काठमाडौं – संघीय संसदअन्तरगत प्रतिनिधि सभा बैठक सुरु भएको छ।
नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो। यो सभाको तेस्रो बैठक हो। आजको बैठकबाट प्रतिनिधिसभाको सभामुख चयन हुनेछ। सभामुख पदका लागि सत्ता साझेदार दलबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने उम्मेदवार बनेका छन्।
घिमिरेका प्रस्तावकमा सुवासचन्द्र नेम्बाङ,समर्थकमा हितराज पाण्डे,राजेन्द्र प्रसाद लिङदेन र रवि लामिछाने छन्। न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्। घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। कैलालीकी न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar