• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

५ घण्टा अघि
२

हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

७ घण्टा अघि
३

सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

८ घण्टा अघि
४

मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

८ घण्टा अघि
५

समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश

१ दिन अघि
६

एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

२ दिन अघि
७

नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी

२ दिन अघि
८

किन गुम्यो राहुल गान्धीको सांसद पद ?

२ दिन अघि
९

इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च

२ दिन अघि
१०

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२ दिन अघि
११

वसन्त कुँवर : ९ महिनाभित्रै एसएसपीबाट आईजीपी

२ दिन अघि
१२

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा ‘बिओके क्यापिटल’

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    ६ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ६

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    १ महिना अघि
  • telephone dhamki ७

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ५ दिन अघि
  • Galaxy tv no sallery ८

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ३ हफ्ता अघि
  • घडेरी खन्नेक्रममा तानसेनमा भेटियो सय वर्षअघिको तोपका गोला

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ पौष ६, बुधबार (३ महिना अघि)
  • ४९४ पाठक संख्या
  • palpa barud

    पाल्पा – जिल्लाको तानसेन नगरपालिका – ४, बारुदखानामा घडेरी खन्ने क्रममा तोपका सयौं गोला भेटिएका छन् ।

    पाल्पा अस्पतालदेखि २ सय मिटर दक्षिणतर्फ रहेको पुरानो गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला भेटिएका हुन् । नेपाली सेनाको जग्गा भएको र उक्त जग्गामा अतिथि गृह निर्माण गर्न घडेरी खन्ने क्रममा गोला भेटिएको जानकारी पाएको प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । ३०० भन्दा बढी तोपका गोला फेला परेको प्रहरीले जनाएको छ । ‘अझै पनि संकलन गर्ने क्रम जारी रहेको छ,’ उनले भने ।

    तोपका गोला भेटिएको जग्गा नेपाली सेनाको हो । २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही माओवादी आक्रमणमा गोलाखाना घर भत्काएका थिए । त्यही ठाउँमा सोमबारदेखि सेनाले अतिथि गृह निर्माणका लागि घडेरी खनिरहेको छ । सेनाले धेरै वर्ष पहिला जमिनमुनि पुरेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । अहिले ती गोला तानसेनस्थित द फेमस महिन्द्र दल गणले संकलन गरेको उनले बताए । ‘माथिल्लो भागमा ढलान गरिएको र तल्लो एक लेयरमा गोलाहरु भेटिएको छ,’ उनले भने, ‘यसलाई संकलन गरेर सेनाले सुरक्षित गरेको छ ।’

    इतिहासविद् निर्मल श्रेष्ठका अनुसार पहिला यहाँ झिँगटीले छाएको गोलाखाना घर थियो । यस क्षेत्रमा पाल्पा अस्पतालबाहेक घर थिएन । तोपका गोलाहरु बजारभन्दा केही टाढा राखिएको थियो । यहाँ पहिले नेपाली सेनाको एक टुकडी बस्ने गर्दथ्यो । ‘जे छ त्यही जोगाउनका लागि गरेको ढलानले गर्दा पुरिएको हुनुपर्छ,’ उनले भने, ‘त्यसका विषयमा कसैले खोजीनीति नै नगर्दा पनि अहिले अचम्म मानेको हुनुपर्छ ।’

    श्रेष्ठका अनुसार भीमसेन थापाको पालामा सेनाले गोला, बारुद, हतियार बनाउने फ्रान्सबाट सहयोग लिएको थियो । पृथ्वीनारायण शाहका पालामा पनि हातहतियार बनाउने तालिम दिइन्थ्यो । त्यसबेलामा पाल्पा गौडा शक्तिशाली थियो । ‘यहाँ हातहतियार, तोपका गोला, बारुद सबै बनाउने गरिन्थ्यो,’ उनले भने, ‘त्यसैले तानसेनमा पनि बारुदखाना, सिलखाना, गोलाखाना टोल नै छन् ।’

    पाल्पामा त्यसबेलाका नेपालभरका २६ मध्ये चार पल्टन पाल्पामा थियो । भवानीदल, बरख, इन्द्रध्वज र सवुज गण यही थियो । पाल्पा गौडाबाट पश्चिम क्षेत्रमा हातहतियार आपूर्ति हुन्थ्यो । उनका अनुसार हालको नेपाल टेलिकमनजिकै हतियार बनाउने अड्डा थियो । गोला राख्न गोलाखाना निर्माण गरिएको थियो । बारुद पनि तानसेनकै घरेलुनजिकै बनाउने गरिन्थ्यो । सिलखाना (जिल्ला प्रशासन कार्यालय रहेको स्थान) मा पनि हतियार राखिन्थ्यो । जहाँ फौज थियो त्यही यस्तो तोप, हतियार, बारुद बनाउने कारखाना रहेको उनले बताए ।

    राणाकालीन अवस्थामा राखिएका तोपका गोला हुनुपर्ने उनले बताए । हाल पाल्पा अस्पतालनजिकै मोहनकन्याको छात्रावासबाट तोप दैनिक पड्काउने गरिन्थ्यो । २०१८ सालदेखि तोप दैनिक पड्काउन बन्द भएको हो । जिल्लाकै मदनपोखराको छापमा बागलुङबाट ल्याएका गोलनदारहरूको सात घर बस्ती पनि छ । २९ घर फलाम खानीमा काम गर्नेहरुसमेत रहेको उनले बताए । ‘छापको पश्चिमतर्फको ओडारमा फलाम निकालिन्थ्यो,’ उनले भने, ‘त्यहीबाट बनाएर तानसेन ल्याइन्थ्यो ।

    भीमसेन थापाको पालादखि नै तोपमा राख्ने गोला बनाएको इतिहास पढ्न पाइने उनले बताए । सैनिक सामरिक स्थान भएकाले यस्ता तोपका गोला भेटिनु सामान्य भएको श्रेष्ठ बताए । सैनिकहरू बस्ने ठूलो क्षेत्र भएकाले पनि सैनिक सामरिक स्थान भएकाले तोपका गोलाको सेनाले संकलन गरेर संरक्षण गर्नुपर्ने उनको भनाइ छ । कान्तिपुरबाट ।

  • palpa
  • तानसेन नगरपालिका
  • तोपका गोला
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

  • हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र

  • सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु

  • मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


  • समाचार
  • १

    सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै
    ५ घण्टा अघि

  • २

    हिसाव किताव माग्दै सिद्धलेकमा एमालेले बुझायो ज्ञापनपत्र
    ७ घण्टा अघि

  • ३

    सवारी दुर्घटनाबाट तनहुँमा १५ जनाको मृत्यु
    ८ घण्टा अघि

  • ४

    मन्त्रालय भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता
    ८ घण्टा अघि

  • ५

    समर्थन फिर्ता नलिँदै लुम्बिनीमा नयाँ सरकारका लागि दाबी पेश
    १ दिन अघि

  • ६

    एक दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
    २ दिन अघि

  • ७

    नदी क्षेत्रका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको उर्दी
    २ दिन अघि

  • ८

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?
    २ दिन अघि

  • ९

    इन्धन : आयात मा भन्दा निर्यातमा बढि खर्च
    २ दिन अघि

  • १०

    गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    २

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    ३

    धेरै बोल्दा भारतमा राहुल गान्धीलाई २ बर्ष जेल

    india news
    ४

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution