काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो । बैठकअघि अध्यक्ष नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने संभावना सकिएको ब्रिफिङ गरे । ‘हामी अब के गर्ने भन्नेबारे निर्णय लिन बैठक बसिरहेका छौं’, एक नेताले भने ।
कांग्रेस नेतृत्वको गठबन्धनमा सत्ता भागबण्डामा सहमति जुट्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेताहरु बालकोट छलफलमा जुटेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar