• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

४ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

५ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

६ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

७ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ५ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • Galaxy tv no sallery ७

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार

    न्युज डेस्कप्रकाशित मिति: २०७९ पौष २४, आईतबार (२ महिना अघि)
  • ६३० पाठक संख्या
  • school

    हेटौंडा – विद्यालय पुग्नै घण्टौं लाग्छ । सबै विद्यालयमा आवासीय सुविधा छैन । यसै त शिक्षकको दरबन्दी न्यून, त्यसमाथि नियमित आउँदैनन् । एक जनाले एकै कोठामा राखेर ३ वटासम्म कक्षाका विद्यार्थी पढाउनुपर्ने बाध्यता छ । भिन्दाभिन्दै कक्षाकोठाका लागि पर्याप्त भवन, शैक्षिक सामग्री पनि छैनन् ।

    राक्सिराङ – ९ सल्लेनीस्थित देवीथान आधारभूत विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । १ सय २० जना विद्यार्थी पढ्ने गरे पनि भवन अभावमा कक्षा १ र २ तथा कक्षा ३ र ४ का विद्यार्थी एउटै कोठामा पढ्छन् । नियमित विद्यालय आउने विद्यार्थी ८५ जनाको हाराहारीमा मात्रै रहेको प्रधानाध्यापक जीतबहादुर घलानले बताए ।

    ‘भर्ना हुने विद्यार्थी संख्या धेरै छ तर न कक्षाकोठाको प्रबन्ध गर्न सकिएको छ, न शिक्षक छन् । ५ कक्षासम्म पढाइ हुने भए पनि शिक्षकको दरबन्दी एक मात्र छ,’ उनले बाध्यता सुनाए, ‘शिक्षक दरबन्दी नभएकाले कक्षाकोठा अभाव रहेकामा पनि ठीकै मान्नुपरेको छ । धेरै कोठा भएको भए एक जनालाई पढाउन गाह्रो हुने थियो ।’ गाउँपालिकाले थप एक शिक्षकको व्यवस्था गरिदिएकाले अहिले केही सहजता थपिएको उनको भनाइ छ ।

    यो विद्यालयमा पढ्ने विद्यार्थीमध्ये ९८ प्रतिशतभन्दा बढी चेपाङ समुदायका छन् । उनीहरूमध्ये पनि धेरैजसो दिवा खाजा खान पाउने आसले पढ्न आउने गरेको स्थानीय सूर्यमान चेपाङले बताए । सरकारको दिवा खाजा कार्यक्रमअन्तर्गत विद्यालय व्यवस्थापन समितिले विद्यालयमै खाजा तयार गरी खुवाउने गरेको छ । सरकारले प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ नियमित रूपमा उपलब्ध गराउँदै आएको छ । त्यसमा अपुग हुने रकम स्थानीय गैरसरकारी संस्था दिगो विकास एकता नेपालले सहयोग गर्दै आएको छ । यहाँ ४५ मिनेट पैदल यात्रा गरेर पनि विद्यार्थी पढ्न आउँछन् ।

    राक्सिराङ – ४ काम्लेस्थित टिकेढुंगा आधारभूत विद्यालयमा पनि एक जना मात्रै शिक्षक छन् । पढाइ ३ कक्षासम्म हुने गर्छ । पर्याप्त कोठा नहुँदा २ वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ । राक्सिराङ – ५ ताङराङस्थित जनजीवन प्राविको अवस्था पनि उस्तै छ । शिक्षक संख्या एक मात्रै छ । उनी एक्लैले ३ कक्षासम्ममा विद्यार्थी पढाउँदै आएका छन् । ६० जना विद्यार्थीलाई एकसाथ धान्न उनलाई हम्मे पर्छ ।

    राक्सिराङभित्र ५२ वटा सामुदायिक विद्यालय छन् । त्यसमध्ये ५ वटा माध्यमिक, ४७ वटा आधारभूत विद्यालय छन् । शिक्षक दरबन्दी मावि तहमा १, आधारभूत तहमा ५ र प्रावि तहमा ८८ जनाको मात्र छ । ‘शिक्षककै अभावमा विद्यार्थीहरूको सिकाइ अत्यन्त कमजोर छ,’ पालिकाका शिक्षा शाखा प्रमुख पासाङ बल लामाले भने, ‘पालिकाले आफ्नै खर्चमा राखेका शिक्षकको संख्या अपुग छ । अग्रेजी, विज्ञान र गणित पढाउने नै छैनन् ।’

    पालिकाले शिक्षामा जोड दिएर शिक्षकको व्यवस्थापन गरे पनि शिक्षाको गुणस्तर बढ्न नसकेको पालिका अध्यक्ष राजकुमार मल्ल बताउँछन् । ‘दुर्गमका विद्यालयमा क्षमता भएका शिक्षकहरू नै जान मान्दैनन्, जसले गर्दा विद्यार्थीको क्षमता र ज्ञानको दायरा विस्तार हुन सकेको छैन,’ उनले भने ।

    जिल्लाकै अर्को विकट गाउँपालिका कैलाशमा रहेका विद्यालयको अवस्था पनि त्यस्तै छ । यो पालिकामा ६ वटा माध्यमिक विद्यालय छन् तर शिक्षकको दरबन्दी ६ जनाको मात्र छ । पालिका अध्यक्ष लोकबहादुर मोक्तानले भने, ‘यस्तो अवस्थामा पढेर पिछडिएको वर्ग कसरी माथि उठ्न सक्छ ? राज्यले यस्तो समुदायलाई माथि उठाउन थप कदम चाल्नुपर्छ ।’

    समाजलाई सकारात्मक परिवर्तनको प्रत्याभूति दिलाउने मुख्य अंग शिक्षा अवस्था नै नाजुक रहेको यही क्षेत्रको विद्यालयमा लामो समय अध्यापन गराएका शिक्षक तुल्सी थापा बताउँछन् । ‘संघीयताले दुर्गम एवं विकट क्षेत्रमा बसोबास गर्ने आदिवासी र जनजाति समुदायलाई छुन सकेको छैन,’ उनले भने ।

    शिक्षा समन्वय कार्यालय मकवानपुरका प्रमुख दिनानाथ गौतम माथिल्लो तहबाट विद्यार्थीअनुसार दरबन्दी उपलब्ध नगराइएकाले शिक्षक अभाव देखिएको बताउँछन् । ‘सहर बजारका विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी धेरै छ, जसलाई कटौती गरेर दुर्गममा पठाउन सकिएको छैन,’ उनले स्विकारे । कान्तिपुर दैनिक बाट ।

  • subhayug
  • दिनानाथ गौतम
  • प्रमुख
  • मकवानपुर
  • शिक्षा समन्वय कार्यालय
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

  • समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ४ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ५ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ६ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ७ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution