• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

५ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

७ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

८ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

८ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • telephone dhamki ७

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • Galaxy tv no sallery ८

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ माघ १२, बिहिबार (२ महिना अघि)
  • ६०५ पाठक संख्या
  • kachan ghatana

    झापा – मुलुककै होचो भूभाग कचनकवलको पुछारको गाउँ लोधाबारी मंगलबारदेखि शोकमग्न छ ।

    सदरमुकाम चन्द्रगढीदेखि करिब ३० किलोमिटर दक्षिणको यो सीमान्त देहातमा अन्तरजातीय बिहेपछिको बिछोड खेपेका कचनकवल – ४ का २५ वर्षीय राजेशकुमार गणेश (गनगाई) र १८ वर्षीया पवित्रा राजवंशी मृत फेला परेका थिए । राजेशको परिवार भने दोहोरो पीडामा छ । उनका बाबु ५० वर्षीय जितलाल र ४५ वर्षकी अन्नवतीको आँखा अझै ओभाएको छैन । अन्नवती आँगनमा बर्बराइरहेकी छन् । जितलाल भक्कानिँदै बिलौना सुनाउँछन्, ‘पैसा, पैसा सकियो । जवान छोरा गयो, हामीलाई सहनै नसक्ने दुःखले छोप्यो ।’

    अन्तरजातीय प्रेम विवाह गरेका जोडीलाई समाजले छुट्याएको थियो । राजवंशीहरू आफूलाई उच्च जातको मान्छन् भने गणेशहरूलाई तल्लो जातको । २०७८ साउन पहिलो साताको एक साँझ राजेशले कचनकवल–४ खुट्टामनी टोलकी पवित्रा राजवंशीलाई प्रेम विवाह गरेर घर भित्र्याएका थिए । गणेश परिवारले बुहारी आएकामा हर्ष नै माने । तर, पल्लो गाउँको राजवंशी परिवार भने छोरीले अन्तरजातीय विवाह गरेकामा खुसी थिएन । स्थानीय महेन्द्र रत्न माविमा ८ मा पढ्दै गरेकी पवित्राले परिवारको मञ्जुरीविपरीत प्रेम विवाह गरेकी थिइन् ।

    सुरुमा त राजवंशी परिवारले पहिला छोरीलाई छुट्याउने प्रयत्न गरे । तर, पवित्राले ‘राजीखुसी बिहे गरेर आएकी हुँ’ भनेपछि बाबु भुवनलालको केही लागेन । तर, उनले गणेश परिवारलाई धम्क्याउँदै छोरीका नाममा जमिन पास नगरे मुद्दा चलाउने धम्की दिए । कमजोर आर्थिक हैसियतका गणेशको परिवारले भनेजस्तो गर्न सक्ने अवस्था थिएन । राजेश त्यतिबेला कचनकवल गाउँपालिकाको माछापोखरी हेरालुको करार जागिर गर्थे । जसको आम्दानीले खान, लाउन जेनतेन मात्रै पुग्थ्यो ।

    कुराकानीमा पनि भुवनलालले केटाकेटीको जीविकाका लागि संयुक्त नाममा १० कट्ठा जमिन पास गरिदिन गणेश परिवारसँग माग गरेको बताए । उनले भने, ‘जमिन पास गर्न नमानेपछि मैले मुद्दा हालेको हो ।’ समाजले पनि मुद्दामा जान उक्साएपछि २०७८ असोज १२ मा भुवनलालले जिल्ला प्रहरी कार्यालय झापा पुगेर राजेशविरुद्ध घरमा गएर छोरीलाई बलात्कार गरेको आरोपमा उजुरी दिए । भोलिपल्टै प्रहरी टोली गाउँमै पुगेर राजेश र पवित्रा दुवैलाई नियन्त्रणमा लियो । पवित्रालाई राति नै परिवारको जिम्मा लगायो भने राजेशलाई थुनामा राख्यो । ‘प्रहरीले तपार्इंको छोरामाथि अपहरणको उजुरी परेको छ, छाड्न मिल्दैन भन्यो,’ जितलालले सुनाए, ‘अनि हामी घर फर्कियौं ।’

    त्यसपछि छुटाउने कोसिस सुरु भयो । त्यसबेला भुवनलालले पैसा दिए मुद्दा फिर्ता गरिदिने सर्त राखेको जितलालले बताए । भुवनलालले सुरुमा १० लाख रुपैयाँ मागेका थिए । तर, त्यत्रो रकम दिने हैसियत नभएको भनेपछि साढे ६ लाख रुपैयाँमा सहमति भएको केटाका मामा रघुनन्दनले बताए । तत्कालीन वडाध्यक्ष परमानन्द सिंह राजवंशी र कांग्रेसका नेता (वर्तमान प्रदेश सांसद) भूमि राजवंशीको रोहवरमा रकम दिने सहमति भएको थियो । ‘ऋणपान र भएका जायजेथा बेचेर साढे ६ लाख बुझाइयो,’ जितलालले बुधबार बगेको आँसु पुछ्दै भने, ‘पैसा बुझाएपछि वकिलमार्फत काम गर्दा छोरा चाँडो छुट्ने आश्वासन पनि दिए ।’

    प्रदेशसभा सदस्य भूमी राजवंशीले दुवै परिवारलाई मिलाउन सहजीकरण गरेको दाबी गरेका छन् । ‘केटाबिना केटी पनि बस्न नसक्ने अवस्था भएपछि समझदारीमै वकिलसँग सल्लाह गरेर केटाअनुकूल मुद्दा बनाइएको हो,’ उनले भने, ‘त्यसपछि केटा छुटेको हो ।’ यो घटनालाई नजिकबाट नियालेकाहरूका अनुसार केटा निस्किएपछि मात्रै परिवारलाई रकम दिने सर्तअनुसार वडाध्यक्षको हातमा साढे ६ लाख रुपैयाँ दिइयो । तर, भुवनलालले भने ५ लाख मात्रै हात पारे । डेढ लाख रुपैयाँ कसले गायब पार्‍यो भन्नेबारे दुवै पक्ष बेखबर छन् ।

    आरोपितविरुद्ध प्रहरीले कात्तिक ४ मा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाएको थियो । झापा अदालतका न्यायाधीश टीकाराम आचार्यले कात्तिक ७ मा राजेशलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेका थिए । जेल चलान भएको करिब डेढ महिनापछि मंसिर २१ मा न्यायाधीश आचार्यकै इजलासले अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दियो ।

    राजेशको पक्षमा मुद्दा हेरेका एक कानुन व्यवसायीका अनुसार केटीले ‘केटालाई जेलबाट नछुटाए आत्महत्या गरिदिन्छु’ भनेर त्यतिबेलै परिवारलाई धम्क्याएकी थिइन् । त्यसपछि राजवंशी परिवारले आर्थिक लेनदेन गरेर राजेशलाई थुनामुक्त गराउने पहल गरेको हो । ‘राजवंशी परिवारले हामीले गाउँमै कुरा मिलायौं भने,’ ती कानुन व्यवसायीले भने, ‘अनि केटीको अनुकूल बकपत्र गराइएपछि केटा जेलमुक्त भए ।’

    गणेश परिवारका अनुसार राजवंशी परिवारलाई दिएको साढे ६ लाखबाहेक पनि अरू ७ लाख रुपैयाँ अदालती प्रक्रियामा खर्च भएको थियो । ‘वकिल, प्रहरी र न्यायाधीशलाई मिलाउने काममा ७ लाख जति खर्च भयो,’ रघुनन्दन गणेशले भने, ‘करिब १४ लाख हाराहारी खर्च भएपछि बल्ल भान्जा जेलबाट छुटे ।’ अदालती खर्चका लागि गणेश परिवारले ६ कट्ठा जमिन मात्रै बेचेनन्, आफन्तसँग ऋण पनि लिएका थिए ।

    कारागारबाट निस्किएका गणेश गत असारसम्म गाउँपालिकाले खटाएकै काम गर्दै थिए । पुराना जनप्रतिनिधि गएर जब नयाँ आए, उनको करारको जागिर खोसियो । जागिर गुमेपछि घरदेखि करिब एक किलोमिटर नजिकै ब्रोइलर कुखुरा पाल्न सुरु गरेका थिए । सोमबार राति भाइ दिनेशसँग पोल्ट्री फार्ममा सुतेका उनी उठेर गएपछि फर्किएनन् । ‘११ बजेसम्म कुखुरालाई चारो दिएर दाइ सुतेको थियो,’ भाइ दिनेशले भने, ‘ब्युझिँदा दाजु छैन । खोज्दै जाँदा बगानमा झुन्डिएको भेटियो ।’ कान्तिपुर दैनिकबाट ।

  • subhayug
  • कचनकवल
  • झापा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

  • समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ५ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ७ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ८ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ८ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution