• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

५ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

७ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

८ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

८ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • Galaxy tv no sallery ७

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

    न्युज डेस्कप्रकाशित मिति: २०७९ माघ २२, आईतबार (१ महिना अघि)
  • ४५९ पाठक संख्या
  • prachanda kp oli

    काठमाडौं – लामो समयको वाकयुद्धलाई विश्राम दिदैं सत्तामा हत्याउन गठबन्धन गरेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एकअर्कासँग त्रसित देखिएका छन् । यसैको परिणामस्वरुप सत्ता गठबन्धन धरमराएको दृश्य देखिन थालेको छ ।

    नेपाली कांग्रेसले प्रधानमन्त्री नछाड्ने भएपछि निर्वाचनमा तेश्रो भएर पनि प्रधानमन्त्रीको लालसाले बालकोटको वार्दलीमा एमाले अध्यक्ष ओलीको शरणमा पुगेका प्रचण्डलाई अहिले ‘तावाको माछो भूंग्रोमा’ भनेझैं हुन थालेको माओवादीकै नेताहरू बताउन थालेका छन् । माओवादीको स्थायी समिति बैठकमा प्रचण्डले ‘ओली अझै नसुध्रेको’ बृतान्त सुनाएको बैठकमा सहभागि एक नेताले बताए । सहमतिको क्षणदेखि नै ओलीले प्रचण्डलाई हदैसम्मको दबाबमा राख्न खोजिरहेको माओवादीको बुझाई छ ।

    ‘शपथग्रहणमा प्रधानमन्त्रीसहित एक–एक जनाले शपथग्रहण गर्ने भनियो । तर, शपथमा एमालेले चार जना मन्त्री पठायो । भन्ने एक, गर्ने अर्को ओलीको पुरानो बानी अझ पनि उस्तै छ ।’ प्रचण्डको भनाई उधृत गर्दै बैठकमा सहभागि एक माओवाद िनेताले भने ‘गठबन्धनको बैठकमा पनि ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग मिलेर अप्ठेरो पार्ने र घेराबन्दी गर्ने गरेका छन् ।’

    उप्रधानमन्त्रीको पोर्टफोलियोमा पनि ओलीले अन्याय गरेको प्रचण्डको भनाइ रहेको बताइएको छ । नेकपा हुँदा पनि पछाडि रहेका विष्णु पौडेललाई नारायणकाजी श्रेष्ठभन्दा माथि हुनुपर्छ भनेर ओलीले दबाब दिएको प्रचण्डको भनाइ रहेको थियो । दबाबके कारण राम्रा राम्रा मन्त्रालय एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको माओवादीको बुझाइ छ ।

    ओलीको यस्तै दबाबकै कारण माओवादीले राष्ट्रपति पदका लागि एमालेलाई दबाबमा राखेको कतिपयको बुझाई छ । कांग्रेस गठबन्धनमा रहँदा एमाले देखाएर कांग्रेस घुक्र्याउन खप्पिस प्रचण्ड अहिले त्यही शुत्र एमालेका लागि प्रयोग गरिरहेको एमालेको बुझाई छ ।

    बाहिर खुलेर केही नभने पनि माओवादी केन्द्रको आन्तरिक तयारी राष्ट्रपति सकेसम्म आफूले नै राख्ने, यदि त्यस्तो भएन भने एमालेलाई रोकेर सर्वस्वीकार्य पात्र खोज्ने तयारी गरेको छ । यो कुरा सत्ता गठबन्धनको प्रमुख घटक एमालेले पनि बुझेको छ । त्यही भएर पनि एमालेका नेताहरू सभामुख र राष्ट्रपति एमालेले पाउने सहमति भएको बताउँछन् । पछिल्लो समयमा प्रधानमन्त्री प्रचण्डले कतै राष्ट्रपति एमालेलाई नदिएर धोका दिन त थालेका होइनन् भन्ने आशंका एमालेमा रहेको छ ।

    तर, प्रचण्ड र ओली दुबैलाई आ–आफ्नै खाले त्रास भएकाले दुबै यही गठबन्धन रहिरहोस् भन्ने पनि चाहन्छन् । ओलीलाई माओवादीले भित्रभित्रै अर्को गठबन्धन त बनाउन खोजिराखेका छैनन ? भन्ने त्रास । हुन पनि कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले माओवादी नेतृत्वको सरकारलाई साथ कायम राखे प्रचण्डले प्रधानमन्त्रीबाट च्युत हुनु पर्ने छैन ।

    एमाले, रास्वपा र राप्रपाले समर्थन फिर्ता लिए प्रचण्डले विश्वासको मत फेरि लिनु पर्ने हुन्छ । यदी त्यस्तो परिस्थिति आएमा माओवादीलाई कांग्रेसले अहिलेकैजस्तो समर्थन गर्छ भन्ने हुदैन । किनभने प्रचण्ड सरकारलाई विश्वासको मत फेरि लिनु पर्ने अवस्था भनेको कांग्रेसलाई अल्पमतको सरकार बनाउने स्वभाविक ढोका खुल्नु पनि हो । स्वभाविकरूपमा आफ्नो पोल्टामा आएको प्रधानमन्त्री पदको लोभ कांग्रेसले नगर्ला भन्ने प्रचण्डलाई विश्वास छैन । त्यसोहुँदा आजको कांग्रेसको हालत माओवादीको हुने प्रचण्डको बुझाई छ । त्यसैले प्रचण्ड ओलीको घेराबन्दी तोड्दै गठबन्धन यही कायम राख्न चाहन्छन् ।

  • subhayug
  • अध्यक्ष
  • केपी शर्मा ओली
  • नेकपा एमाले
  • नेकपा माओवादी केन्द्र
  • पुष्पकमल दाहाल
  • प्रचण्ड
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ५ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ७ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ८ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ८ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution