा किस्ता जम्मा गर्न छाडे । त्यसपछि फेरि धितो मूल्यांकन गर्दा धितोमा राखेको सबै जग्गाको मूल्यांकन ऋण लगानी भएको भन्दा धेरै कम भएको पाइएको थियो। बैंकबाट ऋण लिने क्रममा यी चार फर्म र दाहालले सरकारी कागजात किर्तेसमेत गरेको पाइएको थियो । नक्कली कागजपत्रलाई विश्वास गरी कर्जा प्रवाह भएको थियो । बैंकिङ कसुरमा धरौटीमा रिहा भए पनि सरकारी दस्ताखत किर्तेमा बैंकका तत्कालीन प्रदेश – १ प्रमुख सुजन छाराहाङ पुर्पक्षका लागि कारागारमा छन् ।

    सोही घटनामा धितो मूल्यांकनकर्ता कमल नेपालले आत्महत्या समेत गरेको प्रहरीले जनाएको छ । बैंकले आन्तरिक अनुसन्धान सुरु गरेपछि उनले आत्महत्या गरेको परिवारले जनाएको छ । यसरी कर्जा प्रवाहमा भएको गल्तीले धेरै जनाको परिवार समस्यामा परेका छन् ।

    एनआइसी बैंकमा पनि अनियमितता
    सप्तरीस्थित एनआइसी एसिया बैंक राजविराज शाखामा पनि अनियमितता भएको छ । शाखा प्रबन्धक सन्तोषकुमार यादवले किर्ते जग्गाधनी खडा गरी पौने तीन करोड रुपैयाँ ऋण दिएको पाइएको छ । प्रबन्धक यादव सम्पर्कविहीन भएपछि घटनामाथि छानबिन सुरु भएको छ ।

    प्रबन्धक यादवले किर्ते जग्गा र किर्ते जग्गाधनी खडा गरी दुई करोड ८० लाख रुपैयाँ ऋण स्वीकृत गरेका थिए । किर्ते जग्गाधनी राजविराज नगरपालिका– ९ (तत्कालीन मलेठ गाविस वडा नम्बर ७) की वसिरन खातुनलाई प्रसवनी– ९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको धनी बनाइएको छ । सो जग्गा राजविराज नगरपालिका– ८ का रवीन्द्रकुमार यादवको नाममा मालपोत कार्यालयमा दर्ता छ । तर, प्रबन्धक यादवले खातुनलाई जग्गाधनी बनाई एनआइसी एसिया बैंक राजविराज शाखाबाट आइतबार रोक्का नम्बर १५१२०९८० एनएल ०००२२९० मा जग्गा रोक्का गरिएको छ ।

    लालपूर्जा लगायत नक्कली कागजपत्रका आधारमा त्यसरी कर्जा प्रवाह भएको थियो । स्रोतका अनुसार शाखाका प्रबन्धक यादव र व्यवसायी मोहम्मद समसाद खाँनले किर्ते लालपूर्जा तयार गरेर खातुनलाई जग्गाधनी बनाएका हुन् । यस्तै, एएस ट्रेडर्स एन्ड सप्लायर्सकी सञ्चालक रहेकी खातुनकै बुहारी नाता पर्ने राजविराज नगरपालिका– ९ की आसमा खातुनलाई ऋण दिएका हुन् । प्रबन्धक यादवले स्वीकृत ऋणमध्ये २२ देखि २४ माघसम्ममा दुई करोड ३० लाख रुपैयाँ निकासा दिएका थिए । तर, घटना बाहिरिएलगत्तै प्रबन्धक यादव र व्यवसायी खान पनि भागेका छन् ।

    भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख रामनारायण शर्माका अनुसार प्रसवनी– ९ (ग) को कित्ता नम्बर २२१ को जग्गा नगरपालिका–८ निवासी रवीन्द्रकुमार यादवको नाममा छ, तर नक्कली लालपूर्जा अरुको नाममा बनाएर बैंैंकबाट कर्जा प्रवाह भएको छ ।यो घटनामा बैंकले आन्तरिक रुपमा छानबिन गरिरहेको छ । यदि, सो रकम तत्कालै फर्काउन सके प्रहरीले अनुसन्धान नगर्ने नत्र यसमा पनि बैंकिङ कसुर मुद्दा चल्ने देखिएको छ ।

    गत वर्ष गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर कुमारी बैंकबाट कर्जा प्रवाह भएको थियो । वीरगञ्ज शाखाबाट भएको यस्तो हिनामिनामा केन्द्रीय कार्यालयका अधिकारी समेत तानिएका थिए । केन्द्रीय कार्यालयबाटै त्यो कर्जा स्वीकृत भएको थियो । तर, पछि बैंकका उच्च अधिकारीलाई भने तत्कालिन गृहमन्त्री बालकृष्ण खाणले जोगाएका थिए । कर्जा प्रवाहमा बैंकभित्र हुने यस्ता घटनाको विगतमा धेरै वटा मुद्दा प्रहरीले दायर गरिसकेको छ । कतिपय वाणिज्य बैंककै सिइओ समेत यसमा परेका छन् । तर, अझै पनि नरोकिनुले बैंकहरुभित्र आन्तरिक सुशासनको पक्ष कमजोर रहेको उजागर गरेको छ । साथै नेपाल राष्ट्र बैंकको अनुगमनमाथि समेत प्रश्न उठेको छ ।

    राष्ट्र बैंकले कडाईका साथ अनुगमन गरेको अवस्थामा यस्तो हिनामिना सम्भव छैन । यसले बैंकिङ क्षेत्रभित्र नीतिगत भ्रष्टाचारलाई बाहिर ल्याएको छ ।

    बैंकका सीइओहरू असुरक्षित ?

    देशको समग्र अर्थतन्त्रमा समस्या बढीरहेका बेला बैंकिङ क्षेत्रमा पनि त्यसको असर देखिएको छ । पछिल्लो वर्ष कर्जाको ब्याज बढेपछि कर्जा तिर्न नसक्ने प्रवृत्ति देखिएको छ । हरेक दिन जसो पत्रिकामा बैंकहरूले लिलामीको सूचना निकालिरहेका छन् । कलोसूचीमा पर्ने ऋणीहरुको संख्या दिनप्रतिदिन बढीरहेको छ । यसले बैंकहरू समस्यामा परेका छन् । यसका साथै बैंकका सिइओ लगायत कर्मचारीले पनि असुरक्षित र अपमानित मशसुस गरेका छन् । बैंकको ब्याजविरुद्ध आन्दोलन मात्र भएको छैन, कर्जा नतिर्न र कर्मचारीलाई कालोमोसो दल्न समेत सार्वजनिक रुपमा आह्वान भएर केहीले अभियान नै सुरु गरेका छन् । यस्तो गतिविधिले आफुहरु असुरक्षित भएको बैंकरहरुले बताएका छन् ।

    विवादास्पद व्यापारी दुर्गा प्रसाईले पछिल्लो समय यस्तो अभियान सुरु गरेका छन् । विभिन्न बैंकबाट ६ अर्ब ऋण लिएका प्रसाई ऋण तिर्न नसक्ने अवस्थामा पुगेपछि यस्तो अराजक शैली अपनाएका हुन् । उनले यस्तो अभियानका लागि दस्ता नै बनाएका छन् । जून देशको सुरक्षा व्यवस्थाकै लागि चुनौती बनेको छ । सोही कारण कतिपय ऋणीले बैंकमा गएर कर्मचारी धम्काउने मात्र होइन कुटपिटका घटना समेत हुन थालेका छन् ।

    व्यापारी प्रसाईले मेडिकल कलेजका नाममा विभिन्न बैंकबाट ऋण लिएका छन् । मेडिकल कलेजको अनुमति नपाएपछि उनको व्यापार घाटामा छ, जसकारण ब्याज समेत तिरेका छैनन् । त्यो ऋण उठाउनका लागि समेत बैंकका कर्मचारीहरु डराउन थालेका छन् । यस्तो अवस्थाले बैंकिङ क्षेत्रमा थप समस्या बढ्ने भन्दै समाधानका लागि बैंकरहरुले सरकारलाई आग्रह गरेका छन् ।

  • subhayug
  • अनियमितता
  • नेपाल राष्ट्र बैंक
  • बैंकिङ क्षेत्र
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

  • आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

  • थप तीन ब्रोकर कम्पनीहरूलाई शाखा खोल्न सेवोनको अनुमति


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ६ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ७ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ८ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ८ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution