• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

५ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

६ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

८ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

८ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • Galaxy tv no sallery ७

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • सरकार गठनको प्रक्रिया, राजनीतिक स्थिरता र समृद्धिको सपना

    डा.डिआर उपाध्यायप्रकाशित मिति: २०७९ पौष ६, बुधबार (३ महिना अघि)
  • ४९८ पाठक संख्या
  • dr upadhya

    देशमा संघ र प्रदेशसभाको निर्वाचन एकसाथ सफलताका साथ सम्पन्न भएको छ । जसबाट लोकतन्त्रको संस्थागत विकासको बलियो आधार निर्माण भएको छ । यो खुसीको कुरा हो । अब देशले छिटै नयाँ सरकार पाउनेछ । आमनिर्वाचनले मुलुकलाई एक खालको निकास दिएको छ । व्यवस्था बदल्न लोकतान्त्रिक राजनीतिक शक्तिको ठूलो भूमिका रहेको कुरालाई कसैले भुल्न हुँदैन । अब व्यवस्था परिवर्तनको आन्दोलनको आवश्यकता छैन । अब ‘राजनीतिक स्थिरता, सुशासन र समृद्धि’ का मुद्दामा राजनीतिक दलहरू केन्द्रित हुन जरुरी छ । सरकार निर्माण, राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुख चयनजस्ता विषयमा दलहरू गम्भिर बन्नुपर्छ । पद बाँडफाँटको विषयमा झगडा गरेर समय बर्बाद गर्ने काम दलहरूले गर्नु हुँदैन । आन्तरिक सहमतिमा पद बाँडफाँटको विषय टुंग्याउनुपर्छ । त्यो नै मुलुकको हितमा हुनेछ । जनताले मूलधारका राजनीतिक दललाई सच्चिन यो निर्वाचनमार्फत मौका दिएका छन् ।

    राजनीतिक स्थिरता र समृद्धिको विषयमा नवगठित सरकार गम्भिरताका साथ लाग्नुपर्ने हुन्छ । पछिल्लो आमनिर्वाचनमा जम्माजम्मी ६१ प्रतिशत मात्र मत खसेको छ । यसबाट निर्वाचनमा जनताको उत्साह घट्दै गएको संकेत देखिन्छ । यो स्थितिको निराकरणका लागि पनि नवनिर्मित सरकारले राजनीतिक स्थिरता र समृद्धिको सपना कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता देखिएको हो । अबको सरकारको प्राथमिकतामा जनजीविकासँग जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, बिजुली र आफ्नो उत्पादन सहरसम्म पु¥याउने सडक निर्माण तथा विस्तारजस्ता विषय पर्नुपर्ने हुन्छ । स्वरोजगार कार्यक्रम तथा ठूला र मझौला उद्योग निर्वाध रूपमा सञ्चालन हुने वातावरण सरकारको प्राथमिकतामा पर्न जरुरी छ । विकासले फड्को मार्न राजनीतिक स्थिरता चहिन्छ । राजनीतिक स्थिरताका निम्ति मूलतः गठबन्धन नै चनाखो हुन जरुरी छ । गठबन्धन दलले मुलुकमा राजनीतिक स्थिरता र समृद्धि ल्याउनुपर्ने आवश्यकता छ । मुलुकमा राजनीतिक स्थिरता र समृद्धि हुन सकेन भने मुलुक पुनः राजनीतिक अस्थिरताको ‘दुश्चक्र’मा फस्ने निश्चित प्रायः छ । यतिबेला गठबन्धनले हिजो सरकार निर्माण गर्दा र त्यसपछि निर्वाचनमा जाँदाको ‘प्रतिबद्धता’ भुल्नु हँुदैन ।

    जनताबीच गरेका प्रतिबद्धता भुल्दै जाँदा दलहरू जनताबाट तिरस्कृत भएका छन् । नेपालमा ‘समृद्धि’ राजनीतिक स्थिरता र सुशासन’ आजको आवश्यकता हो । अस्थिर राजनीतिले मुलुकलाई निकास दिँदैन । आवधिक निर्वाचन त एउटा प्रक्रिया मात्र हो । दलले गर्ने भनेकै जनताको निम्ति हो । प्रतिपक्षको समेत दायित्व समृद्धिमा हुन जरुरी छ । मूलधारका दल गलत बाटोमा नजाआउन् भनेर ‘घण्टी’लाई जनताले संसद्मा पठाएका छन । यसबाट मूलधारका दलले पाठ सिक्न जरुरी छ । आसन्न सरकारको प्राथमिकतामा हिजो जनतासामु व्यक्त प्रतिबद्धता ‘राजनीतिक स्थिरता, सुशासन र समृद्धि’ पर्न जरुरी छ । तब मात्र देशले स्थिरता पाउनेछ । निर्वाचनले जनतालाई शासन सञ्चालनका लागि आफ्ना प्रतिनिधि चयन गर्ने नागरिक अधिकारलाई सुरक्षित राखेको हुन्छ । आमनागरिक÷मतदातालाई राजनीतिक रूपमा शिक्षित र सक्रिय गराउँछ । सरकार निर्माण तथा त्यसको सञ्चालनमा समेत सबै मतदाताहरूलाई कुनै न कुनै रूपमा सहभागी गराउँछ । राज्यशक्तिको बागडोर जनताकै हातमा छ भन्ने कुरालाई पुष्टि गर्छ । स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न हुने आवधिक निर्वाचन आधुनिक राज्य व्यवस्थाको अनिवार्य सर्त हो । लोकतन्त्र जनताको सहमति र सहभागितामा सञ्चालन हुने व्यवस्था हो । जसका लोकतान्त्रिक शासन व्यवस्थाको सञ्चालनका लागि आवश्यक पर्ने जनताको सहमति र सहभागिता निर्वाचनका माध्यमबाट मात्र अभिव्यक्त हुन्छ । यस अर्थमा निर्वाचन लोकतान्त्रिक शासन पद्धतिको वैधानिकता पुष्टि गर्ने एक सशक्त माध्यम हो ।

    लोकतन्त्रको संस्थागत सुदृढीकरण, उत्तरदायी शासन व्यवस्थाको स्थापना, सचेत र जागरुक नागरिक समाजको निर्माण, नागरिक राज्यको स्थापना, विधिको शासन, आमरूपमा राजनीतिक शिक्षा र संस्कृितको विकास, राष्ट्रका प्रमुख सरोकारहरूमा जनस्तरमा छलफल, समावेशी राज्यको स्थापना, जनताको सहमति र सहभागितामा राज्य सञ्चालनको अवस्थाको सिर्जना र समग्रमा वैध शासन व्यवस्था कायम गर्न निर्वाचनले महत्व भूमिका खेल्छ । जनता आफूलाई ‘जनार्दन’ का रूपमा खडा गर्न सफल भएका छन् । लोकतन्त्रमा मताधिकारको सही र स्वतन्त्र प्रयोगको व्यापक महत्व र दूरगामी प्रभाव हुने भएका कारण कुनै पनि मतदाताले आफ्नो मताधिकारको अधिकारलाई उपेक्षाभावका साथ हेर्नु हुँदैन । मुलुकका जिम्मेवार राजनीतिक शक्तिहरूले पनि निर्वाचनबाट व्यक्त जनमतलाई गम्भीरताका साथ आत्मसात् गरी मुलुकलाई सहीरूपमा अघि बढाउन जिम्मेवारीका साथ आफूलाई समर्पित गर्नुपर्छ । जनप्रतिनिधिहरू स्थिर सरकार र सुशासनसहितको शासनका लागि अधिकतम रूपमा जिम्मेवारीका साथ लाग्न जरुरी छ । अब केन्द्र र प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । दलहरू सरकार बनाउन आन्तरिक छलफल र गृहकार्यमा जुटेका छन् । जनताले कुनै पनि राजनीतिक दललाई स्पष्ट बहुमत दिएका छैनन् । त्यसो भएकाले आगामी सरकार दुई वा दुईभन्दा बढी दल मिलेर बनाउनुपर्ने बाध्यता छ ।

    निर्वाचनपछि सबैभन्दा ठूलो दल कांग्रेस बनेकाले स्वाभाविक रूपमा सरकारको नेतृत्व गर्ने पहिलो हक उसैलाई जान्छ । गठबन्धन सरकारको ढेड वर्षको अभ्यास हेर्दा खासै जनताको पक्षमा काम गरेको देखिएन । यस अवधिमा आमजनता महँगीको मारमा परेका छन । मुलुकको आर्थिक अवस्था नाजुक बन्न पुगेको छ । अधिकांश आर्थिक परिसूचकहरू नकारात्मक बन्न पुगेका छन् । यस अवधिमा जनताको हितमा कुनै पनि काम भएनन् । विकास, समृद्धि र सुशासन पूर्ण रूपमा अवरुद्धको अवस्थामा रह्यो । स्वास्थ्य, शिक्षाको सुधार तथा रोजगारी सिर्जनामा सिन्को भाँच्ने काम हुन सकेन । राजनीतिक दलहरू कुनै पनि हालतमा सच्चिने अवस्थामा देखिँदैनन् । सत्तामा जाने र लुटको खेती गर्ने ध्याउन्नमा उनीहरू देखिन्छन् । विगतको ढेड वर्षे गठबन्धन सरकार पूर्णतः असफल सावित भएको छ । कांग्रेसकै नेतृत्वमा सरकार बने पनि अब कमाउधन्दामा लिप्त हुने व्यक्तिलाई कुनै पनि हालतमा मन्त्री बनाउनु हँुदैन ।

    अब प्रधानमन्त्रीले मन्त्री छान्ने र त्यसरी छान्दा मन्त्री हुने व्यक्तिहरू नैतिकवान्, इमानदार, पारदर्शी र कर्तव्यनिष्ट चरित्र बोकेको हुन जरुरी छ । अब प्रधानमन्त्री जोसुकै भए पनि मुलुक पुरानो किसिमले किमार्थ पनि चल्न सक्दैन् । अब देश विकास, समृद्धि र सुशासनको खाका लिएर अघि बढनुपर्छ । विदेशीहरूको इसारामा कसैले सरकार बनाउने र आलोपालो चलाउने खेल गर्नु हँुदैन । यदि त्यसो भयो भने त्यो आमनागरिकलाई सह्य हुँदैन । केन्द्रदेखि प्रदेश सम्ममा हुने आलोपालो सरकारका सबै हर्कत र अभ्यासहरू राम्रो हुने छैन । फेरि मुलुकमा विकृति, अस्थिरता, भ्रष्टाचार, कमिसनतन्त्र फैलाउन दिनु हुँदैन । फेरि विभिन्न विदेशी शक्तिहरू राष्ट्रपतिदेखि प्रधानमन्त्री कसलाई बनाउने भन्ने खेलमा लागिरहेका छन् । यस्तो खेल जनतालाई मन पर्दैन ।

    आज जनता धेरै सचेत छन् । जनतामाथि घात भयो भने जनता आफैँ उठनेछन् । नेपाली जनताले राम्रोसँग दलहरूको व्यवहार चिनेर बसेका छन् । जनता देश बनोस् भन्ने चाहान्छन् । जनताको चाहानामाथि कसैले खेलवाड गर्छ भने ऊ आफँै सकिन्छ । यो कुरा बुझेर बसे हुन्छ । नेपाली जनताले पटकपटक धोका पाएका छन् । अब त्यस्तो धोका दलहरूबाट भयो भने जनता आफँै विद्रोह गर्नेछन् । जनताको विद्रोहलाई कसैले रोक्न सक्ने छैन । मुलुक सधैँभरी यस्तै अवस्थामा रहन सक्दैन । मुलुक समय अनुसार चल्न सक्नुपर्छ । जनताको अवस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । जनताको अवस्था बदल्न राजनीतिक दलहरू गम्भीर भएर लाग्नुपर्छ । त्यसो भयो भने मात्र दलप्रति जनताको विश्वास बढ्न सक्छ । जनतालाई बेइमान गरेर राजनीति गर्नेहरूको भविष्य त्यति राम्रो हुने देखिँदैन ।

  • डा. डिआर उपाध्याय
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ५ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ६ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ८ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ८ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution