• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

२ दिन अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

२ दिन अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

३ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

३ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

३ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

३ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

५ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

५ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

५ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

६ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

६ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    १ हफ्ता अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • 2 plane ३

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ४

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    २ हफ्ता अघि
  • internet tar cut ५

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ४ हफ्ता अघि
  • kachan ghatana ६

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • mahato ७

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ६ दिन अघि
  • tara panta ramesh ८

    जिफन्टका सचिव तारानिधी पन्त पक्राउ : यस्तो छ अभियोग

    २ हफ्ता अघि
  • rajendra pande press meet ९

    बागमतीका मुख्यमन्त्री पाण्डेले सार्वजनिक गरे आफ्नो कार्यकालका उपलब्धि

    १ महिना अघि
  • rabi and koiri १०

    रवी लामिछानेको राज्यमा खुल्लेआम संसदमै उपस्थित् हुन्छन् फरार सांसद

    ४ हफ्ता अघि
  • सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन सुविधाजनक बहुमततर्फ

    न्युज डेस्कप्रकाशित मिति: २०७९ मंसिर १६, शुक्रबार (२ महिना अघि)
  • ४९३ पाठक संख्या
  • sudurpaschim pradesh

    धनगढी – सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि सत्तारूढ गठबन्धन दलले सुविधाजनक बहुमत पाउने देखिएको छ ।

    मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धन दलहरूले प्रदेशसभाको प्रत्यक्षतर्फ २१ सिट जितेका छन् । सुदूरपश्चिम प्रदेशसभा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी कुल ५३ सदस्यीय रहेको छ । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सिटको आवश्यकता पर्छ । सत्ता गठबन्धनमा आबद्ध दलहरूले भने प्रत्यक्षतर्फ नै २१ सिट जितिसकेका छन् ।

    सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षतर्फ ३२ निर्वाचन क्षेत्रमध्ये ३० क्षेत्रको नतिजा आइसक्दा सत्ता गठबन्धन दलहरूले २१ सिट जितेका हुन् । सत्ता गठबन्धन दल नेपाली कांग्रेसले ११, नेकपा माओवादी केन्द्रले आठ र नेकपा एकीकृत समाजवादीले दुई सिट जितेका छन् । बाजुराका दुई क्षेत्रको नतिजा भने सार्वजनिक हुन बाँकी छ । समानुपातिकतर्फ २१ सिट रहेकोमा त्यसको नतिजा पनि आउन बाँकी छ । बाजुराका दुबै सिट गुमाए भने पनि सत्ता गठबन्धनलाई बहुमत पु¥याउन कुनै समस्या नहुने देखिन्छ ।

    समानुपातिकतर्फ पनि सत्ता गठबन्धन दलहरू नै अगाडि छन् । त्यसैले पनि सरकार गठनका लागि सुविधाजनक बहुमत पुग्ने निश्चित छ । केन्द्रको समीकरणमा उत्तारचढाव नआए सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनकै सरकार बन्ने निश्चित देखिन्छ । सरकार गठनका लागि गठबन्धन बाहिरका दलहरूको बहुमत नपुग्ने देखिन्छ । हालसम्म सार्वजनिक नतिजाअनुसार, प्रत्यक्षतर्फ नागरिक उन्मुक्ति पार्टीले पाँच, नेकपा एमालेले तीन गरी कुल आठ सिट मात्रै जितेका छन् । उनीहरूलाई बहुमत पु¥याउन थप १९ सिट आवश्यक पर्ने हुन्छ । तर, समानुपातिकका २१ सिटमध्ये १९ सिट पाउने सम्भावना छैन । एक सिट भने स्वतन्त्र उम्मेद्वारले जितेका छन् ।

    सत्ता गठबन्धनको भागबण्डामा सुदूरपश्चिमको प्रदेश सरकार कसको भाग पर्छ र कसले नेतृत्व लिन्छ भन्नेमा यतिखेर सबैको चासो बढ्दै गएको छ । प्रदेश सरकारको नेतृत्व ठूलो दलको हिसाबले कांग्रेसले पाउनुपर्ने भए पनि केन्द्रको भागबण्डाअनुसार नै सरकार गठन हुने धारणा कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले व्यक्त गरे । कांग्रेसभित्र पनि मुख्यमन्त्रीका आकांक्षी धेरै छन् । कांग्रेसबाट बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमलबहादुर शाह र मेघराज खड्का मुख्यमन्त्रीका आकांक्षी हुन् । मुख्यमन्त्रीमा प्रकाशबहादुर देउवाको चर्चा पनि चलिरहेको छ ।

    ‘नेपाली कांग्रेसभित्र मुख्यमन्त्रीका आकांक्षी चार÷पाँच जना छन् । कांग्रेसले सरकारको नेतृत्व पाएमा कसले नेतृत्व गर्ने भन्ने कुरा पार्टी केन्द्रले निर्णय गर्छ । अहिले नै यो वा त्यो भनेर किटान गर्न सकिँदैन,’ वड भन्छन् । कांग्रेसका थापा, बिष्ट, शाह, खड्का र देउवा क्रमशः कञ्चनपुर–२ (ख), कञ्चनपुर–१ (ख), कैलाली–२ (क), अछाम–१ –क) र कैलाली–५ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    नेपाली कांग्रेसबाट मुख्यमन्त्रीका दावेदार रहेका प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावल र सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा भने यसपटक निर्वाचनमा पराजित भएका छन् । रावल कैलाली–१ (ख) र बोहरा डडेल्धुरा (ख) बाट पराजित भएका हुन् ।

    नेकपा माओवादी केन्द्रबाट डडेल्धुराबाट निर्वाचित खगराज भट्ट पनि मुख्यमन्त्रीको दाबेदार रहेका छन् । माओवादीभित्र भट्टबाहेक अरू नेताहरू भने मुख्यमन्त्रीका आकांक्षी देखिएका छैनन् । मुख्यमन्त्री बनाउने भनेर नै भट्टले डडेल्धुराको प्रतिनिधिसभामा शेरबहादुर देउवालाई छाडेर प्रदेशसभा सदस्यमा चुनाव लडेको चर्चा पनि नचलेको होइन् ।

    भट्ट डडेल्धरा (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । भट्टले निर्वाचनका क्रममा पनि आफु मुख्यमन्त्रीको दावेदार रहेको बताउँदै आएका थिए । तर, मुख्यमन्त्री माओवादीको भागमा परेमा पनि मुख्यमन्त्री को बन्ने भन्ने विषयको निर्णय पार्टीले गर्ने माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले बताए ।

    नेकपा एकीकृत समाजवादीबाट भने प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका दीर्घबहादुर सोडारी पनि मुख्यमन्त्रीका आकांक्षा रहेका छन्् । मन्त्री सोडारीले भने सत्ता गठबन्धनको भागबण्डामा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीले पाए आफू स्वभाविक मुख्यमन्त्रीको दाबेदार रहेको बताए । सोडारी कैलाली–४ (क) बाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका हुन् । सबैले आ–आफ्नै दाबी गरे पनि सरकार कसको नेतृत्वमा बन्छ र मुख्यमन्त्री को बन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

  • subhayug
  • प्रदेश सरकार
  • सुदूरपश्चिम प्रदेश
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    २ दिन अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    २ दिन अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    ३ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    ३ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    ३ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    ३ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ५ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ५ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ५ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ४ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution