जोमसोम – मुस्ताङको प्रशिद्ध धार्मिकस्थल मुक्तिनाथ क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ ।
वारागुङ मुक्तिक्षेत्र १ नं. वडा अन्तर्गतका ४ वटा गाउँमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिएको गाँउपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार सडक सञ्जालको सहजतासँगै पछिल्लो समय मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेपछि मुक्तिनाथ क्षेत्रको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन, दुर्घटना र अपराधजन्य घटनाहरुको न्यूनीकरण गर्ने उद्देश्यले सीसी क्यामेराको व्यवस्थापन गरिएको हो ।
गाँउपालिकाले वडा नं. १ को मुक्तिनाथको रानीपौवा बजारक्षेत्र, झारकोट, खिङ्गा र लुप्रा गाउँका लागि १३ वटा अत्याधुनिक सीसी क्यामेरा जडान गरेको अध्यक्ष गुरुङले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar