काठमाडौं – कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगकै ‘गोप्य सल्लाह’मा कांग्रेसका केही दोस्रो पुस्ताका नेता कम्युनिस्टइतरको सरकार बनाउने गृहकार्यमा जुटेका छन् ।
कम्युनिस्टइतर शक्तिलाई जुटाउँदा सजिलैसँगै १ सय ४५ भन्दा बढी सिटसहित स्पष्ट बहुमत हुने हँुदा कांगे्रस सो गृहकार्यमा जुटेको स्रोतको दाबी छ । निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएसँगै अब दल नयाँ सरकार गठनमा जुटेका छन् । सोहीअनुसार कांगे्रसकै नेतृत्वमा कम्युनिस्ट इतर सरकार बनाउनेगरी आन्तरिक छलफल थालिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्रीको कुरा उठाउने गरेको भन्दै कांगे्रस वृत्तमा भने आलोपालो प्रधानमन्त्रीको च्याप्टर क्लोज गर्नुपर्ने माग उठेको छ ।
कांगे्रसका बहुसंख्यक नेता तथा सांसदले प्रधानमन्त्रीमा आलोपालो विषयमा अरुचि राख्न थालेको पाइएको छ । उनीहरूमध्ये अधिकांशले प्रधानमन्त्री देउवालाई भेटेर पाँच वर्षकै लागि प्रधानमन्त्री कांगे्रसकै हुनुपर्ने र आलोपालो गर्ने विषय आपूmहरूका लागि अस्वीकार्य हुने सुझाव दिँदै आएका छन् । विशेषगरी कांगे्रसले माओवादी केन्द्रसँग सहकार्य गरिरहँदा त्यसले सिंगो पार्टी पंक्तिलाई गम्भीर क्षति पु¥याइरहने हुँदा आमकांगे्रस कार्यकर्ताको चाहनाअनुसार माओवादीकेन्द्रसँगको सहकार्य टुटाएर कम्युनिस्टइतर शक्तिसँगको सहकार्यमा सरकार बनाउने आन्तरिक तयारी गरिएको कांगे्रस निकट उच्च स्रोतले जानकारी दिएको छ ।
कांगे्रस निकट स्रोतका अनुसार पछिल्ला दिनमा माओवादी अध्यक्ष प्रचण्डले आफंै प्रधानमन्त्री बन्न सक्ने भन्दै अभिव्यक्ति दिँदै हिंड्न थालेपछि निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको कांगे्रसका नेता प्रचण्डसँग चिढिन थालेको बताइन्छ । प्रचण्डले बुधबार पोखरामा आयोजित एक कार्यक्रममा आपूm प्रधानमन्त्री बन्न सक्ने अभिव्यक्ति दिएका थिए । निर्वाचनमा प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सिट गरी कांगे्रसले ८९ सिट ल्याएको छ भने माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट गरी ३२ सिट ल्याएको छ । कांगे्रसका अधिकांश नेता तथा सांसद ८९ सिट ल्याएको कांगे्रसले ३२ सिट ल्याएको माओवादी केन्द्रलाई कुनै पनि हालतमा प्रधानमन्त्री पद दिन नहुने निष्कर्षमा पुगेको बताइन्छ ।
स्रोतका अनुसार कांगे्रसभित्र नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, अर्जुननर सिंह केसीलगायतका नेता हालको गठबन्धन’bout पुर्नविचार गरी कांगे्रसलाई नयाँ रूपमा अघि बढाउनुपर्ने पक्षमा देखिएका छन् । उनीहरूले सभापति देउवालाई कांगे्रसबाहेक अन्य कसैको नेतृत्वमा पनि सरकार बन्न नहुने र अन्यको नेतृत्व आपूmहरूलाई स्वीकार्य नहुने बताउँदै आइरहेका छन् । देउवाले पनि कांगे्रसले सरकारको नेतृत्व छोड्न नसक्ने त्यसका लागि आवश्यक परे कम्युनिस्टइतर सरकार बनाउन सकिने भन्दै आफ्ना निकटस्थसँग परामर्श थालेका छन् । स्रोतका अनुसार नेपाली राजनीतिमा चलखेल गर्ने केही विदेशी शक्तिले पनि कांगे्रसको नेतृत्वलाई कम्युनिस्टइतर शक्तिको संलग्नतामा सरकार बनाउन सुझाव दिएको बताइन्छ ।
स्रोतका अनुसार कांगे्रसले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, लोसपा र केही स्वतन्त्र सांसदलाई समेट्दा स्पष्ट बहुमत आउन सक्ने विश्लेषण गरेको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ सहित १ सय ४५ सिट पुग्छ । त्यसमा स्वतन्त्रबाट जितेका अमरेशकुमार सिंहलगायत अन्य दुई जनालाई समेत समेट्दा १ सय ४८ सिट पुग्ने कांगे्रसको विश्लेषण छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आवश्यक परे आपूmहरू सरकारमा जाने बताउँदै आइरहेको छ भने राप्रपाले पनि सरकारमा जाने नजाने विषयमा केही निर्णय गरेको छैन । मधेसका जसपा, लोसपा तथा जनमत पार्टीले पनि जुनसुकै व्यक्तिको नेतृत्वमा पनि आफुहरू सरकारमा जान तयार रहेको बताउँदै अइरहेका छन् । कांग्रेसनिकट स्रोतका अनुसार निर्वाचनको परिणामले आलोपालो सरकार बनाउने देखिएको छैन । माओवादी केन्द्रले सोचेभन्दा निकै कम सिट ल्याएकाले पनि कांगे्रस अब माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने पक्षमा नरहेको कांगे्रस निकट स्रोतको दाबी छ ।
कांगे्रसका केही नेताले कम्युनिस्ट शक्तिसँग सरकार चलाउन कठिन हुने तर अन्य शक्तिसँग सहज हुने भएकाले कम्युनिस्टइतरको सरकार बनाउन र पाँचै वर्ष प्रधानमन्त्री चलाउन सभापति देउवालाई सुझाव दिँदै आएका छन् । ‘अहिलेकै गठबन्धन कायम राख्दा कांगे्रसले प्रधानमन्त्रीमा आलोपालो प्रणाली अपनाउनुपर्छ, अब त्यो सम्भव छैन ।’ कांगे्रसका एक केन्द्रीय सदस्यले राजधानीसँग भने । जनमतले पनि माओवादी केन्द्रलाई प्रधानमन्त्री दिन नसकिने खालको परिणाम दिएको दाबी गर्दै कांग्रेसका ती केन्द्रीय सदस्यले अब पाँच वर्ष कांगे्रस नेतृत्वकै सरकारले काम गर्ने दाबी गरे । कांगे्रसभित्र देउवाबाहेक प्रधानमन्त्रीका अन्य आकांक्षीमा महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, पूर्वमहामन्त्री शशांक कोइरालासमेत रहेका छन् । कांगे्रसले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, लोसपासँग सरकार बनाउने’ विभिन्न खाले छलफल र परामर्श थालेको बताइन्छ । राजधानी दैनिकबाट ।
यस्तो छ कम्युनिस्टइतर शक्तिको अंकगणित
कांगे्रस : ८९
राष्ट्रिय स्वतन्त्र पार्टी : २०
राप्रपा : १४
जसपा :१२
जनमत पार्टी : ६
लोसपा : ४
स्वतन्त्र :अमरेशसहित कम्तीमा ३
जम्मा : १४८
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar