• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

४ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

६ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

७ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

७ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • Galaxy tv no sallery ७

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ माघ २०, शुक्रबार (१ महिना अघि)
  • ४८८ पाठक संख्या
  • giti baluwa

    सुर्खेत – सुर्खेतमा जिल्ला समन्वय समिती सहितको अनुगमन टोलीले रोक्का गरेको गिट्टी बालुवाका थुप्रोहरू अहिले रातारात गायब भएका छन् ।

    पुस २८ गते जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारसहितको अनुगमन टोलीले गिड र लेकबेंसीका विभिन्न खोलामा रोक्का गरेको गिट्टी बालुवाका थुप्रोहरू अहिले गायब भएका हुन् । सुर्खेतका अवैध क्रसरहरू अनुगमन गरी बेचबिखनमा रोक लगाइएका नदीजन्य पदार्थहरु अहिले रातारात वीरेन्द्रनगर ओसारिएको छ । उक्त गिट्टी बालुवा क्रसर व्यापारीहरूले प्रहरीसँगको मिलोमतोमा रातारात सुर्खेत उपत्यकाका विभिन्न स्थानमा पुर्‍याएको स्थानीयको आरोप छ ।

    अनुगमन समितिले इजाजतपत्रमा उल्लेखितबाहेक अन्य कार्यका लागि गिट्टीबालुवा संकलन गरिएको निष्कर्षसहित बेचबिखन र ओसारपसार गर्न रोक लगाएको थियो । इजाजतपत्रमा वालुवा धुने, टायल वनाउने, सिमेन्टका विद्युतीय पोल बनाउने, ह्युमपाइप बनाउने उल्लेख छ । तर लाखौं घनमिटर गिट्टी थुपारेका लेकबेंसी नगरपालिकाका २ वटा क्रसर मेसिन जिल्ला अनुगमन समितिले नदीजन्य पदार्थ जफत गरि अर्को आदेश नभएसम्मका लागि बन्द गरेको थियो । उक्त उद्योगमा रहेका करिब २ लाख घनमिटर तयारी अवस्थाको गिट्टी बेचबिखनमा रोक लगाएको पत्र जिल्ला समन्वय समितिले पुस २९ गते पठाएको थियो ।

    नदीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय प्रमुख गंगाराम सुनार र तत्कालीन प्रमुख जिल्ला अधिकार खगेन्द्रप्रसाद रिजालसहितको संयुक्त टोलीले लेकबेंसी तथा गुर्भाकोट नगरपालिकाका ३ वटा अवैध क्रसर बन्द गरेको थियो । मापदण्डविपरीत सञ्चालन गरेकै कारण बन्द अवैध क्रसर उद्योगहरूबाट करिब २ लाख घनमिटर तयारी अवस्थाको गिट्टी बरामद भएकोले परिणाम र अनुमानित मूल्यबारे नापजाँच भइरहेको सुनारले बताए । उनका अनुसार लेकबेंसी – ८ गंगटेस्थित पञ्चकोसी बालुवा प्रशोधन केन्द्रका नाममा दुर्गा शर्माले ४ वर्षदेखि उक्त क्रसर सञ्चालन गरिरहेका छन् । उक्त उद्योगबाट बजार जान तयारी अवस्थामा रहेको करिब ८० हजार घनमिटर गिट्टी पनि जफत गरिएको छ । २६ हजार घनमिटर नदीजन्य पदार्थ संकलन तथ निकासी गर्न पाउनेगरी लेकबेंसी नगरपालिकाबाट इजाजत लिएको उद्योगले अनुमतिविपरीत झन्डै ३ गुणा नदीजन्य पदार्थ संकलन गरी मध्यपहाडी लोकमार्गलाई बेचेको पाइएको छ ।

    त्यस्तै, लेकबेंसी – २ खहरेखोलामा कलाधर उपाध्यायले सञ्चालन गरेको भेरी एग्रिगेड एन्ड सेन्ड रिफाइनरी उद्योगले ह्युमपाइप, सिमेन्ट ब्लक, सिमेन्ट रिंग, सिमेन्ट पोलहरू निर्माण गर्ने इजाजत लिएको छ । तर उसले मापदण्डविपरीत खहरे खोलामै करोडौंको लगानीमा क्रसर मेसिन जडान गरी करिब २ लाख घनमिटर गिट्टी सञ्चय गरेको फेला परेको थियो । ‘हाल त्यस स्थानमा नभएको भन्ने खबर पाएका छौं, पुनः अनुगमनमा जान्छौं,’ संयोजक गंगाराम सुनारले भने, ‘उक्त सञ्चित गिट्टी अनुगमन समितिले बेचबिखन र ओसारपसारमा रोक लगाइसकेकोले बेचविखन गरेको पाइए थप कार्वाही गर्छौं ।’

    सुर्खेतमा ठूला आयोजनाका लागि दर्ता गरिएका २ वटा र अन्य १४ वटा गिट्टी कुट्ने उद्योगहरू बालुवा प्रशोधन गर्ने नाममा कम्पनी रजिस्ट्रार र घरेलु उद्योगमा दर्ता गरिएका छन् । ‘नदीजन्य पदार्थ संकलन गर्न पाउने परिणामभन्दा वढी संकलन र निकासी गरिएका, वातावरणीय मापदण्डविपरीत सञ्चालन गरिएका यस्ता उद्योगहरू तत्काल बन्द गर्न लिखित निर्देशन दिएका छौं,’ सुनारले भने, ‘अटेर गरे थप कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।’

    पुस दोस्रो साता प्रदेश सरकारले पनि क्रसर उद्योगहरूको अनुगमन गर्‍यो । अनुगमनमा कर्णालीमा सबै उद्योगहरू अवैध रहेको प्रतिवेदन अनुगमन टोलीले सरकारलाई बुझायो । सरकारले अवैध सञ्चालन भएका क्रसर उद्योग बन्द गर्न निर्देशन पनि दियो । तर, स्थानीय सरकारका जनप्रतिनिधि, कार्यालय प्रमुखलगायतको मिलोमतोमा सञ्चालित क्रसर उद्योगहरू बन्द गर्ने प्रक्रिया कार्यान्वयन भएन । जसले गर्दा क्रसर सञ्चालकहरूले सेटिङमै अहिलेसम्म उद्योग चलाइरहेको स्थानीय अगुवा दुर्गाप्रसाद सापकोटा बताउँछन् । उनका अनुसार क्रसर सञ्चालकहरूले आफ्नो अवैध धन्दाबाट करोडौं रकम असुल गरी केही रकम जनप्रतिनिधि, कर्मचारीलगायतलाई दिने गरेका छन् ।

    अहिले कर्णाली प्रदेशमा २६ वटा अवैध क्रसर र बालुवा प्रशोधन उद्योगहरू सञ्चालनमा छन् । सुर्खेतमा मात्रै २ अस्थायीसहित १६ वटा क्रसर उद्योग रहेको समितिले जनाएको छ । सुर्खेतको लेकबेंसी नगरपालिका – २ खहरेखोलामा भेरी एग्रिग्रेट एन्ड रिफाइनरी इन्डस्ट्रिज उद्योग कर्णालीको सबैभन्दा ठूलो लगानीमा खोलिएको क्रसर उद्योग हो । यो उद्योगले २०७६ मा घरेलु उद्योग तथा साना उद्योग विकास समितिमार्फत बालुवा प्रशोधन, ह्युमपाइप, ब्लक र सिमेन्टको पोल उत्पादनका लागि अनुमति लिएको थियो । तर उसले खुलेआम अवैध क्रसर उद्योग सञ्चालन गरेको पाइएको डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले बताए ।

  • subhayug
  • अवैध क्रसर
  • गंगाराम सुनार
  • जिल्ला समन्वय समिती
  • नदीजन्य पदार्थ
  • प्रमुख
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ४ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ६ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ७ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ७ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution