काठमाडौं – भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ ।
बिहीबार (डिसेम्बर १) मा पठाएको सूचीअनुसार पेट्रोल/डिजेलको मूल्य केही घटेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेर आएको निगमले जनाएको छ ।
आईओसीले पठाएको मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ ३८ पैसा, डिजेल ११ रुपैयाँ २६ पैसा घटेर आएको छ । निगमका अनुसार ग्यासको हकमा प्रति सिलिन्डर ४५ रुपैयाँ बढेर आएको छ ।
नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ, डिजेलमा ५३ पैसा नाफा रहेको छ । ग्यासको घाटा भने बढेर प्रतिसिलिन्डर २ सय ७७ रुपैयाँ पुगेको छ । हालको मूल्य यथावत राख्दा समग्रमा अबको १५ दिनमा नाफा ५३ करोड हुने अनुमान छ । गोइतका अनुसार नोभेम्बर १६ को मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा करिब ३० करोड घाटा भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar