• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

६ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

७ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

८ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

८ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • telephone dhamki ७

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • Galaxy tv no sallery ८

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • गृह नपाए सरकारबाट बाहिरियला त रास्वपा ?

    न्युज डेस्कप्रकाशित मिति: २०७९ माघ १७, मंगलबार (१ महिना अघि)
  • ५३८ पाठक संख्या
  • ra swa pa

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् ।

    सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि रिक्त रहेको गृह मन्त्रालय दाहाल आफैंले राख्न खोजेका छन् । पार्टीभित्रबाट पनि माओवादीले नै गृह राख्नुपर्ने दबाब दाहालमाथि छ तर रास्वपाको दाबीका कारण दाहाल निर्णयमा पुग्न सकेका छैनन् ।

    कांग्रेससहितको पाँचदलीय गठबन्धन अचानक तोडेर गत पुस १० मा सातदलीय समर्थनमा प्रधानमन्त्री बनेका दाहालले भोलिपल्टै रास्वपाका सभापति लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएका थिए । त्यति बेला पनि दाहालले गृह मन्त्रालय आफैंसँग राख्न चाहेका थिए । रास्वपाको समर्थनबिना बहुमत पुग्न मुस्किल पर्ने स्थिति रहेको र एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतको दबाब हुनाले उनले गृहमा अडान लिइरहेनन् । गृहमा चाहना राखेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिएका छन् । अर्को महत्त्वपूर्ण अर्थ मन्त्रालय एमालेले लिएको थियो ।

    सत्ताको नेतृत्व गरेको दलले महत्त्वपूर्ण मन्त्रालय छाडेको भन्दै माओवादी नेताहरूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालसँग असन्तुष्टि व्यक्त गरिरहेका बेला सर्वोच्चको फैसलाले गृह मन्त्रालय रिक्त भएको हो । ‘पुस ११ मा प्रधानमन्त्रीले आफ्नो चाहनाले गृह मन्त्रालय लामिछानेलाई दिनुभएको होइन । ओलीले योजनाबद्ध ढंगले गृह मन्त्रालय रविलाई दिलाउन दबाब दिनुभयो,’ माओवादीका एक नेताले भने । उनका अनुसार मन्त्रालय बाँडफाँटको सुरुकै बैठकमा ओलीले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई दिने बताएका थिए । त्यति बेला ओलीबाट त्यस्तो प्रस्ताव आउला भन्ने अनुमान दाहालले गरेका थिएनन् । ‘त्यस बेला जसरी पनि बहुमत पुर्‍याउनुपर्ने अवस्था थियो,’ ती नेताले भने, ‘अब त्यो बाध्यता छैन ।’

    पुरानो गठबन्धनका कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समेत पुस २६ मा विश्वासको मत दिएपछि दाहाल त्यसको दुई साताअघि जस्तो दबाबमा छैनन् । तर संसद्मा १९ सिट रहेको रास्वपा सत्ताबाट बाहिरिए अर्को चुनौती थपिने जोखिम पनि छ । दाहाललाई पुस १० मा समर्थन र पुस २६ मा विश्वासको मत दिएका जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले सर्त र असन्तुष्टिका कारण अझै केन्द्रको सत्तामा साझेदारी गरेका छैनन् ।

    लामिछाने पदमुक्त भएपछि प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफैंसँग राखेका छन् । अदालतको फैसलापछि आइतबार लामिछानेले प्रक्रिया पूरा गरेर नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन् । उनी उपनिर्वाचनमा पुनः निर्वाचित भएर संसद्मा आउने सम्भावना पनि छ । लामिछानेलाई गैरसांसदका रूपमा मन्त्रिपरिषद्‌मा लाने सम्भावना भने कम छ ।

    एमाले अध्यक्ष ओलीले गृह मन्त्रालय रास्वपालाई दिन दाहाललाई दबाब दिएको बालुवाटार स्रोतले जनाएको छ । माओवादीका महासचिव देव गुरुङले भने सरकार निर्माणका बेला गठबन्धनमा भएको निर्णय सर्वोच्चको फैसलापछि पुनर्विचार गर्नुपर्ने स्थिति बनेको बताए । ‘सर्वोच्चको फैसलापछि परिस्थिति फेरिएको छ, त्यसकारण गृह मन्त्रालयबारे प्रधानमन्त्रीले पहिलेको निर्णय पुनर्विचार गर्नुपर्छ,’ उनले भने, ‘त्यस बेला प्रधानमन्त्रीले अर्थ र गृह मन्त्रालय आफूसँग राख्नुभएन । अर्थ मन्त्रालय एमालेले लिइसकेको हुनाले प्रधानमन्त्रीले गृह मन्त्रालय आफूसँग राख्नुपर्ने हुन्छ ।’

    रास्वपाका सभापति लामिछानेनिकट केन्द्रीय सदस्य दीपक बोहराले भने पुस ११ कै सहमतिअनुसार उपप्रधानसहित गृह मन्त्रालय आफ्नो पार्टीले पाएको र अहिले पनि त्यसबाट दायाँ – बायाँ गर्न नमिल्ने बताए । ‘गृह मन्त्रालय नभए हामी सरकारबाहिर बस्छौं,’ उनले सोमबार साँझ भने, ‘सरकार निर्माण गर्ने बेला गठबन्धनमा भएको सहमतिका विषयमा प्रधानमन्त्रीज्यूसँग सभापतिले कुरा गरिसक्नुभएको छ ।’ प्रधानमन्त्री दाहालले भने गृह आफैंले राखेर अरू मन्त्रालय दिन सकिने संकेत लामिछानेलाई दिएका छन् ।

    एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सातदलीय समीकरण बनेको एक महिना मात्रै भएको अवस्थामा पूर्वसहमतिअनुसार अघि बढ्नुपर्ने बताए । ‘पूर्वसहमति बिर्सनु हुँदैन । हामी बृहत् समझदारीअनुसार अघि बढ्नुपर्छ,’ उनले भने, ‘स्वार्थबाट निर्देशित हुने हो भने अर्कै कुरा ।’ उनले दाहाल प्रधानमन्त्री नियुक्त हुने बेला गृह मन्त्रालय रास्वपाले पाउने समझदारी भएकाले त्यसबाट अब दायाँ–बायाँ गर्दा गठबन्धनमा आशंका हुने बताए ।

    गृह मन्त्रालयको रस्साकसीले राष्ट्रपति निर्वाचनलाई प्रभाव पार्ने जोखिम पनि छ । माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री बन्ने बेला राष्ट्रपति पद एमालेलाई दिने समझदारी थियो । गठबन्धनमा त्यसपछि समेत भएको सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार, मुख्यमन्त्री, प्रतिनिधिसभा र प्रदेशसभामा सभामुख, उपसभामुखको चयन भइसकेको छ । राष्ट्रपतिको फागुन २५ मा हुँदै छ । माओवादीको साथ लिएर राष्ट्रपति पद आफूले लिने दाउमा कांग्रेस छ । कांग्रेसबाट विश्वासको मत पाएपछि माओवादीका नेताहरूले राजनीतिक परिस्थिति बदलिएको बताइरहेका छन् । प्रधानमन्त्री दाहाल आफैंले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको कुरा उठाउन थालेका छन् । गृह नपाएर रास्वपा सरकारबाट बाहिरियो भने कांग्रेसको ‘बार्गेनिङ’ शक्ति बढ्नेछ । कान्तिपुर बाट ।

  • गृह मन्त्रालय
  • गृहमन्त्री
  • पुष्पकमल दाहाल
  • प्रधानमन्त्री
  • रवि लामिछाने
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • सर्वोच्च अदालत
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ६ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ७ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ८ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ८ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution