काठमाडौं – हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजको आयोजनामा माघ पहिलो सातादेखि काठमाडौं यू–१९ बास्केटबल प्रतियोगिता हुने भएको छ ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत माघ दुई गतेदेखि नौ गतेसम्म चल्ने जानकारी दिए । पुरुष तथा महिला विधामा हुने प्रतियोगिताको पुरुषतर्फ ११ र महिलातर्फ पाँच टिमको सहभागिता रहने आयोजकले जानकारी दिए ।
प्रतियोगिताको पुरुषतर्फ ट्रिनिटी कलेज, जेभियर कलेज, निस्ट कलेज, टाइम्स कलेज, ज्ञान निकेतन, ग्राण्डी स्पोर्ट्स सेन्टर, हिमालयन ह्वाइटहाउस कलेज, एलआरआई स्कुल, ओमेगा कलेज, रोयल स्पोर्ट्स एकेडेमी र काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटको सहभागिता रहनेछ । यस्तै, महिलातर्फ हिमालयन ह्वाइटहाउस ‘ए’, निस्ट, हिमालयन ह्वाइटहाउस ‘बी’, जेभिनर कलेज र बल्लेर्स एकेडेमीको सहभागिता रहनेछ ।
प्रतियोगिताको पुरुषतर्फ सहभागिता टिमलाई चार पुलमा विभाजन गरिएको छ । प्रत्येक पुलबाट शीर्ष दुईमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । यस्तै, राउन्ड रोविन लिग पद्दतिमा सञ्चालन हुने महिलातर्फमा भने तालिकाको शीर्ष दुईमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिए ।प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने कलेजका खेलकुद विभागका प्रमुख गगन आचार्यले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar