• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

४ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

५ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

६ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

६ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ५ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • Galaxy tv no sallery ७

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • व्यक्तिगत रुपमा रविदाइलाई चिन्दिन भन्दा गायिका चौहानलाई धम्की

    न्युज डेस्कप्रकाशित मिति: २०७९ फागुन ३, बुधबार (१ महिना अघि)
  • ४६९ पाठक संख्या
  • alina and rabi

    काठमाडौं – केही दिनअघि गायिका एलिना चौहानले एपीवान टेलिभिजनमा अन्तर्वार्ता दिइन् । कार्यक्रमको शीर्षक थियो ‘द प्रकाश सुवेदी सो’ जहाँ प्रकाश सुवेदीले आफ्नो कार्यक्रममा प्रायः कलाकारलाई नै लगेर अन्तर्वार्ता लिने गर्दछन् । उक्त कार्यक्रममा कलाकारदेखि राजनीतिक नेतालगायत विभिन्न व्यक्तिको तस्बिर देखाएर पहिचान गर्न लगाइन्छ । जुन दिन गायिका एलिनालाई पनि तस्बिर देखाएर पहिचान गर्न लगाइयो । विभिन्न व्यक्तिका तस्बिर देखाएर पहिचान लगाउने क्रममा नागरिकता विवादमा परेर गृहमन्त्रीबाट निलम्बनमा परेका रवि लामिछानेको तस्बिर देखाएर ‘कुन रुपमा’ चिन्नुहुन्छ ? भनेर प्रश्न गरियो ।

    त्यस क्रममा गायिका चौहानले रविलाई नजिकबाट नचिन्ने बताइन् । प्रश्नको जवाफमा उनले भनेकी थिइन्, ‘उहाँलाई त त्यस्तरी चिन्दिन ।’ एलिनाको बोली काटेर प्रकाश सुवेदी भन्छन्, ‘अहिले चर्चै छ उहाँको यतिखेर ।’ चौहान थप्छिन्, ‘होइन चिन्छु, तर चर्चा भए पनि उहाँ प्रसनल्ली कस्तो मान्छे हो, उहाँ यस्तो मान्छे हो भन्ने थाहा छैन क्या मलाई, उहाँलाई कुन रुपमा चिन्नुहुन्छ भन्दा म कुनै पनि रुपमा चिन्दिन, उहाँ रवि लामिछाने भनेर चिन्छु, तर रुपअनुसार चिन्दिन ।’ गायिका चौहानले यति बोलेको विषयमा त्यसको क्लिप काटेर यतिबेला सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भाइरल बनाउँदै उनको कतै विरोध र समर्थन भइरहेको छ । हुन पनि गायिका चौहानले लामिछानेलाई चिनिहाल्नै नपर्ने सामाजिक सञ्जालमा कतिपयले बताइरहेका छन् ।

    तर, रविका समर्थकले भने लामिछानेलाई नचिनेको भन्दै एलिनाको आलोचना गरेका छन् । लामिछानेलाई नचिन्नु एलिनाको कुनै गल्ती नभएको धेरैको धारणा पनि छ । कार्यक्रमको सुरुवातमा एलिनाले तस्बिर देखेको भरमा मात्रै प्रायः व्यक्तिलाई चिनेर यस्तो–उस्तो भनेर खण्डन गर्न नसक्ने बताउँदै आएकी थिइन् । तर, कार्यक्रम प्रस्तोताले ‘तपाइँले नचिने पनि मैले चिनाउँछु’ भन्दै प्रश्न गरेका थिए । धेरैबाट आफ्नो आलोचना भएपछि गायिका एलिनाले फेसबुकमा लामो स्टाटस लेखेर सम्पूर्ण दर्शक – स्रोतालाई आफूले बोलेको सानो कुरालाई लिएर अतिरञ्जित नगर्न आग्रह गर्दै कसैको भावनामा आँच आएकोमा ध्यानाकर्षण भएको पनि बताएकी छन् ।

    तर, लामिछानेका समर्थक भने उनीप्रति आक्रोश व्यक्त गरिरहेका छन् । यस विषयमा गायिका चौहानसँग कुरा गर्दा कार्यक्रममा गरिएको प्रश्नमा लामिछानेलाई पत्रकार तथा पूर्वगृहमन्त्रीका रुपमा चिने पनि व्यक्तिगत रुपमा राम्रोसँग नचिनेको बताइन् । व्यक्तिगतरुपमा नचिनेको भन्दा आफूले अपराध नगरेको उनले बताइन् । ‘मैले रविदाइलाई बाहिरबाट चर्चित पत्रकारको हिसावले चिने पनि व्यक्तिगत रुपमा उहाँको सबै आनीबानी बुझेको छैन,’ गायिका चौहानले भनिन्, ‘अहिलेसम्म भेट भएको पनि छैन र कुनै रुपमा चिनेको छैन, त्यसैले कार्यक्रममा ‘कुनरुपमा चिन्नुहुन्छ’ भन्ने प्रश्नमा मैले कुनैरुपमा चिन्दिन, पत्रकार रवि लामिछाने भनेर चिन्छु भनेको हो ।’

    साथै, उनले रविका समर्थकले सामाजिक सञ्जाल फेसबुकमा (फेक) नक्कली आइडी बनाएर ‘देशलाई चाहिने मान्छे नचिन्ने तँ कोहो’ भन्दै ज्यान मार्ने धम्कीसमेत दिएको गुनासो गरिन् । कसैलाई व्यक्तिगत रुपमा नचिन्दा कुनै गलत नहुने धेरैको भनाइ पनि छ । साथै, एलिनाले कुनै स्टेज कार्यक्रममा देखे त्यहीँ मार्ने धम्की आएको सुनाइन् । उनले भनिन्, ‘मैले त्यति कुरा भन्दा फेक आइडीबाट ज्यान मार्ने धम्की आएको छ, तँ चितवन आइस् भने त्यहीँ सिध्याउँछु भनेका छन् । रविदाइलाई व्यक्तिगतरुपमा चिन्न नसकेर ज्यान जोखिममा पर्यो ।’

    तर, जति धम्की आए पनि आफू हतास नभइ आफ्नो कर्ममा निरन्तर अघि बढ्ने गायिका चौहानले सुनाइन् । साथै, उनले परेको खण्डमा कानूनीरुपमा अघि बढ्ने पनि बताइन् । उनले भनिन्, ‘म डराएको छैन, धम्की आए पनि आओस्, मैले गल्ती गरेको छैन । परिआएको खण्डमा कानूनी उपाय अपनाउँछु । आफ्नो कर्ममा दृढका साथ लाग्छु ।’ पछिल्लो समय उनी नेपाली गीत संगीतमा नाम चलेकी गायिका हुन् । गायिका चौहानको माग धेरै स्थानका सांगीतिक कार्यक्रममा हुने गरेको छ ।

  • subhayug
  • एपीवान टेलिभिजन
  • एलिना चौहान
  • गायिका
  • गायिका एलिना चौहान
  • द प्रकाश सुवेदी सो
  • प्रकाश सुवेदी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ४ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ५ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ६ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ६ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution