• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

४ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

६ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

७ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

७ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • Galaxy tv no sallery ७

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • medicine ८

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • telephone dhamki ९

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • ‘अहिलेको अवस्था र व्यवस्था दुवैमा सुधार अनिवार्य छ’

    प्रकाशित मिति: २०७९ पौष ९, शनिबार (३ महिना अघि)
  • ४७४ पाठक संख्या
  • rajendra lingden

    लोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता – कार्यकर्ता संस्थापक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तुलनात्मकरूपमा उल्लेखनीय सफलता प्राप्त गरेको छ । मतदातासमक्ष हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनाको मागसहित आफ्नो सिद्धान्त, माग र कार्यसूची स्थापित गराउन निरन्तर आवाज उठाउँदै आएको र यसबीचमा मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेको लाभ यसपटक राप्रपालाई प्राप्त भएको छ ।

    गत मङ्सिर ४ गते भएको निर्वाचनमा राप्रपाका उम्मेदवार प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ सात-सात स्थानमा विजयी भएका छन् । देशका प्रमुख शक्तिका रूपमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट राजनीतिक स्थिरता कायम गरी विकास र समृद्धिका अभियान अघि बढाउने सवालमा अलमल हुँदा ती दललाई विगतमा प्राप्त हुँदै आएको मतको केही अंश यसपटक राप्रपाले लिन सफल भएको छ । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा एक स्थानमा मात्र सीमित राप्रपालाई वर्तमान अवस्थामा ल्याइपुर्याउन पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितको टोलीको ठूलो मेहेनत र सङ्घर्ष छ । जसरी पनि सरकारमा जाने भन्ने सोचले उक्त दललाई अघिल्लो निर्वाचनमा मतदाताले खुम्च्याए पनि यसपटक भने केही हदसम्म विश्वास गर्दै परीक्षणमा राखेको अध्यक्ष लिङ्देनले बताए ।

    विसं २०३६ मा तत्कालीन राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भई राजनीति यात्रा सुरु गर्नुभएका लिङ्देनले प्रजातान्त्रिक राष्ट्रिय विद्यार्थी सङ्गठनका अध्यक्ष, राप्रपा झापाका सचिव, राप्रपाका केन्द्रीय सदस्य र महामन्त्री हुँदै अध्यक्ष भएका हुन् । पाँचथरमा जन्मी झापा हल्दिबारीमा झरेका उनले तत्कालीन झापा जिल्ला विकास समितिका सभापति र विसं २०७४ मा झापा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका रूपमा विकास तथा प्रविधि समिति सदस्यको अनुभव पनि बटुलेका छन् । उनले राजनीतिक आन्दोलनका क्रममा दुईपटक कारागार र नौ महिनाभन्दा बढी बन्दी जीवन बिताएका थिए । आफूलाई निष्ठाको पर्याय तथा विकास र सामाजिक एकताका अभियानकर्मीका रूपमा परिचित गराउन रुचाउने ५८ वर्षीय लिङ्देन यसपटक पनि एमालेका सहयोगमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई फराकिलो मतले हराउँदै विधायक बन्न सफल भए । राजनीतिक यात्राका क्रममा सङ्घर्षका लामो कथा – व्यथाका अनुभवी अध्यक्ष लिङ्देनसँग सरकार गठन, आगामी कार्यदेशसहित समामयिक विषयमा  लिएको अन्तर्वार्ताको सम्पादित अंश:

    यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई यहाँले कसरी लिनुभएको छ ?

    देशलाई यथास्थितिमै राख्ने कि परिवर्तनतर्फ लैजाने भन्ने सन्दर्भमा यो आवधिक निर्वाचन असाध्यै महत्वपूर्ण थियो तर परिणाम हामीले अपेक्षा गरेअनुरूप भएन । दल विशेषले बहुमत प्राप्त गर्न नसकेका कारण आगामी संसद् कस्तो हुन्छ, सरकार कति स्थिर हुन्छ भन्न नसकिने परिणाम प्राप्त भएको छ । चुनावी नतिजाबाट ठूलो जनमत परिवर्तनका पक्षमा छ भन्ने सन्देश आएको छ । यसले परम्परागत राजनीतिक दलको विकल्प खोजिएको भन्ने देखाएको छ । मुलुकका ठूला राजनीतिक दलले यसबाट शिक्षा लिनुपर्छ भन्ने मलाई लाग्छ ।

    चुनावमा जाँदा तपाईँका कार्यसूची र जनताको मागबीच कत्तिको तालमेल भएको पाउनुभयो ?

    हामीले मतदाताका बीचमा उठाएका विषय अभिभावकीयरूपमा राजसंस्था, सनातन हिन्दू राष्ट्र, प्रदेशको खारेजी, रोजगारी सिर्जना, समयमै मलखादको उपलब्धता र सुशासनप्रति जनताको व्यापक आकर्षण रहेको महसुस गरेका छौँ । हाम्रा मुद्दासँग जनता सहमत भए पनि विगतको क्रियाकलापका कारण तुरुन्तै पूर्ण विश्वास भने नगरेको मत परिणामबाट स्पष्ट हुन्छ । आगामी कार्यक्रम र क्रियाकलाप हेरेर मात्र समर्थन गर्ने भनी मतदाताले हामीलाई यसपटक ‘टेस्ट’ गरेको देखिन्छ ।

    अहिलेको अवस्था र व्यवस्थामा तपाईँको पार्टीका ‘एजेन्डा’ कार्यान्वयन सम्भव छ त ?

    सम्भव छ, अनिवार्य छ । अहिलेकै व्यवस्था र अवस्थाबाट देश अघि जान सक्दैन । कतिपय मानिस अहिलेकै अवस्था र व्यवस्था ठीक छ भन्नेमा छन् तर राप्रपा भने अहिलेको व्यवस्थामा पनि समस्या छ, अवस्थामा त कुरै गर्नुपरेन भन्नेमा छ । अहिलेको अवस्था र व्यवस्था दुवैमा परिवर्तन र सुधार अनिवार्य छ । ढिलो, चाँडो त्यस बाटामा सबै राजनीतिक दलहरू जान जरुरी छ, अन्यथा जनता स्वयं परिर्वनका पक्षमा उभिन्छन् । त्यो चाहे मतदानबाट होस् वा आन्दोलनबाट भन्ने मलाई लाग्छ ।

    राप्रपाको परिचय लोकतान्त्रिक दल भए पनि तालमेल र सहकार्यप्रति जनतामा प्रश्न छ, यसलाई कसरी हेर्नुभएको छ ?

    अघिल्लो निर्वाचनदेखि नै राप्रपामा मात्र होइन, देशका सबै राजनीतिक दलले कुनै न कुनै गठबन्धन र तालमेलका आधारमा चुनाव लडेका छन् । अरू दलले जस्तै राप्रपाले पनि यस निर्वाचनमा एमालेसँग तीनवटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा सहयोग लिएर भाग लिएको थियो । यो कुनै सैद्धान्तिक तालमेलभन्दा पनि सिट लिन र दिन सहकार्य गर्ने विषय थियो । न एमालेले राप्रपाको मुद्दालाई स्वीकार र सहयोग गरेको थियो, न राप्रपाले एमालेका मुद्दालाई स्वीकार गरेर चुनावी तालमेल गरेको थियो । यसलाई सैद्धान्तिकरूपमा त्यति व्याख्या गर्न जरुरी छैन । अरू दलसँगको सम्बन्ध, सम्पर्क र निकटताभन्दा एमालेसँग राप्रपा राष्ट्रियताका मामिलामा स्वभाविकरूपले निकट छ । अन्यका भन्दा दर्शन र दृष्टिकोणले हामी नितान्त फरक छौँ । एमाले आफूलाई सेन्टरभन्दा लेफ्ट भन्छ भने हामी सेन्टरबाट अलिकति दायाँतर्फ (राइट) छौँ, हामी त्यसमै उभिन्छौँ, बुझ्छौँ र बुझाउँछौँ तर पूर्ण दक्षिणपन्थी भने होइनाैँ । एमालेसँग कुनै सैद्धान्तिक तालमेल होइन ।

    आगामी नयाँ सरकार गठनको अभियानमा राप्रपा कुन कित्तामा उभिन्छ भन्ने सबैको चासो छ, यसमा अध्यक्षज्यूको दृष्टिकोण कस्तो छ ?

    राप्रपा संसदीय राजनीतिमा छ, निर्वाचनमा पनि भाग लिएको छ । अहिले जुन सिट प्राप्त गरेको छ, त्यस हिसाबले सरकारमा गइहाल्नुपर्छ भन्ने ‘म्यान्डेट’का रूपमा लिइँदैन । जनताको अनुमोदन सरकारमा जाने खालको छैन । हाम्रो सरकारमा जाने प्राथमिकताको विषय पनि होइन तर संसदीय गणित यस्तो छ कि हामीबिना सरकार नबन्ने भयो र भोलि अस्थिरता पैदा हुने खतरा रह्यो भने त्यस्तो हुन नदिन कुनै दललाई समर्थन गर्न पनि सक्छाँै । त्यो समर्थन गर्नुअघि निश्चित कारण भने हुनुपर्छ, संसद् जोगाउन र स्थिरता भनेर सरकार चलाउने जुन विकृत परम्परा छ, त्यसमा समर्थन गर्दैनौँ । समर्थन गर्नुअघि सुशासन, राष्ट्रियता, जनजीविका र सेवा प्रवाहलगायत विषयमा सुनिश्चितासहितको स्पष्ट खाका र प्रतिबद्धता आउनुपर्छ । अनि हामी निश्चित कारणसहित मात्र सरकारमा जाने वा समर्थन गर्ने विषयमा सोच्न सक्छौँ ।

    मुलुकको राजनीति अब कुन हिसाबबाट अघि बढ्ला जस्तो लाग्छ यहाँलाई ?

    हामीले जुन व्यवस्था र प्रणाली अवलम्बन गरेका छौँ, त्यसको सन्देश भनेको कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्दैन । हालको प्रणालीको आशय भनेको अलग–अलग विचारका सबै दल मिलेर सरकार चलाउने, सेवा प्रवाह र सुशासनका सन्दर्भमा एक भएर जाने प्रणालीको स्वरूप हो । सबैले आ–आफ्ना स्थानमा रही व्यवस्थाको मर्म बुझेर अघि बढेमा सहजरूपमा राजनीति अघि जान्छ तर अरूको अस्तित्वलाई स्वीकार गरिएन भने र परम्परागतरूपमै सरकारलाई आफ्ना दल, गुट र परिवारको स्वार्थका रूपमा प्रयोग गर्न खोजियो भने कुनै पनि बेला दुर्घटना हुनसक्छ ।

    पछिल्लो निर्वाचनको नतिजानुसार कसको नेतृत्व भएमा स्वाभाविकरूपमा राजनीतिक मार्ग अघि बढ्ला जस्तो लाग्छ यहाँलाई ?

    कुनै व्यक्ति विशेषले नेतृत्व गर्दैमा तुरुन्तै परिवर्तन र सुधार हुने होइन, त्यसले व्यापक र तात्विकरूपमा फरक पर्दैन । सबै राजनीतिक दलहरू सहमतिमा आएर अहिले हामीले अवलम्बन गरेको प्रणालीमा सुधार गर्नुपर्छ । न्यायाधीश र अन्य संवैधानिक अङ्ग, राजदूत आदि नियुक्ति हुँदा ठूलो दलले ठूलो सङ्ख्या र माथिल्लो तहमा तथा सानो दलले सानो सङ्ख्या र तल्लो तहको भागबण्डा गर्दा प्रणाली र पद्धतिमा सुधार आउन सक्दैन । अख्यियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्का निर्णय छानबिन गर्न नपाउने, अनि ठूला निर्णय मन्त्रिपरिषद्बाट गरिने प्रवृत्तिले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको छ । जोसुकै सरकारमा गए पनि यस प्रकारको व्यवस्था रहेसम्म तात्विक सुधारको सम्भावना छैन । त्यसकारण सामूहिकरूपमा ‘कोर्स’मा सुधार गर्नुपर्छ, प्रणालीमा परिवर्तन गरेर जानुपर्छ ।

    भिन्न राजनीतिक प्रणालीको वकालत गर्नुभएको तपाईँका पार्टीका ज्येष्ठ सदस्यले सदनमा नवनिर्वाचित सम्पूर्ण सदस्यलाई शपथ दिलाउन पाएको अवसरलाई कसरी लिनुभएको छ ?

    यो खुसीको कुरा हो, धेरै विशेषरूपमा लिनुपर्ने जरुरी छैन, राप्रपाले संरचना बनाउँदा र प्रतिनिधित्व गराउँदा गजब संजोग मिलेको छ । देशमा परिवर्तनका कुरा उठाउँदा परिवर्तन आकस्मिक होइन, नियमित हुनुपर्छ । भएका राम्रा कुराको संरक्षण गरेर अघि जान सक्छौँ । हामीले निरन्तरतासहितको परिवर्तनको मुद्दा उठाइरहेका छौँ । राम्रो बनाउनका लागि पुरानो भत्काउनैपर्छ भन्ने छैन । पुरानाको संरक्षण गरेर मात्र नयाँ राम्रो चिज बनाउन सकिन्छ । विगतमा नयाँ बनाउने नाममा पुराना भत्काइयो । नयाँ कस्तो बनाउने भन्ने कुनै संरचना, कुनै तस्वीर र कुनै खाका रहेनछ । अहिले राप्रपामा ८२ वर्षीय पशुपतिशम्शेर जबरादेखि २८ वर्षीया अनिता नेपालीसमेत जनप्रतिनिधिमा चयन हुनुभएको छ । युवाको प्रतिनिधित्व ६० प्रतिशत छ ।

    हरेक पार्टीभित्र वंशज र सिद्धान्तबीचको टकराव देखिन्छ तर राप्रपा त्यसबाट मुक्त छ भन्ने लाग्छ ?

    राप्रपा अहिले त्यसबाट पूर्णरूपमा मुक्त छ, कसैको भाइ, श्रीमती वा अन्यलाई अचानक चन्दा दिएका भरमा कार्यकर्ताले थाहा नपाई सांसद बनाइएको अवस्था छैन । योगदान, योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइएको छ । नातागोता र चन्दाको स्थान छैन ।

    एउटा अनुभवी राजनीतिकर्मीका हिसाबले मुलुकको भविष्यप्रति नेपाली जनतालाई सन्देश के दिन चाहनुहुन्छ ?

    हामीले हाम्रो भविष्यका बारेमा ठूलो आशङ्का गर्नुपर्ने अवस्था छैन । तथापि हामीसँग जस्तो संरचना र प्रणाली छ, धेरै परिवर्तनका लागि निकै आश्वस्त हुनुपर्ने अवस्था पनि छैन । जनताले राप्रपालाई एउटा हैसियतमा पुर्याउनुभएको छ, हामी बलियो ढङ्गले उभिने छौँ, हाम्रो भविष्य उज्यालो छ, निराश हुनुपर्दैन ।

    भर्खरै यहाँको अमेरिकालगायत मुलुकका राजदूतसँगका भेटघाट औपचारिक बधाईमा मात्र सीमित रह्यो कि अरू कुनै पनि ?

    राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धसहित सरकार निर्माणका निर्णयमा राप्रपाको के भूमिका हुन्छ भन्ने अमेरिकी राजदूतको जिज्ञासा थियो । अमेरिका नेपालको शान्ति, समृद्धि र विकासका पक्षमा छ, निरन्तर सहयोग गर्न तयार छ, अमेरिका कुनै पनि प्रकारको हस्तक्षेप गर्न चाहन्न भन्ने रह्यो । नेपालको असंलग्नता, तटस्थता, पञ्चशीलजस्ता सिद्धान्त निरन्तर रहोस् भन्दै उहाँहरूले राप्रपाको पछिलो प्रगतिप्रति खुसी व्यक्त गर्दै हाम्रो वैचारिक सिद्धान्त र दृष्टिकोण बुझ्ने प्रयास गरेको पाएको छु ।

    संसद्मा दोस्रो ठूलो दल एमाले नेतृत्वमा पनि सरकार गठनको सम्भावना र भइरहेका चर्चालाई यहाँले कसरी हेर्नुभएको छ ?

    सम्भावना त अनेक छन्, अनेक प्रकारका हिसाब निस्कन्छन्, तर यसमा राप्रपा संग्लन छैन, संलग्न हुनुअघि नेतृत्व गर्ने दलले राप्रपा चाहिन्छ भने केका लागि भन्ने प्रश्न छ, हामी केही थान मन्त्री र उपप्रधानमन्त्रीका लागि सरकारमा जान तयार छैनौँ । सरकार निर्माणमा हतारिएर कुनै बैठक र छलफलमा सामेल छैनौँ । अहिले खाका निर्माण र स्वरूप निर्माण गरेर छलफल र अभ्यास भएको छैन ।

  • subhayug
  • राजेन्द्रप्रसाद लिङ्देन
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • प्रतिक्रिया दिनुहोस
    अन्तरर्वार्ता सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ४ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ६ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ७ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ७ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution