• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

५ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

६ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

८ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

८ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • Galaxy tv no sallery ७

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • medicine ८

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • telephone dhamki ९

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • थारु वस्तीमा माघी र नयाँ वर्षकाे रमझम

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ पौष ३०, शनिबार (२ महिना अघि)
  • १३२ पाठक संख्या
  • Tharu-Festivals

    धनगढी – १ माघ (माघी) अर्थात मकर संक्रान्ति । मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाइने गरिन्छ । थारु समुदायमा भने माघिसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ ।

    १ माघदेखि थारु संवत २६४६ सुरु हुँदैछ । जसका लागि थारु समुदाय तयारीमा जुडेकाे छ । माघि र नयाँ वर्षलाई धुमधामका साथ मनाउने थारु समुदाय मघौटा, धमार झुम्रा नाचमा रमाउने गर्छ ।

    काम विशेषले घर बहिर रहेकाहरू पनि माघी र नयाँ वर्ष मनाउन फर्कन थालेका छन् । धनगढी–३ का श्यामु चौधरीका अनुसार नयाँ वर्षमा विशेष रुपमा ‘जिता’ (बंगुर)को घरघरमा व्यवस्था हुने गर्दछ ।

    ‘नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्न गाउँ वस्ती आसपासका नदीमा सरसफाई गर्ने गरिन्छ,’ चौधरीले भने, ‘थारु समुदायले थारु संवत २६४५ को भव्य बिदाई गर्ने र २६४६ को स्वागतका लागि गाउँटोललाई सजाउन थालिएका छन्, अहिले गाउँघर रमाइलो लाग्न थालेको छ ।’

    नयाँ वर्षकै दिन थारु समुदायले भल्मन्सा, गुरुवाको चयन पनि गर्ने चलन छ । जसका लागि टोलटोलमा नयाँ गुरुवाको चियो चर्चा चल्न थालेको कैलारी गाउँपालिका–५ का स्थानीय चन्द्र चौधरीले बताए ।

    ‘गाउँमा जम्मा भएका युवा आपसमा रमाइलो गर्ने गर्दछन्,’ उनले भने, ‘यो समुदायको मौलिक संस्कृति र भेषभूषाको आफ्नै विशेषता छ । जसमा हामीहरू रमाउने गर्दछौं ।’

    पर्वको तयारीका लागि खाद्यान्नहरूको जोहो गर्ने, दुनाटपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको खाने तेल पेल्ने, घर लितपोत तथा आँगन सरसफाइ लगायतका कामहरू लगभग सकिएका छन् ।

    ‘अब रमाइलो गर्ने मात्रै हो,’ चौधरीले भने, ‘तयारी सबै सकिएको छ, नयाँ वर्ष र माघीमा रमाइलो गर्दै खुशीयाली मात्रै बाँड्न बाँकी हो, त्यो दिनको पर्खाइ हो, अबत ।’ माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकारहरु खाने चलन रहिआएको छ ।’

    यो पर्वसँगै नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ नयाँ लत्ताकपडाको पनि उचित जोहो गरेको उनले बताए । रोजगारीका लागि विदेसिएकाहरू पर्व मनाउन घर फर्किसकेका छन् भने कोही फर्कने क्रममा छन् ।

    माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँडरक्सी, ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्न समुदायका युवतीहरू व्यवस्त हुने गर्छन् । थारू समुदायको मुख्य पर्व भएकाले तामझाँमका साथ मनाउने तयारी भइरहेको गाउँका अगुवा चेतराम चौधरीले बताए ।

    पुसको अन्तिम दिनलाई थारु समुदायले पुरानो वर्षको अन्तिम दिनका रुपमा मनाउने गर्छन् । पुरानो वर्षको विदाई स्वरुप पुषको अन्तिम दिन (जीता) बंगुर मार्ने प्रचलन रहेको थारु अगुवा माघव चौधरीले बताए ।

    ‘जिता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ । यो नाच दाङबाट कैलाली बसाई सरेका समुदायले नाच्ने गरेको उनले बताए । तर, अन्यत्रबाट आएका थारु समुदायले भने धमार, झुमा नाच पनि नाच्ने गर्दछन् ।

    ‘माघे संक्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी, तलाउमा नुहाइ आफूभन्दा ठूलाबाट आशीर्वाद लिने चलन छ । चौधरीका अनुसार विशेष स्नानपछि विवाहित छोरी चेलीलाई (निश्राउ) चामल, नुन, तेल, बेसारलगायतका खाद्यान्नबाट तयार पारिएको परिकार दिने परम्परा छ । जसलाई थारु भाषामा ‘उपहार’ भनिन्छ ।

    थारू समुदायमा यो पर्वमा विषेशगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गोटा लगायतका स्थानीय खानाका परिकारलाई महत्व दिने गर्दछन् । थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामुहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ ।

    यो प्रक्रिया माघ महिनाभर चन्ले भएपनि पछिल्लो समय भने एक÷दुई दिनमा सीमित हुन थालेको छ । कामको शिलशिलामा युवाहरुले गाउँ छोड्नुपर्ने बाध्यताका करण यो पर्व दुई चार दिनमै सीमित हुने गरेको कैलारी गाउँपालिका–५ का चन्द्रबहादुर चौधरीले बताए ।

    भलमन्सा, गुरुवा चुनिने

    नयाँ बर्ष र माघी पर्वलाई विशेष रुपमा मनाएको दोश्रो दिन अर्थात २ माघमा गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यस दिन छलफलका माध्यामबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ ।

    जसलाई भलमन्सा भनिन्छ । नयाँ वर्षपछि गाउँमा गुरुवाको पनि चयन गर्ने गरिन्छ । उनीहरूले गाउँको रक्षा गर्ने, अप्ठारो परिस्थितीमा उचित निर्णय दिने, न्याय दिने लगायतका काम गर्ने गर्दछन् ।

    भल्मन्सालाई नेता (गाउँको अगुवा)का रुमा लिइन्छ भने गुरुवालाई पूजारीका रुपमा लिइन्छ । यतिमात्र हैन राजनीतिमा पनि उनीहरूको महत्वपूर्ण भूमिका हुन्छ ।

    निर्वाचनका क्रममा थारु समुदायका भल्मन्सा र गुरुवाहरूले दिने निर्णय बढी आधिकारिक हुने भएका कारण सवैले गुरुवा र भल्मन्सालाई विशेष रुपमा हेर्ने गरेका हुन्छन् ।

  • subhayug.com
  • माघी
  • प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ५ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ६ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ८ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ८ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution