काठमाडौं – वैदेशिक रोजगार व्यवसायीहरुमाथि युट्युबरहरूले आतंक मच्चाएको भन्दै एमाले निकटका व्यवसायीहरूले प्रतिवाद समूह गठन गरेका छन् ।
क्यामेरासहित आएर व्यवसायीलाई दुःख दिने गरेको भन्दै उनीहरूले त्यसको प्रतिवाद गर्न टोली बनाएका हुन् । एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले युट्युबरको आतंकविरुद्ध लड्न टोली गठन गरेको जनाएको छ । टिममा भीष्म सिवाकोटी, दलवीर भण्डारी, राधा सिग्देल (किरण), सरिता घले, लगायत रहेका छन् । हाललाई १५ सदस्य रहेको उक्त टिमलाई आवश्यकताको आधारमा विस्तार गरिने मञ्चले जनाएको छ ।
उक्त टिमले व्यवसायीलाई अनावश्यक रुपमा दुःख दिने, गाली बेइज्जती गर्नेहका विरुद्ध तत्काल हस्तक्षेप गरेर उनीहका विरुद्धमा प्रतिवाद गर्ने मञ्चले जनाएको छ । व्यवसायीको तर्फबाट कमीकमजोरी भएको खण्डमा कानून अनुसार अगाडि बढ्नुपर्नेमा युट्युबरहरू आएर निकै नै सास्ती दिने गरेको उनीहरुको भनाई छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar