२०७९ चैत्र १३, सोमबार
हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं.४ अवस्थित पारिजातपथस्थित शिव शिखर बहुद्देश्यीय सहकारीका संचालकहरु करोडौं रुपैयाँ लिएर फरार भएका छन् ।
केहि दिनदेखि शहकारीमा ताला लगाएपछि बचतकर्ताहरु संचालकको खोजिमा आन्दोलन गरिरहेका छन् । सहकारीको कार्यालयमा चल्ती खातामा रहेको रकम झिक्न आएका बचतकर्ताहरूले ढोकामा ताल्चा लगाएको देखेपछि अन्य शेयर सदस्यहरूलाई बोलाएर आन्दोलन गरेका थिए । शिव शिखर सहकारी बन्द गरेर सञ्चालक फरार भएपछि बचतकर्ताको करोडौं रुपैयाँ बचत जोखिममा पर्ने अवस्थगामा रहेको छ ।
बचत गरेको रकम निकाल्न जाँदा सहकारीको ढोकामा ताल्चा लगाएको अवस्थामा रहेको बचतकर्ता निरञ्जन गोङबाले बताउनु भयो । सहकारीका अध्यक्षदेखि कर्मचारीसम्मको फोन स्वीचअफ रहेको बचतकर्ता गोङबाले बताए । ‘हामी यहाँ आएर फोन गरेको सबैको फोन स्वीचअफ छ । सबै भागिसके भन्ने सुन्नमा आएको छ ।’
हेटौँडामा पुस २०७७ मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरको शाखा खोलिएको थियो । सहकारीले करिब ३ करोड रुपैयाँको लागतमा डिपार्टमेन्ट स्टोर पनि सञ्चालन गरेको छ । सहकारीको ढोका बन्द भएपछि बचतकर्ताहरूले मार्ट घेराबन्दी गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar